अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन IFFA मा गिरी



नीजी वनको पक्षमा लामो समय देखि वकालत गर्दै आइरहेको पारिवारिक नीजी वन संघ नेपाल अन्तर्राष्ट्रिय पारिवारिक नीजी वन गठबन्धन एफ्फाको सदस्य राष्ट्र पनि हो । हाल नेपालबाट जोगराज गिरी एफ्फाको कार्यसमिति सदस्यमा चुनिनु भएको छ ।

 

पारिवारिक नीजी वनको अवधारणा नेपालमा मात्रै नभई विश्व परिवेशमानै नयाँ अवधारणा हो । हाल निजी वनलाई लिएर सबैमा चासो बढेको छ । नेपालको नीजी वनको मुद्दालाई लिएर अन्तर्राष्ट्रिय जगतमा नै जान पाउनु नेपालको गौरवको विषय पनि हो । वन क्षेत्रमा सहकार्य र साझेदारी गर्दै पारिवारिक निजी वन संघले काम गर्दै आइरहेको छ । अन्तराष्ट्रिय मञ्चमा समेत नीजी वनका मुद्दालाई लिएर जानपाउनु र छलफलको विषय बनिनुले यस संघलाई थप उर्जा प्रदान गरेको अध्यक्ष गिरीको भनाई छ ।

 

अन्र्तराष्ट्रिय गठबन्धनमा आबद्ध हुँदै गर्दा नेपालको नीजी वन क्षेत्रले पनि त्यहाँका अभ्यासहरु अनुशण गर्ने मौका प्राप्त गरेको छ । साथै ग्लोबल नेटवोर्किङमा समेत मद्धत पु¥याएको छ । यद्यपी पारिवारिक नीजी वनका धेरै सवालहरुमा अझै पनि विभिन्न तहमा छलफल गर्नु जरुरी रहेको संघको भनाई छ ।

 

अझै पनि धेरै विषयहरुमा सहजता हुन नसक्दा अझै पनि  वन उपभोक्ताहरुले लाभ लिन सकेको अवस्था छैन ।

Comments Box