एसियाका सात वटा देशहरु; कम्वोडिया, इन्डोनेसिया, लावस, म्यानमार, नेपाल, थाईल्यान्ड र भियतनाममा, भएको एक अध्ययनले कोरोना भाइरसले पारेको बहुआयमिक प्रभाव र सामुदायिक वन मार्फत कोरोना पछि समुदाय लाई कसरि बलियो बनाउने भन्ने बारे थप प्रकाश पारेको छ।
दुई चरणमा भएको उक्त अध्ययनका क्रममा दर्जनौं अनुसन्धानकर्ताहरुले १०० औँ व्यक्तिहरु सङ कुराकानि गरेका थिए। दुबै चरणमा भएको सर्भेका अनुसार:
– लकडाउनले गर्दा दैनिक जिविको-पार्जन र खाध्य सुरक्षामा ठुलो चुनौति खडा भएको
– आवतजावतमा गरिएको कडाई , पसलहरु बन्द हुनु, आयात खर्च वड्नु आदिले गर्दा घर खर्च नै बढेको
– सहर वाट ग्रामिण इलकामा फर्किएका परिवारका सदस्यहरुका कारण खर्च बढेको र कतिपय देशहरुमा त आपराधिक कृयाकलाप समेत बढेको
देखाएको छ।
अध्ययन प्रतिवेदनले सामुदायिक वन समुहहरुको समजिक र मानविय स्रोतमा निहित क्षमताले गर्दा कसरि लकडाउनको बेला फरक पार्यो, अति आवश्यक परिवारहरुलाई सामुदायिक वन समुहहरुले कसरि जिवन रक्षा गर्न सहयोग गरे, पारिवारिक खर्च व्यवस्थापनमा कसरि योगदान भयो र सामुदायिक वनले आगामि दिनहरुमा कोरोना पछिको व्यवस्थापन, दिगो विकासको लक्ष्य पुर्ति र जलवायु परिवर्तन सङ जुध्न कसरि प्रभावकारि भुमिका खेल्न सक्छ भन्ने बारेमा महत्वपुर्ण धारणाहरु सार्वजनिक गरेको छ।
नेपालका सामुदायिक वनहरुले नेपाल सरकारका विभिन्न निकायसङ्ग मिलेर कोरोना रोकथामको निमित्त आइसोलेसन, क्वारेन्टाईनको व्यवस्थापन गरेको, सङ्कटग्रस्त परिवारहरु लाई खाध्य सामाग्रीहरु वितरण गरेको आदि कुराहरुलाई प्रतिवेदनमा महत्वका साथ उल्लेख गरिएको छ।
कोरोना पछि को दिगो, अझै राम्रो र समुचित विकास र सामुदायिक वन …
सामुदायिक वनले मानविय , सामाजिक, प्राकृतिक, आर्थिक र भौतिक स्रोत हरुको विकास , परिचालन र सवलिकरणमा महत्वपुर्ण भुमिका खेल्न सक्ने समेत प्रतिवेदनले ठम्याएको छ।
स्रोत समग्री तथा प्रतिवेदन : https://www.recoftc.org/special-report/community-forestry-boosted-pandemic-resilience