ओली र नेपालबीच धुम्बाराहीमा भेट हुँदै



सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेट हुने भएको छ।स्रोतका अनुसार उनीहरूबीच बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा भेट हुन लागेको छ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। त्यही प्रयत्नको फलस्वरूप आज उनीहरूबीच भेट हुने भएको हो।

नेता नेपालले बालुवाटारमा होइन पार्टी केन्द्रीय कार्यालयमा भेटौं भनेपछि भेट धुम्बाराहीमा हुन लागेको हो।भेटमा ओली र नेपालसँगै दुबै पक्षका अरू केही नेताहरू सहभागी हुने स्रोतले बताएकाे छ ।

Comments Box