जो युवा छँदै यसपाली स्थानिय तहको नेतृत्वमा आए …

काठमाडौं, ४ जेठ: डडेल्धुराको परशुराम नगरपालिकाको मेयरमा २९ वर्षीय भरत बडायर जोशी विजयी भए । जोशी बलिया प्रतिस्पर्धी माओवादी केन्द्रका शेरसिंह माल (डायमण्ड)लाई हराउँदै मेयरमा विजयी भएका हुन् । जोशीले पाँच हजार नाै सय ४१ मत पाए भने मालले पाँच हजार आठ सय पाँच मत पाए । जोशी माललाई एक सय ३६ मतले पछि पार्दै मेयरमा विजयी भएका […]

अरबमा दु:ख गरेका फर्केका मोरङका युवाले थाले केराखेती

मोरङ, १ चैत्र २०७७ (रासस): मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन्। विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन्।     वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा लगाएका […]

आँटिली र विद्रोही मीना

  एसएलसी दिन भनेर गाउँघरको स्कुलका विद्यार्थीहरु सदरमुकाम स्याङ्जा बजारमा डेराडन्डा जमाएर बसेका थिए । पढ्ने काम मुख्य थियो । कताकति बजारतिर निस्कने वा कुनै कार्यक्रम सभा समारोह भए हेर्न जाने पनि गर्थे विद्यार्थी । मुडफ्रेस हुन्थ्यो । एक दिन पञ्चायतकालका रवाफिला प्रधानमन्त्री सूर्यबहादुर थापा सदरमुकाम आए । उनलाई हेर्न भएभरका मान्छे जम्मा भए । […]

आजको पात्रो तथा राशीफल

आजको पात्रोः २७ चैत २०७८ आइतबार । तद्नुसार अप्रिल महिनाको १० तारिक २०२२ । चैतशुक्लपक्ष नवमी( रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन । नेपाल सरकारले आजको दिन विदा दिने घोषणा गरेको छ ।   आज पुष्य नक्षत्र, सुकर्मा योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः४५ मा […]

न्याय सेवा आयोग बैठक: कानून समूहका ४० जना उपसचिवको एकैपटक सरुवा !

  न्याय सेवा आयोगको बैठक ११ सहसचिव सहित १८५ जनाको सरुवा सिफारिस गरेको छ । आइतबार बसेको आयोगको बैठकले ११ जना सहसचिव, ४० जना उपसचिव र १३४ शाखा अधिकृत गरी कुल १८५ जनाको सरुवा गर्न सिफारिस गरेको हो । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले ११ सहसचिवहरूको जिम्मेवारी हेरफेरसहित सरुवाका लागि […]

सद्धर्म अर्थात बुद्धधर्मका रक्षक धर्मपाल शिव

शिवजीलाई बौद्धहरुले बौद्ध धर्मका गृहस्थ उपासक र बुद्ध धर्मलाई रक्षा गर्ने धर्मपालको रुपमा चिन्दै आएका छन्। त्यही कारणले नेपाली बौद्ध पशुपतिनाथको मंदिरमा भित्र-बाहिरका विध्नबाधाहरुलाई हटाउनका लागि बलि (पशुबली नभएर नैवेध्य आदि) चढाउन जान्छन् । विशेष दिनमा पशुपतिको मुख्य प्रतिमामा पंन्चबुद्धको मुकुट पनि लगाइन्छ, यहि कारणले । बौद्धहरु उहाँलाई “भगवान” भनेर संबोधन गर्दैनन किनकी भगवान भन्ने […]

बसन्तपुरमा चीर ठड्याईएसंगै सुरु भयो होलीको रौनक

  काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ तीनतले चीर ठड्याइएको छ । चीर ठड्याएपछि देशभर फागु अर्थात् होली पर्व सुरु भएको मानिन्छ । आज बिहान ७:२७ बजेको साइतमा मानन्धर समुदायले रंगीचंगी ध्वजासहितको चीर ठड्याएर र एकअर्कालाई अबिर दलेर होली पर्व सुरु भएको जनाउ दिएका छन् ।     आज पशुपति, हनुमानढोका दरबारको सुन्दरीचोक, ललितपुरको […]

तरकारीले आत्मनिर्भर बन्दै पवित्रा, धना र नानीदेवीहरू

दैलेखको आठबीस नगरपालिका– ३ कुमालखाडीवासी तरकारी व्यवसायबाट आत्मनिर्भर बन्दै गएका छन्। गुजाराका लागि मात्र तरकारी फलाउँदै आएका किसान व्यावसायिक तरकारी खेती गर्न थालेपछि आत्मनिर्भर बनेका हुन्।     तरकारी उत्पादन गर्नथालेपछि आम्दानीका साथै कुमालखाडा गाउँको नामसमेत बदिलएको स्थानीय बासिन्दा पवित्रा माझीले बताउनुभयो। “पहिला गाउँलाई कुमालगाउँ भन्थ्यौं, आजभोलि तरकारी नमूना गाउँ भनेर चिनिएको छ, विदेशिएका पुरुषसमेत […]

व्यवहारमा छैन महिला, बालबालिकालाई कानूनी अधिकार

टीकापुर, २३ फागुन (रासस)- बालविवाह गरेका किशोरी तथा किशोरीले जन्माएका बालबालिका कानूनी अधिकार पाउनबाट वञ्चित भएका छन्। कैलालीका बालविवाह गरेका किशोरीका छोराछोरी विद्यालय जाने उमेरका भइसक्दा पनि उनीहरूले न त विवाह दर्ता गर्न पाएका छन् न छोराछोरीको जन्मदर्ता। यसरी घटना दर्ता गर्न नपाएपछि उनीहरू चिन्तामा छन्।   टीकापुरको एकतानगरकी लक्ष्मी आउजीले १३ वर्षको कलिलो उमेरमा […]

इन्टरनेटको माध्यमबाट बालबालिका यौन शोषणमाः बालिका/किशोरीभन्दा झण्डै दोब्बर सङ्ख्यामा बालक/किशोरहरू पीडित

२९ माघ २०७७ (रासस)- पछिल्लो समयमा इन्टरनेटको गलत प्रयोगका कारण बालबालिका यौन शोषणमा पर्दै गएका छन्। नेपाल बाल मजदूर सरोकार केन्द्र (सिविन–नेपाल) ले गरेको अध्ययनअनुसार इन्टरनेट सेवाबाट बालबालिकामा नकारात्मक असर परेसँगै अनलाइनबाट बालबालिका यौन शोषणमा समेत परेको देखाएको छ।     सन् २०२० मा सो संस्थाले नेपालको सातै प्रदेशमा बालबालिकाको अनलाइन यौन शोषणसम्बन्धी गरेको अध्ययनमा बालबालिका […]