प्रतापपुर घटनाबारे विस्तृत विवरण पठाउन आयोगको पत्रचार



राष्ट्रिय मानव अधिकार आयोगले नवलपरासी (बर्दघाट सुस्तापश्चिम) को नेपाल–भारत सीमानाका नजिकैको प्रतापपुरमा भएको घटनाको अनुगमन गरी विस्तृत विवरणका लागि नेपाल प्रहरीलनई पत्रचार गरेको छ ।

आयोगको लुम्बिनी प्रदेश कार्यालयले प्रतापपुर गाउँपालिका, ६ कठहवामा सशस्त्र प्रहरीको गोली लागि स्थानीय २२ वर्षीय अविनाश राय घाइते भएको र थप उपचारका लागि बुटवल लैजाने क्रममा मृत्यु भएको घटनाको अनुगमन गरी विवरण माग गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त घटनाको विस्तृत विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी २६ नं. गण नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई आजै पत्राचार गरेको जनाउनुभयो ।

सीमानाका बन्द रहेको अवस्थामा सीमापार गर्न खोज्दा झडप भएको र सशस्त्र प्रहरीले गोली चलाउँदा स्थानीय अविनाश राय घाइते भएको र अस्पताल लैजाने क्रममा बाटैमा निजको मृत्यु भएको जानकारी आयोगलाई प्राप्त भएको जनाइएको छ ।

Comments Box