प्रती बर्ष मोबाईलमा नै बित्छ १,५३३ घण्टा



तपाईं एकदिनमा कति समय मोबाईल मा बिताउनु हुन्छ ?

यस प्रश्न को उत्तर जो कुनै उपभोक्ताले सजिलै दिन सक्दैन होला !

 

अहिले कतिपय ठाउँहरुमा कोरोना भाइरस को संक्रमण फैलिन नदिन निषेध आज्ञा वा लकडाउन गरिएको अवस्था छ ।
यो समयमा विभिन्न वित्धुतिय उपकरणहरुको प्रयोगमा बडाव आउन स्वभाविक हुन सक्छ । तर गएको दशकमा हामीले वित्धुतिय उपकरण हरु प्रयोग गर्ने समयमा भने ब्यापक फेरबदल आएको छ ।

अमेरिकामा भएको एक अध्ययन अनुसार २०११ देखी २०२१ सम्म आइपुग्दा मोबाईल प्रयोग ४६० % ले बृद्धी भएको छ भने, एक दिनमा एक ब्यक्त्तीले करीब ५८ चोटि मोबाईल खोली कारीब ४ घण्टा १२ मिनेट प्रयोग गर्ने गरेको बताएको छ । यस बिचमा पत्रीका हेर्ने समय ५०% कम भएको छ । त्यस्तै डेस्कटपको प्रयोगमा २४% ले कमी आएको छ ।

 

बड्दो ईन्टरनेटको प्रयोगले मानिसहरुमा एकाग्र भएर कुनै पनि काममा लाग्न नसक्ने समस्या पनि बढायको छ र कतिपय अनुसन्धानकर्ताले यो कुरा लाई गम्भिररुप मा लिनु पर्ने बतायका छन ।

Comments Box