देशभर एक करोड बिरुवा रोपण गरी मनाइँदै स्थापना सप्ताह



सामुदायिक वन उपभोक्ता महासंघ नेपालले आफ्नो २६ औं वार्षिक उत्सवको उपलक्ष्यमा सप्ताहव्यापी कार्यक्रमको आयोजना गरेको छ । महासंघले जेष्ठ १६ गते देखि २२ गते सम्म उक्त कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको हो ।

सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन हो । कार्यक्रमको स्वरुप आज देशभरका सामुदायिक वनहरुमा वृहत वृक्षारोपण गर्ने कार्यक्रम रहेको थियो । महासंघको परिसर लगाायत देशभरका सामुदायिक वनहरुमा एक करोड बिरुवा रोपिएको छ । साथै, कार्यक्रमलाई आ आफ्नो स्थानबाट सहभागि भई दिवसलाई सफल पार्न महासंघकी अध्यक्ष भारती पाठकले आग्रह समेत गर्नुभएको थियो ।

महासंघको कार्यालय परिसरमा निम, अम्वा, अंगुर लगाएतका विरुवा रोपि कार्यक्रमको उद्घाटन गरिएको छ । साथै सप्ताह व्यापी कार्यक्रमको सन्दर्भमा कोभिडका कारणले दिवंगत भएका आत्माको चिर शान्तिको कामना गरी आज साँझ दिप प्रज्जवलन  समेत गरिएको छ ।

कार्यक्रमलाई सफल पार्न २२ हजार उपभोक्ता समितिको साथ र समर्थन समेत गरेका छन् । सप्ताहव्यापी चल्ने यो कार्यक्रममा हरेक दिन नयाँ कार्यक्रमहरुको आयोजना गरिनेछ । जसमा विविध सवालहरुमा थप छलफल बहस र निष्कर्ष समेत निकालिने महासंघले जनाएको छ ।

Comments Box