गण्डकी प्रदेश खेलकूद परिषद र ११ जिल्ला खेलकूद विकास समिति गठन



गण्डकी प्रदेश खेलकुद परिषद्को उपाध्यक्षमा नारायण पुन मनोनित भएका छन् । आइतबार प्रदेश सरकारले पुनलाई उपाध्यक्षमा मनोनयन गरेको हो ।

प्रदेश सरकारले १६ जनालाई परिषद सदस्यमा मनोनित गरेको छ । उपाध्यक्षमा चयन भएका पुन अन्नपूर्ण गाउँपालिका अध्यक्षको उम्मेदवार हुन् । उनी पूर्व भलिबल तथा बास्केटबल खेलाडी समेत हुन् ।

मनोनयनमा पर्नेमा गिरमान गुरुङ, बासु बराल, दिलबहादुर गुरुङ, रामचन्द्र थापा, योगेन्द्र गुरुङ, तारामाया थापामगर, शुभकन्या गुरुङ, चन्द्रा घले गुरुङ, ज्ञानबहादुर बोहरा, योगिता सहनी, योगेन्द्र शेरचन, खगेन्द्र क्षेत्री, वसन्त दवाडी, ऋषि गौतम, निर्मला बराल र केशव पाठक छन् ।

आइतबार नै प्रदेशका ११ जिल्ला खेलकुद विकास समितिमा पदाधिकारी चयन भएका छन् । कास्की अध्यक्षमा तोरणबहादुर बानियाँ, उपाध्यक्षमा महेन्द्र गुरुङ, सचिवमा भिम पराजुली, कोषाध्यक्षमा कञ्चन थापा (कोइराला) मनोनित भएका छन् ।

कुमार थिङ, तिलकबहादुर अधिकारी, राजन बडगामी, सांग्रिला केसी मरासिनी, रुमबहादुर गुरुङ, केशवबहादुर थापा, नारायण भण्डारी, मनीषा वैद्य र नन्दकली नेपालीलाई सदस्यमा मनोनयन गरिएको जनाइएको छ ।

स्याङ्जामा गिरीप्रसाद गुरुङ अध्यक्ष र सचिवमा शीतलजंग केसी मनोनयन भएका छन् । अनिल पाण्डे तनहुँका अध्यक्ष चयन हुँदा सचिवमा तुलसीराम पाण्डे, लमजुङको अध्यक्षमा योगबहादुर गुरुङ र सचिवमा रोजी गुरुङ, नवलपुरको अध्यक्षमा सेतबहादुर पुन र सचिवमा ध्रुव खनाल, मनाङमा चिनबहादुर घले अध्यक्ष र नवराज गुरुङ सचिव चयन भएका छन् ।

गोरखाको अध्यक्षमा शान्तासिंह बस्नेत र सचिवमा हीरालाल श्रेष्ठ, मुस्ताङको अध्यक्षमा मिनकुमार शेरचन र सचिवमा विनोद बिसी, म्याग्दीको अध्यक्षमा दिनेश खत्री र सचिवमा तारामान रोक्का, पर्वत जिल्लाको अध्यक्षमा हर्कमान गुरुङ र सचिवमा अदित गुरुङ, बागलुङ जिल्लाको अध्यक्षमा कुमार खड्का र उपाध्यक्षमा लोकेन्द्र केसी मनोनित भएका छन् । मनोनित परिषद सदस्य, जिल्ला अध्यक्ष तथा पदाधिकारीहरुको कार्यकाल ४ वर्षको रहनेछ ।

Comments Box