प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका उपाध्यक्षमा पुनःनियुक्त हुनुभएका डा पुष्पराज कँडेललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । नेकपा(एमाले) संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्रीमा पुनःनियुक्त भएपछि डा कँडेललाई पनि आयोग उपाध्यक्षमा पुनः नियुक्त गरिएको हो ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
हालै बसेको मन्त्रिपरिषद् बैठकले सदस्यमा डा कृष्णप्रसाद ओली, डा उषा झा र मीनबहादुर शाहीलाई पनि आयोगको गठन आदेशबमोजिम नियुक्त गरेको थियो । शपथ ग्रहणपछि डा कँडेलले आजै पदभार ग्रहण गर्दै मुलुकका एघार स्मार्ट सिटीको बहुवर्षीय आयोजना स्वीकृत गर्ने निर्णय गर्नुभएको उहाँका प्रेसविज्ञ रामेश्वर कार्कीले जानकारी दिनुभयो ।
Comments Box
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)