सीताको नाममा प्रचण्डको एक दिन मानवसेवा आश्रममा

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ।   उहाँले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको […]

इतिहासमा पहिलो पटक पाटनमा २ वर्ष नाघेका शून्य मुद्दा

  उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पुर्‍याउन सफल भएको छ। चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फर्छ्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ।   अदालतमा चालु आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२ […]

निर्बाध चलाइन्छ नक्कली क्लिनिक,  नियमन सुरु

  सिरहाको लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ।   मङ्गलबारदेखि सुरू गरिएको अनुगमनमा लहान नगरपालिका स्वास्थ्य शाखा र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि सहभागी थिए। अनुगमनका क्रममा लहान–३ स्थित हस्पिटल चोकमा रहेको ‘विन्धवासिनी क्लिनिक’ ले कुनै प्रकारको कानुनी प्रक्रिया पूरा नगरेको, […]

त्रिविका नयाँ उपकुलपतिको सपथ

  प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले असार २५ गते पद तथा गोपनीयताको सपथ लिनुभएको छ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिनुभएको हो। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस […]

दुई हजार वर्ष पहिले खोपेर बनाइएका ढाक्मरका गुफा

  मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमी गाउँ नजिकको सडकमा राताम्मे छिद्रैछिद्र प्वालहरू भएको पहाड देख्न सकिन्छ। उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको जोमसोम–कोरला राजमार्गअन्तर्गत उपल्लो मुस्ताङको यो राताम्मे पहाड यहाँको लोघेकर दामोदरकुण्ड–२ ढाक्मर गाउँ नजिकै अवस्थित छ।   पहाड प्राकृतिक रूपमा आफैँ राताम्मे भएको अनुमान गरिए पनि ढाक्मर पहाड राताम्मे हुनुको कारण धार्मिक किंवदन्तीसँग […]

प्रकृति रिसोर्टले पायो, प्रतिष्ठित ‘ट्राभललाइभ अवार्ड’

  दिगो पर्यटनमा योगदान गरेको भन्दै प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्म बेलायतको प्रतिष्ठित ‘ट्राभललाइभ’ प्रमाणीकरण भएको छ।   सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका हैबुङ–३ मा रहेको प्रकृति रिसोर्ट एन्ड अर्ग्यानिक फार्मलाई वातावरणमैत्री पूर्वाधार विकास, अर्ग्यानिक खेती, शून्य फोहोर व्यवस्थापन र सामुदायिक समावेशीकरणमा आधारित भएको भन्दै ट्राभललाइभ प्रमाणीकरण प्रदान गरिएको हो। नेपाल पर्यटन बोर्डमा असार २४ गते एक […]

साम्बाको सम्मानबाट निम्त्याइएका पर्यटक

  फुटबल खेलाडी सावित्रा भण्डारी ‘साम्बा’को सम्मानमा नामकरण गरिएको साम्बा चोक यतिबेला पर्यटकको नयाँ गन्तव्य बन्न थालेको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ खुदीपुल वारिको क्षेत्रलाई ‘साम्बा’ चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको नयाँ र मुख्य गन्तव्य बन्न थालेको हो।   मर्स्याङ्दी गाउँपालिकाले सावित्राको फोटोको होर्डिङबोर्ड बनाएर स्तम्भ स्थापना गर्दै सो क्षेत्रलाई  साम्बा चोक नामकरण गरेसँगै यतिबेला पर्यटकको […]

एलिनाको साहसले फेरेको सामाजिक सञ्जाल

  “पढ्नै नसकिने अपमानजनक टिप्पणी अहिले छ कि छैन भनेर खोज्नुपर्ने अवस्था आएको छ”, गायिका एलिना चौहानले भन्नुभयो, “गाली गरेको टिप्पणीलाई ‘स्क्रिन सट’ गरेर सार्वजनिक गरेपछि धेरैले माफ मागिरहेका छन्।”   गायिका चौहानले सामाजिक सञ्जालमा अमर्यादित गालीगलौज धेरै भए पछि गाली गर्नेहरूलाई सार्वजनिक गर्न थालेपछि त्यस्ता प्रतिक्रिया दिनेहरूले धमाधम माफी माग्न थालेका हुन्।   गीतको […]

धनगढी सरर्र

  पछिल्ला वर्षमा सडक पूर्वाधार स्तरोन्नति हुँदा धनगढी सहरको स्वरूप फेरिन थालेको छ। सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीका  मुख्य र शाखा सडक स्तरोन्नति पूरा हुने चरणमा छ । व्यवस्थित एवं आकर्षक सहरको रूपमा विकास गर्न क्षेत्रीय सहरी विकास आयोजनाअन्तर्गत विभिन्न सडकखण्डका करिब १० किलोमिटर सडक पक्की नालीसहित स्तरोन्नति गरिएको छ। एसियाली विकास बैंकको ऋण सहयोगमा […]

बृहत्तर जनकपुरका अध्यक्ष तथा पत्रकार शीतल साह पक्राउ

  बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष तथा पत्रकार शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले  पक्राउ गरेको छ।   जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिनुभयो।   कार्यकारी निर्देशक पासवानले गत […]