बिना योजना १६ करोड: गण्डकीको अर्थ मन्त्रालयद्वारा जथाभावि विनियोजन



गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भौतिक पूर्वाधार मन्त्रालयमा ८३ वटा नयाँ योजनाको लिष्ट पठाएका छन । चालु आर्थिक वर्षको बजेट र रेडबुकमा नभएका योजना मुख्यमन्त्रीबाटै बजेटसहित प्रस्ताव भएर आएको भौतिक पूर्वाधार मन्त्रालयका कर्मचारीले वताएका छन ।

भौतिक पूर्वाधार मन्त्रालयमा जस्तै गण्डकीका अन्य मन्त्रालयहरूमार्फत पनि यसरी नै बजेट र रातो किताबमै नभएका योजनामा बजेट विनियोजन भएका छन्। बजेट र रातो किताबमा उल्लेख भएका योजनाबाट तानेर नयाँ योजनामा बजेट खन्याएको अर्थ मन्त्रालयका एक अधिकारीले बताए।

 

संसदबाट पारित भएकाभन्दा बाहिरका योजनामा सरकारले बजेट विनियोजन गरेर खर्च गर्नु गलत भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय गण्डकीका प्रमुख ईन्द्रप्रसाद पौडेलले बताए।

 

 

Comments Box