गण्डकी प्रदेशका अस्पतालहरूको सुदृणिकरण विशेष प्राथमिकतामा



प्रदेश अन्तरगतका जिल्ला अस्पतालहरूको स्रोत सुदृढीकरणमा गण्डकी प्रदेशले विशेष जोड दिइएको मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वताउनु भएको छ । लमजुङ‍को क्व्होलासोथार गाउँपालिका ३ घलेगाउँमा दुई दिने वृहत् स्वास्थ्य शिविरमा बोल्दै मुख्यमन्त्री गुरुङले अस्पतालहरूमा भएका विभिन्न आवश्यकतालाई प्राथमिकतामा राख्दै प्रदेशले काम सुरु गरेको जानकारी समेत दिनुभएको छ ।

यसका साथै प्रमुख समस्याको रुपमा देखा परेको जनशक्ति अभावलाई ध्यानमा राख्दै गण्डकीमा उत्पादन भएका विद्यार्थीलाई जिल्लामा बस्ने वातावरण बनाउन र डाक्टरहरूलाई गाउँ तथा जिल्लाको अस्पतालमा बस्ने अवस्था सिर्जना गर्न समेत गृहकार्य गरिरहेको जानकारी दिनुभएको छ ।

स्थानिय तहहरू सबल नहुँदा यस्तो घुम्ती शिविरहरुले रोग पहिचान गर्न मद्दत पुर्‍याउने विश्वास लिइएको छ । शिविर गण्डकी मेडिकल कलेज, हिमाल आँखा अस्पताल लगायत विभिन्न स्वास्थ्य संस्थाहरुको साझेदारीमा सञ्चालन गरिएको हो ।

Comments Box