नेपाल पत्रकार महासंघको औपचारिक घोषणा नहूँदै पोखरेल नेतृत्वको प्यानलमा खुसियाली



नेपाल पत्रकार महासंघको बुधवार भएको निर्वाचनको औपचारिक नतिजा नआउँदै पोखरेल नेतृत्वको प्यानल २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले प्यानलले विजय जुलुस मनाउन थालेका छन् ।
नेपाली कांग्रेस निकट प्रेस युनियन नेपाल, नेकपा माओवादी केन्द्र निकट प्रेस संगठन नेपाल र नेकपा एमालेको माधव नेपाल समूह निकट प्रेस चौतारीसहित ११ संगठनको गठबन्धनको तर्फबाट पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
मत परिणाम भने सार्वजनिक हुन बाँकी छ। साँझ ५ बजे निर्वाचन समितिले परिणाम सार्वजनिक गर्ने जनाएको छ।

Comments Box