पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास



गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विपद् उद्धारकर्मीको क्षमता विकास गर्ने उद्देश्यले पोखरा विमानस्थलमा हवाईजहाजको आपतकालीन उद्धार अभ्यास गरिएको छ । यसक्रममा चैत ४ गते बेलुकी चार बजेपछि पोखरा विमानस्थलमा नमूनाको रुपमा जहाज दुर्घटना गराइएको थियो ।

त्यसपछि उक्त जहाजमा आगलागी भयो। दमकलले आगो निभायो। त्यस्तै घाइतेको उपचारका लागि एम्बुलेन्स गुडेका थिए । अभ्यासका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रसका पदाधिकारीहरु खटिएका थिए।

सबै तस्बिर: राधिका कँडेल/ रासस

हवाईजहाज आपतकालीन उद्धार अभ्यासमा संलग्नहरूलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङ

Comments Box