वन क्षेत्रलाई राष्ट्रिय योजनाको कार्यक्रममा राखिनुपर्छ : भारती पाठक



सरकारको नीति तथा कार्यक्रम र बजेटमा हरेक वर्ष वन क्षेत्र कम प्राथमिकतामा पर्दै आइरहेको छ । हरेक वर्ष वन तथा वातावरण क्षेत्रलाई सरकारले राष्ट्रिय गौरवको विषयमा राख्ने गरेको पाइएको छ । वनको उचित व्यवस्थापन गर्न समेत बजेट प्रयाप्त नहुँदा वन क्षेत्रको श्रोत खेर गइरहेको सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकको भनाई छ ।

हरेक वर्षहरुमा जस्तै यसवर्ष पनि महासंघले सरकारलाई नीति तथा कार्यक्रममा सामुदायिक वन क्षेत्रका पक्षहरुमा गरिनुपर्ने लगानी र जोड बारे सुझाव दिएको छ । देशमा २२ हजार भन्दा बढी सामुदायिक वन उपभोक्ता समुह रहेको छ । ती २२ हजार समुहको श्रोत पनि रहेको छ । तर, श्रोतलाई प्रयोग गर्न आवश्यक सिपको अभाव भएको हुँदा सरकारले उनीहरुको क्षमता विकासमा सहयोग गनर््पर्ने हुन्छ । त्यस्तै बनेका नयाँ कानूनहरुको बारे पनि उनीहरु जानकार हुनुपर्ने आवश्यकता उत्तिकै छ । त्यसका लागि कानूनी सचेतनाका कार्यक्रम गरिनु पनि आवश्यक रहन्छ । श्रोतलाई उद्यमशीलतामा लैजानकै लागि पनि बजेटको आवश्यकता हुने भएको हूँदा बजेट छुट्याउन्पर्ने आवश्यकता रहेको अध्यक्ष पाठकको भनाई छ ।

सरकारले यसपटक पनि वन क्षेत्रलाई प्राथमिकतामा नराख्ने हो भने वनबाट खुल्ले विभिन्न बाटोहरु बन्द हुने देखिन्छ । वनलाई उत्पादन तिर लान नसक्दा गरिब र विपन्नको जीवनमा परिवर्तन ल्याउन सकिएको छैन । सामुदायिक वनलाई राष्ट्रिय गौरवको योजनामा ल्याउन महासंघले अर्थमन्त्रालयमा समेत पैरवी गरेको छ । नेपालको सामुदायिक वनले राज्यलाई अफ्ठ्यारो परेको बेलामा सहयोग गरेको हुँदा राज्यले ल्याउने नीति तथा कार्यक्रम बजेट समुदायमैत्री ल्याउनुपर्नेमा महासंघको जोड छ ।