समतामूलक समाज निर्माणका लागि सङ्घीयताः पृथ्वी सुब्बा गुरुङ

“सङ्घीय व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहको निर्वाचन नभए विद्रोह हुन्छ” सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई निरुत्साहित गरिएमा जनता अन्यायमा पर्ने बताउनुभएको छ।   ललितपुरको गोदावरीमा असार २० गते आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको केन्द्रीय पदाधिकारी एवं सचिवालयको विस्तारित बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले नारामा मात्रै ‘समृद्ध नेपाल सुखी […]

“हामीलाई प्रयोगशाला नबनाउ”- यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक

  यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको पहिचान, नागरिकता, लिङ्ग परिवर्तन र सामाजिक स्वीकार्यतालाई एकीकृत र मर्यादित बनाइनुपर्नेमा जोड दिइएको छ। मायाको पहिचान नेपालले असार २० गते काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा अभियन्ताहरूले सो समुदायलाई प्रयोगशाला नबनाउन आग्रह गरेका छन्।   एउटै समुदायभित्रै लिङ्ग परिवर्तन, हर्मोन प्रयोग र नागरिकता वितरणमा देखिएको अनियमितता सबैको सहकार्य र समन्वयबाट […]

केरुङले तानेका नेपाली व्यवसायी

  काठमाडौँबाट नजिक रहेको रसुवागढी नाका हुँदै चीनको तिब्बतस्थित केरुङ बजार नेपाली व्यवसायीको रोजाइमा परको छ।   रसुवा जिल्लाका बासिन्दालाई मात्र प्राप्त हुने सीमा परिचयपत्रका आधारमा केरुङमा व्यापार–व्यसाय गर्न पाउने सुविधा भएसँगै बाहिर जिल्लाका बासिन्दाको समेत बसाइँसराइका आधारमा सो परिचयपत्र लिन दौडधुप गरेको देखिन्छ।   उक्त परिचयपत्रवाहकले व्यावसायिक कामकाजका सन्दर्भमा उक्त नाका हुँदै केरुङ आइजाइ […]

२९ करोडको खानेपानी योजना, ठेकेदार सम्पर्कविहीन, पानीमा आची

  दार्चुला सदरमुकाम खलङ्गामा वितरण गरिएको खानेपानीमा मानव स्वास्थ्यका लागि घातक हुने इकोली जीवाणु पाइएको छ। स्वास्थ्य कार्यालय दार्चुलाले गरेको परीक्षणमा पाँच स्थानबाट सङ्कलन गरिएको नमूनामध्ये चार स्थानको पानीमा इकोली जीवाणु फेला परेको हो।   स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख वीरेन्द्रप्रसाद भट्टका अनुसार दूषित पानीकै कारण पानीमा इकोली देखिएको पुष्टि भएको छ। पछिल्लो दुई सातादेखि धमिलो […]

युट्युबलाई गुरु थापेर चम्केका भक्तबहादुर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ जुडाका ४० वर्षीय भक्तबहादुर महरा काष्ठकलाको कार्यमा पोख्त हुनुहुन्छ। काष्ठकलाका सामग्री बनाउने कार्य उहाँले तालिम लिएर सिक्नुभएको भने होइन। मोबाइलमा युट्युबमा राखिएका भिडियो हेर्दै काष्ठकलासम्बन्धीका सामग्री निर्माण गर्ने सीप सिक्नुभएको।   आठ कक्षामै पढ्दै गरेका बेला १७ वर्षको उमेरमै विद्यालय छाडेपछि काठको काममा उहाँ संलग्न हुनुभयो। गाउँकै काठका फर्निचर बनाउने व्यक्तिसँग […]

राष्ट्रकविले खेल्ने, बस्ने गरेको चौतारा मर्मत

    चक्रिय अन्नपूर्ण पदमार्गमा पर्ने मर्स्याङ्दी गाउँपालिका–६ बाहुनडाँडामा जीर्ण बन्दै गएको उपल्लो टाउको चौताराको मर्मत गरी संरक्षण गरेको हो।   राष्ट्रकवि माधवप्रसाद घिमिरे प्रतिष्ठानका अध्यक्ष लोकनाथ घिमिरेका अनुसार प्रदेश सरकारको रु १० लाख लाखतमा चौतारा मर्मत  तथा संरक्षण गर्ने कार्य सम्पन्न भएको छ। उहाँले भन्नुभयो, “चौतारा वरिपरी पर्खाल लगाउने, चौतारासम्म पुग्ने दुई सय मिटर […]

दलित महिलालाई मध्यरातमा चर्पी जाने बाध्यता

  १८ महिने सुत्केरी दिपासा बिक हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो।   तुलनात्मक रुपमा सम्पन्न गोरखाको […]

एनसेलका मोबाइल नम्बर अब ९७१ रेन्जमा

एनसेलले आम उपभोक्ताहरूको सुविधाका लागि अब नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउने भएको छ। साउनको दोस्रो साताभित्रै नयाँ सिमहरू वितरण थाल्ने तयारी रहेको कम्पनीले जनाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठ १४ गते एनसेललाई यो नम्बर रेन्जको नम्बरहरू वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो। प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज […]

गर्मीसँग बाँच्न सिक्नुस्: राष्ट्रसंघ

  संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ।   विश्व मौसम सङ्गठनका प्रवक्ताक्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भन्नुभयो,“उत्तर गोलार्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गर्छ। […]

आर्थिक पत्रकारले किन अस्वीकार गरे एक करोड?

  नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले उपलब्ध गराएको रु एक करोड अनुदान नलिने जनाएको छ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आवको वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर २१ मा सेजनलाई सञ्चालन अनुदान रु एक करोड विनियोजन गरेको उल्लेख छ। सेजनको असार गते बसेको कार्यसमिति बैठकले […]