सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले चलचित्र ‘आमा’ को अभिनेता तथा अभिनेत्री रहनुभएको पोस्टर हुलाक टिकटमा अङ्कित गरिनु आफैँमा इतिहास भएको बताउनुभएको छ। यहाँ आज प्रदर्शनीमार्गमा रहेको पुलिस क्लबको सभाहलमा चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सव कार्यक्रममा मन्त्री गुरुङले नेपाली चलचित्रको इतिहासलाई अमर बनाउने काम टिकटमा ल्याएर गरिएको बताउनुभयो। उहाँले भन्नुभयो, “आजको दिन […]
११ महिनामा करिब ३९ अर्बको धानचामल आयात
असार १५ को धान दिवसको रमझम मनाइसके पछि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नेपालको धानचामलको वास्तविकता देखाउँदै देशमा धानचामल आयात गत वर्षको तुलनामा करिब रु १७ अर्ब ८२ करोड वृद्धि भएको जनाएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्षको जेठ मसान्तसम्म रु ३८ अर्ब ९४ करोडको धानचामल आयात गरेकामा गत आवको […]
युवा उज्ज्वल भविष्यको आधारः उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले युवाहरू उद्यमशीलता, रोजगारी र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्ने बताउनुभएको छ। राष्ट्रिय युवा परिषद्को आयोजनामा असार १६ गते काठमाडौँमा सुरु भएको ‘युवा उद्यमशीलता प्रवर्द्धन सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। ‘युवाका लागि अबको निकासः उद्यमशीलता, रोजगारी र सीप विकास’ भन्ने नारासहित आयोजित सम्मेलनमा उपराष्ट्रपति यादवले युवाहरूको […]
विपद्का बेला मोबाइलमा ‘अर्ली वार्निङ रिङ’
विपद्जन्य सूचना प्रवाह प्रणालीलाई प्रभावकारी बनाउने विषयमा कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबीच छलफल भएको छ। सहरी विकास मन्त्रालयमा असार १६ गते भएको छलफलमा सूचना प्रवाहका लागि सञ्चार मन्त्रालयले गर्नसक्ने कामका बारेमा छलफल भएको हो। आइतबार कार्यवाहक प्रधानमन्त्री सिंहको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् व्यवस्थापन परिषद्को […]
सहकारीको कर्जा असुली न्यायाधिकरण गठन
सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र धनकुटाका वसन्तराज पुरी तथा तनहुँका गोविन्द शर्मा गैरे सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ। यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय असार १६ गते सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]
होला त प्रशासनिक क्षेत्रमा आमूल सुधार?
प्रतिनिधिसभाको असार १५ गतेको बैठकबाट बहुप्रतिक्षित ‘सङ्घीय निजामती सेवा विधेयक २०८२’ पारित भएको छ। अब यो विधेयक राष्ट्रियसभाबाट पारित भई ऐनका रूपमा लागू हुनेछ। निजामती विधेयक पारित भएपछि प्रशासनिक क्षेत्रमा आमूल सुधारको अपेक्षा गरिएको छ। के साच्चै होला त प्रशासनिक क्षेत्रमा आमूल सुधार? प्रतिनिधिसभाबाट पारित यो विधेयकले मुलुकमा सङ्घीयता लागू भएपछि झण्डै […]
हवाई इन्धन डिपोः नागरिक उड्डयनको “असहयोग” ले निर्माणमा ढिलाइ
जग्गा प्राप्ति नहुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित सिनामङ्गल हवाई इन्धन डिपो स्थानान्तरणमा ढिलाइ हुने देखिएको छ। सुरक्षा जोखिम औँल्याउँदै सरकारले नेपाल आयल निगमको सिनामङ्गलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गर्ने निर्णय गरे पनि नेपाल नागरिक उड्डयन प्राधिकरणले जग्गाको स्वामित्व हस्तान्तण नगर्दा डिपो स्थानान्तरणको कार्य विलम्ब भएको निगमले स्पष्ट पारेको छ। निगमका सिनामङ्गल डिपो प्रमुख प्रदीपकुमार […]
२२.४ % मा झरेको नेपालको भोकमरी
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ। इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मन्त्रिस्तरीय विशेष सत्रलाई असार १५ मा सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था गरिएको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ। उक्त सङ्गठनको […]
दुई मोटरसाइकल ठक्किदा बाबुछोरासहित तीनको मृत्यु
सुनसरीको रामधुनी नगरपालिका–७ चतरा–कान्छी चोक सडकखण्डमा मोटरसाइकल दुर्घटनाहुँदा बाबुछोरासहित तीनको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। गए राति चतरा–कान्छी चोकबाट कालाबन्जारतर्फ जाँदै गरेको को३३प ९६०५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१–०२–०५६प ५८६४ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा बाबुछोरासहित तीन जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा ३४ […]
गाउँमा पाइँदैन कामदार, किसान त्याग्दैछन् अन्नबालीको खेती
म्याग्दीको बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री केराखेतीबाट स्वरोजगार र आत्मनिर्भर बन्नुभएको छ। वैदेशिक रोजागरका सिलसिलामा दुबईमा तीन वर्ष काम गरेर फर्कनुभएका खत्री गाउँमै रहेको खेतबारी र पाखापखेरामा केराखेती गरेर आकर्षक आम्दानी गर्न सफल हुनुभएको हो। सुरुमा तीन रोपनीमा केराखेती गर्नुभएका खत्रीले लगाएका बोटले आम्दानी दिन थालेपछि केराको व्यावसायिक खेतीमा लाग्नुभएको थियो। […]