हावाहुरीले विद्यालयको छानो उडायो, घरमा क्षति



आज साँझ आएको भीषण हावाहुरीसहितको वर्षाले तनहुँको बन्दीपुर गाउँपालिका–५ कल्चोकस्थित जलदेवी प्राथमिक विद्यालयको छानो उडाएको छ । दिउँसो ४ बजेतिर आएको हावाहुरीसहितको वर्षाले विद्यालयको छानो उडाउनुका साथै सोही वडाका एक महिलाको घरमा क्षति पुगेको हो ।

हावाहुरीले विद्यालयको एउटा कक्षाको छानो उडाएको वडा सदस्य एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मदन पाटाले जानकारी दिनुभयो । उहाँका अनुसार छानो उडाएपछि उक्त कक्षाका विद्यार्थीलाई अर्को कक्षामा राखेर पढाइने र छानो फेर्ने काम गरिनेछ । हावाहुरीले रुख भाँच्चिएर स्थानीय पानमाया रानाको घरमा क्षति पुगेको छ । घरमाथिको बरको रुख भाँच्चिदा रानाको घरमा क्षति पुगेको पाटाले बताउनुभयो । त्यस्तै हावाहुरीले जनप्रिय बाल क्लबको भवन र भुवन रानामगरको टनेलहाउसमा पनि क्षति पुगेको छ । “वडाभित्रका अन्य क्षतिको विवरण भने आउन बाँकी छ”, उहाँले भन्नुभयो ।

जिल्ला प्रहरी कार्यालय तनहुँले हावाहुरीका कारण जिल्लामा भएको क्षतिको विवरण आउन बाँकी रहेको जनाएको छ । पूर्वाधार विकास साझेदारीको बजेटबाट पक्की पुल स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले दुई वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ । व्यास नगरपालिका–१० र ११ को भ¥याङ्दी जोड्ने खोलामा चालु आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो ।

दश मिटर लामो उक्त पुल निर्माणका लागि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले रु १० लाख बजेट विनियोजन गर्नुभएको थियो । उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी एक किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको आज उद्घाटन गर्दै सांसद श्रेष्ठले थोरै बजेटमा पनि राम्रो पुल निर्माण सम्पन्न भएको बताउनुभयो । पुल निर्माण समितिका अध्यक्ष गम्बरसिंह गुरुङले उपभोक्ता समितिले बोलपत्र प्रक्रियाबिना नै उपभोक्ताको प्रत्यक्ष निगरानी र संलग्नतामा समयमै काम सम्पन्न गरेको बताउनुभयो ।

Comments Box