सीताको नाममा प्रचण्डको एक दिन मानवसेवा आश्रममा

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नी दिवङ्गत श्रीमती सीता दाहालको दोस्रो स्मृति दिवसका दिन मानवसेवा आश्रम काठमाडौँको रानीवन सेवा केन्द्रमा पुगेर जीवनसाथी दाहाललाई स्मरण गर्नुभएको छ।   उहाँले पत्नी सीताको स्मृतिलाई दिगो राख्न र सबैलाई यस्तो कार्यले प्रेरणा मिलोस् भन्ने उद्देश्यले आश्रममा आश्रितहरूका साथमा यस दिनलाई समर्पण गरेको […]

नेपाललाई ४७ हिमतालको खतरा, पृथ्वीको तापमान बढ्नुको असर

  गत मङ्गलबार बिहान रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आयो। बाढीका कारण चीन–नेपालका गरी अहिलेसम्म १९ जना नागरिक बेपत्ता छन् भने सात जनाको मृत्यु भएको छ। तीस मेगावाट क्षमताको जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने मितेरी पुल बगाएको छ। एक सयभन्दा बढी इलेक्ट्रिक सवारीसाधन बाढीसँगै बगेर गयो भने चीनसँगको व्यापार अवरुद्ध भएको छ। […]

चिन्डेडाँडामा रमिता

  धरान उपमहानगरपालिका–२० मा अवस्थित चिन्डेडाँडा (रमितेडाँडा)मा गर्मीयामसँगै आन्तरिक पर्यटकको चहलपहल उल्लेख्य रूपमा वृद्धि भएको छ।   धरान बजार, इटहरी, चारकोसे झाडी तथा तराईका विभिन्न ठाउँको रमणीय दृश्यावलोकन गर्न सकिने यो डाँडा पछिल्लो समय पूर्वी नेपालकै चर्चित पर्यटकीय केन्द्रसँगै हाइकिङ गन्तव्यका रूपमा विकास हुँदै गएको छ।   गर्मीको समयमा साथीभाइ वा परिवारसहित घुम्न र हाइकिङ […]

चुनावमा असहयोग गर्ने २६ नेता कार्यकर्तालाई कांग्रेसको कारबाही

  नेपाली कांग्रेसले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन २०७९ मा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गर्ने २६ नेता तथा कार्यकर्तालाई सचेत गराएको छ।   पार्टीको केन्द्रीय अनुशासन समितिको यही असार ९ देखि १७ गतेसम्म बसेको बैठकले पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारलाई असहयोग गरेको भनी प्राप्त हुनआएका उजुरीका आधारमा सचेत […]

मोटरसाइकलमा लाखौ भारु बोकेर सीमा पार गर्ने २ पक्राउ

  स्रोत नखुलेको २३ लाख २८ हजार ५०० नेपाली र दुई लाख १५ हजार ५० भारतीय मुद्रासहित सशस्त्र प्रहरीले यही असार २६ गते दुई जनालाई नियन्त्रणमा लिएको छ।   सर्लाहीको मलङ्गवा नगरपालिका–८ सीमा इलाकाबाट १४ लाख नेपाली रुपैयाँसहित सोही नगरपालिका–२ बस्ने ३६ वर्षीय इन्द्रजितप्रसाद साहलाई नियन्त्रणमा लिइएको हो।   भारतरबाट बिआर ३० के ४००९ नम्बरको […]

जलवायुजन्य क्षति कम गर्न चीनसँग सहकार्य: मन्त्री खड्का

  ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्राकृतिक प्रकोपबाट हुने क्षति न्यूनीकरणका लागि चीन सरकारसँग पनि समन्वय गर्नुपर्ने धारणा राख्नुभएको छ।   ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको मनसुनजन्य विपद्को लागि पूर्वतयारी र व्यवस्थापनसम्बन्धी, २०८२ का सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा मन्त्री खड्काले नेपालका अधिकाशं नदी चीनबाट बहने भएकाले बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका लागि चीनसँग सहकार्य […]

इतिहासमा पहिलो पटक पाटनमा २ वर्ष नाघेका शून्य मुद्दा

  उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पुर्‍याउन सफल भएको छ। चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फर्छ्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ।   अदालतमा चालु आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२ […]

वनबाट आम्दानी हुन्छ भन्ने के थाहा?

  कमजोर आर्थिक अवस्था भएका समुदायलाई कबुलियती वनले गोरखामा जीविकोपार्जनमा सहयोग पुर्‍याएको छ। गोरखाको कबुलियत वन समहूबाट यहाँको गण्डकी गाउँपालिकाका सयौँ घरधूरी लाभान्वित भएका छन्।   गण्डकी गाउँपालिका–२ बिच्छेगैराकी चन्द्रमाया चेपाङले कबुलियत वन समूहमार्फत बाख्रापालन गर्दै आउनुभएको छ। उहाँ २०६२ सालदेखि कबुलियती वन समूहमा आबद्ध हुनुभएको हो। कबुलियती वन बन्नु अघि गाउँभरिका डाँडामा वनमारा थिए। […]

विश्व सूचना समाज सम्मेलनमा सञ्चारमन्त्री गुरुङ

  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ स्वीट्जरल्याण्डस्थित जेनेभामा भइरहेको विश्व सूचना समाज सम्मेलन (डब्लुएसआइएस प्लस टुवान्टी) मा सहभागी हुनुभएको छ। झण्डै दुई सयभन्दा बढी देशका प्रतिनिधिको सहभागिता रहेको उच्चस्तरीय सम्मेलनमा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङ सहभागी हुनुभएको हो।   सप्ताहव्यापी रुपमा हुने सो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिने सिलसिलामा सञ्चारमन्त्री गुरुङ यही असार […]

त्रिविका नयाँ उपकुलपतिको सपथ

  प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्राडा दीपक अर्यालले असार २५ गते पद तथा गोपनीयताको सपथ लिनुभएको छ।   प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले सपथ लिनुभएको हो। कार्यक्रममा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तलगायत सहभागी हुनुहुन्थ्यो। कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस […]