मनाङसँग सडक सम्पर्क विच्छेद; हवाई बाहेक अरु विकल्प छैन



मनाङ सडक सम्पर्कबाट विच्छेद भएको छ । मुख्य सडक लम्जुङको बेसिशहर-चामे-थाङसार सडकखण्ड ७० प्रतिशत ‘कोल्याप्स’ भएपछि सडक सम्पर्क टुटेको डीएसपी खड्काले बताए । उनले भने, ‘सडक सम्पर्क टुटेकाले अब हवाई बाहेक अरु विकल्प छैन ।’ ग्रामीण सडकहरु पनि पहिरोले भत्किएको उनले बताए ।

‘यस वर्षको मनसुनको सुरुमै अत्यधिक वर्षा हुँदा मनाङमा व्यापक क्षति भएको छ, अहिलेसम्म क्षतिको मूल्यांकन नै गर्न सकिने अवस्था छैन,’ उनले भने ।

 

Comments Box