सडक सम्पर्कबाट विच्छेद मनाङमा राहत र उद्दार सङ्सगै



असारको पहिलो दिननै मनाङमा बाढीले वितण्डा मच्चायो। वर्षासँगै आएको बाढीका कारण मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ। मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएको छ।

हिजो विभिन्न खाध्ध सामाग्री सहित विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ  मनाङको ताल, थोँचे, धारापानि र ओडार गाउँमा पुग्नु भएको थियो भने आज तिमाङमा राहत लिएर पुग्नु भएको हो।

त्यसैगरि आज नार्फुबाट १ जना , चामेबाट २७ जना र तालबाट ९ जना को हेलिकप्टर द्वारा काठमान्डौं उद्दार भएको छ भने चामेबाट पोखरा ३२ जना को उद्दार भएको छ।

Comments Box