राष्ट्रपति द्दारा महान्यायाधीवक्तामा रमेश बडाल नियुत्त



राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवक्ता रमेश बडाललाई महान्यायाधीवक्तामा नियुक्त गर्नुभएको छ ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधीवक्ता नियुक्तिमा उनको नाम सिफारिस गरेका थिए।

उनलाई नेपालको संविधान धारा १७५ उपधारा २ बमोजिम महान्यायाधीवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।

शुक्रबारै अग्नि खरेलले महान्यायाधीवक्ता पदमा राजीनामा दिएका थिए।खरेलले शुक्रबार  पत्रकार सम्मेलन गरेर राजनीतिमा फर्किन आफूले महान्यायाधीवक्ताबाट  राजीनामा दिएको बताएका थिए।

Comments Box