राष्ट्रपति रामचन्द्र पौडेलले जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि नै हाम्रो संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट भएको बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नाममा स्थापित ‘पुष्पलाल राष्ट्रिय पुरस्कार’ वितरण समारोहमा उहाँले अग्रज नेताको संघर्ष, त्याग र नेपाली जनताको ठूलो बलिदानबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्त गरेकाले गणतन्त्रको अभिष्ट जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि भएको […]
पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई सेवा निवृत्त
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई उमेर हदका कारण सेवानिवृत्त भएका छन् । उनको सेवा निवृत्तिसँगै सोमबार पोखरा महानगरपालिकाको तर्फबाट विशेष कार्यक्रम आयोजना गरी बिदाइ गरिएको छ । चौलागाईले लामो समयसम्म निजामती सेवामा समर्पित रहँदै विभिन्न तह र जिम्मेवारी सम्हालेका थिए । उनी गत असोजमा पोखराको प्रमुख प्रशासकीय अधिकृतमा आएका थिए […]
दरबन्दी नघट्ने गरी प्रतिवेदन लागू गर्न कर्मचारी संगठनको माग
पोखरा । नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमिति गण्डकीले गण्डकी प्रदेश प्रशासनिक दरबन्दी पुनरावलोकन (ओएनएम) अध्ययन सुझाव समिति सरोकारवाला कर्मचारी तथा संगठनसँग राय, परामर्श नगरी प्रतिवेदन बुझाएको आरोप लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई बुझाएको विस्तृत प्रतिवेदन सार्वजनिकसमेत नभएको संगठनका अध्यक्ष डोलराज पराजुलीले बताए । संगठनको दोस्रो पूर्ण बैठकले गण्डकी प्रदेशको आवश्यकता र […]
पोखराको टोलटोलमा पुगेर स्वास्थ्य सेवा
गण्डकी । कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा-८ सिमलचौरबाट सुरु भएको उक्त कार्यक्रम अन्य वडा तथा टोलमा पनि सञ्चालन हुने जनाइएको छ । केन्द्रका प्रमुख कुश्मराज […]
पोखरा कस्तो बनाउने ? यस्तो छ कांग्रेस कास्कीको अवधारणा
पोखरा । सुन्दर र पर्यटकीय नगरीका रुपमा परिचित छ पोखरा । प्राकृतिक मनोरम ताल अनि नजिकै देखिने हिमालदेखि अचम्म लाग्दो सेतीको खोंच । पाताल छाँगो, गुप्तेश्वर, चमेरे र महेन्द्र गुफा अनि विविध जातजातीको टम्म मिलेको बस्ती । यी र यस्तै विशेषताले चिनाएको छ पोखरालाई । यति राम्रो पोखरामा बस्ती विकास र निर्माणबीचको तालमेल नमिल्ला […]
राष्ट्रियभन्दा गण्डकीको आर्थिक वृद्धि धेरै, प्रतिव्यक्ति आय १६२० डलर पुग्ने प्रक्षेपण
पोखरा । चालु आर्थिक वर्ष २०८१/८२ मा गण्डकी प्रदेशको आर्थिक वृद्धिदरले राष्ट्रिय औसतलाई उछिनेर तीव्र गतिमा विस्तार हुने देखिएको छ । प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणले राष्ट्रिय अर्थतन्त्र ३.९९ प्रतिशतले विस्तार हुने अनुमान हुँदा गण्डकी प्रदेशको अर्थतन्त्र भने आधारभूत मूल्यमा ४.८८ प्रतिशतले बढ्ने आधार प्रस्तुत गरेको हो । यो सकारात्मक […]
आइसीटीको विकासका लागि तीनै तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ। मन्त्रालयले असार २ गते राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिनुभयो। उहाँका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा […]
सावधान! नेपालमा प्रत्येक दिन ३ जनाको स्तन क्यान्सरबाट मृत्यु
स्तन तथा पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि परीक्षणलाई तीव्रता दिनुपर्नेमा क्यान्सर रोग विशेषज्ञहरूले जोड दिएका छन्। ‘सुडी समाज काठमाडौँ महिला उपसमिति’द्वारा काठमाडौँमा असार २ गते आयोजित स्तन तथा पाठेघर मुखको क्यान्सरसम्बन्धी निःशुल्क प्रशिक्षण कार्यक्रमका सहभागी क्यान्सर रोग विशेषज्ञहरूले स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी समस्या समयमै पत्ता लाग्ने भएकाले महिलालाई यसप्रति समयमै सचेत हुनुपर्ने आवश्यकतामाथि जोड […]
सञ्चारजगत्लाई जति सक्दो स्वतन्त्र र बलियो बनाउने: पृथ्वीसुब्बा गुरुङ
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा असार १ गते सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सञ्चार सचिव राधिका अर्याल, सहसचिव कोशहरि निरौलालगायतको उपस्थितिमा सञ्चारविज्ञ र सरोकारवालामाझ आमसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफलका क्रममा आमसञ्चार प्राधिकरण गठनको आवश्यकता औँल्याइएको हो। सञ्चार सचिव अर्यालले आमसञ्चारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक अर्थ मन्त्रालयमा पेस […]
एघार महिनाको विकास खर्च- ४०%
काठमाडौँ, १ असार : चालु आर्थिक वर्ष समाप्त हुन एक महिना मात्र बाँकी रहँदा विकास खर्च ४० प्रतिशत मात्र भएको छ। चालु आवका लागि छुट्याइएको बजेटमध्ये जेठ मसान्तसम्ममा ४० प्रतिशत मात्र पुँजीगत खर्च भएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्ममा केन्द्र सरकारको विकास खर्च वार्षिक लक्ष्यको ४० दशमलव सात प्रतिशत अर्थात् रु एक खर्ब […]