विकटमा बिपद ; कठिनताका वाबजुत – उद्दार र राहत



भीषण बर्षाले आएको बाढीका कारण हिमाल पारीको जिल्ला मनाङका थुप्रै बासिन्दा प्रभावित बनेका छन ।
बाढीका कारण अलपत्र परेका तथा विस्थापित नागरिकलाई, विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङको पहलमा हेलिकप्टर ल्याएर उद्धार गरिएको छ ।
मनाङमा बाढीले बुधबार मात्रै धारापानीमा अकल्पनिय क्षेति पुर्याएको थियो ।
तालगाउँका ४८ घरनै डुबानमा परेको छ, बेलिब्रिज, झोलुंगे पुल बगाएको छ।
मनाङका विभिन्न विकट लेकहरु मा, दर्जनौँ बसिन्दा अलपत्र बनेका थिए ।
उनी उद्धारका क्रममा बिकट नार र फु माथिका लेकहरु सम्म पनि पुगे । उद्धार र राहतका क्रममा बृद्धबृद्धा, बिरामी, अशक्त र शिशुसहितका आमाहरुलाई प्राथमिकता दिइएको थियो ।

Comments Box