मिदिम खोलामा निर्माणाधीन पुलको निरीक्षण गर्दै मुख्यमन्त्री गुरुङ ।



प्रदेशको राजधानी पोखराबाट पालिकाको केन्द्र सम्म पक्कि सडक पुर्याउने योजना अनुसार मिदिम खोलामा पक्कि पुल निर्माण भइरहेको छ । कोलासोथार गाउँपालिकाको सदरमुकाम मालिङबाट बेसिशहर सम्म र पर्यटकीय गाउँको रुपमा परिचित घलेगाउँ, घनपोखरा हुँदै भुजुङ् जोड्ने सडकखण्डको मिदिम खोलामा पुल निर्माणाधीन अवस्थामा रहेको छ ।

२०७६ साल पुस १८ गते निर्माण सुरुवात गरिएको पुलको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको ठेकेदार कम्पनीकाले जनाएको छ ।
निर्माणाधीन पुलको स्थलगत निरीक्षण गर्न गण्डकी प्रदेशका

आफै निर्माण क्षेत्रमा पुग्नुभएको थियो । साथै, तोकिएकै समयमा पुलको निर्माण कार्य सम्पन्न हुनेमा मुख्यमन्त्री गुरुङ् विश्वस्त हुनुहुन्छ ।

पुल निर्माणले दैनिक जीवनमा सहजता ल्याउने पक्ष एकातिर छ भने अर्कोतिर यसले पर्यटनमा समेत टेवा पुर्याउने आशा राखिएको छ ।

Comments Box