सामुदायिक वन उपभोक्ता महासंघको २६औँ स्थापना दिवस



सामुदायिक वन उपभोक्ता महासंघले आफ्नो २५औँ वर्ष पार गरी २६औँ वर्षमा प्रवेश गरेको छ । वनमाथिको अधिकार स्थापना, संरक्षण एवं प्रवद्र्धन गर्ने र उपभोक्ता समूहको क्षमता एवं नेतृत्व विकास गर्ने लक्ष्यसहित २०५२ साल जेठ १८ गते महासंघको स्थापना भएको थियो । महासंघले स्थापनाको यस २५ वर्षको अवधिमा ६ वटा राष्ट्रिय महाधिवेशन, एउटा विशेष महाधिवेशन र आठवटा राष्ट्रिय परिषद् सम्पन्न गरी संघ, प्रदेश, जिल्ला र स्थानीय स्तरमा महासंघको संगठन विस्तार र सुदृढीकरण गरिसकेको छ ।

हरेक वर्ष जेठ १८ गते मनाइँदै आएको स्थापना दिवस पछिल्लो २ वर्ष कोभिड १९ को जोखिमले गर्दा सबै सँग मनाउने अवसर नजुरेतापनि डिजिटल प्रविधीको अधिकतम प्रयोग गरी पछिल्लो वर्ष जस्तै यस पटक पनि भर्चुअल कार्यक्रमको आयोजना गरिएको छ ।
समुदायलाई अझै बलियो र सशक्त बनाएर कसरी अगाडी लैजान सकिन्छ भन्ने विषयमा विभिन्न सरोकारवाला निकायहरुसँग छलफल गरिएको छ ।

 

२५ वर्षमा उपभोक्ता समुह, उपभोक्ता, किसानहरुलाई माया गरेर समुदायको अधिकार स्थापित गराउनको लागि, वनश्रोतबाट जीवन परिवर्तन गराउनको निमित्त विभिन्न समयमा सहयोग गर्ने सम्पूर्ण नागरिक संगठन, गैर सरकारी तथा सरकारी संघ संस्था, राजनीतिक दलहरु सबैलाई महासंघकी अध्यक्ष भारती पाठकलेफधन्यवाद व्यक्त  गर्नुभएको छ । साथै आगामी दिनमा पनि सबैको सहयोगको अपेक्षा गरेको बताउनु भएको छ ।

 

आगामी दिनमा सामुदायलाई अझ सशक्त ढंगबाट अगाडी बढाउनको लागि महासंघले खेल्नुपर्ने भूमिकामा सबैको साथ र सहयोगको आवश्यकता रहेको बताउनुभएको छ । सामुदायिक वन र समुदायलाई माया गर्ने देश तथा विदेशमा रहेका सबैमा स्थापना दिवसको शुभकामना ज्ञापन गर्नुभएको छ ।
उपभोक्ता, किसान, महिला दलितको अधिकारको लागि र समुदायलाई बलियो बनाई प्राकृतिक श्रोतको प्रयोग गरी समुदायको पक्षमा काम गरिरहने प्रतिबद्दता समेत जनाउनुभएको छ ।

 

शुभकामना सन्देश :

Comments Box