संरक्षण अभावले लोप हुने अवस्थामा ‘गुँदेताल’

सात तालको बाटिका सहर लेखनाथ, लेखनाथ सात तालले परिचित छ । यहाँका ताल संरक्षणमा पछिल्ला वर्ष सरकारी निकायबाट कुनै चासो दिइएको छैन ।   पोखरा–२६ लेखनाथमा रहेको गुँदे ताल संरक्षणको अभावमै छ । एक वर्षअघि स्थानीयवासी ताल संरक्षणमा जुटे पनि रकम अभावकै कारण पूर्ण रूपमा संरक्षण हुन सकेको छैन ।   सरकारको तर्फबाट संरक्षणमा काम […]

नेपालमा भेटियो छेपारोको नयाँ प्रजाति

नेपालमा नयाँ प्रजातिको छेपारो फेला परेको छ। पूर्वी नेपालको मोरङ जिल्लास्थित मिक्लाजुङ गाउँपालिकाअन्तर्गत पर्ने चुरे क्षेत्रमा जैविक विविधताको अध्ययन गर्ने क्रममा यसरी पहिलोपटक नयाँ प्रजातिको छेपारो फेला परेको हो।   यसको नाम ‘सिक्किम छेपारो’ अर्थात् वैज्ञानिक नाम ‘ट्याकीड्रोमस सिक्किमेन्सिस’ हो। ‘लेसरटिडे’ परिवारअन्तर्गत पर्ने यो छेपारोको नयाँ प्रजाति फेला परेसँगै नेपालमा अब छेपारो प्रजातिको संख्या ४१ पुगेको छ। […]

भूमिगत जलसंरक्षणका लागि ट्रेञ्च निर्माण

खोटाङ, १९ साउन: खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका स्थानीयले भूमिगत जलसंरक्षणका लागि समुच्च खाडल (ट्रेञ्च) निर्माण गरेका छन् ।   सुक्खाग्रस्त क्षेत्र घोषित दुर्छिमका स्थानीयले ताराखसे सामुदायिक वन ब्लक–१, खिरिम्ते सामुदायिक वन, धारापानी निजी वन ब्लक–२ र सारुवा भुइचुङ निजी वनमा बंकरजस्तो देखिने लाम्चो खाल्डो खनेका हुन् ।   जनसंख्या वृद्धिसँगै पानीको अभाव हुन थालेपछि […]

निजगढ बिमानस्थल अध्ययन गर्न बिज्ञ टोली गठन

काठमाडौं, २० साउन: बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न सरकारले विज्ञ टोली गठन गरेको छ।   बिहीबारको बसेको मन्त्रिपरिषद् बैठकले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको अध्यक्षतामा  १० जना विज्ञलाई समेटेर टोली गठन गरेको हो ।   सर्वोच्च अदालतले विमानस्थल निर्माणको पुरानो प्रक्रिया खारेज गरी थप अध्ययन गरेर मात्र यससम्बन्धी काम सुरु गर्न आदेश दिएको […]

मनाङमा सङ्कलन भयो ४० लाखको जडीबुटी राजश्व

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९मा जङ्गली जडीबुटीबाट ४० लाख १६ हजार ६४ रूपैयाँ राजश्व सङ्कलन भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइने जिम्बु, वन लसुन, गुची च्याउ, निगालो, यार्सागुम्बा जस्ता जङ्गली जडीबुटी सङ्कलन र टिम्बर काठ बिक्रीबाट पनि उक्त राजश्व सङ्कलन भएको हो।   यस आवमा जिम्बु सङ्कलनबाट रु.३९ हजार ९८, वन लसुनबाट रु. ४ […]

फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न बनाईएको बन्चरेडाँडा ल्याण्डफिल साइट सञ्चालनमा बालेनको बेवास्ता

काठमाडौं, १९ असार: काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन रूपमा व्यवस्थापन गर्न सरकारले बन्चरेडाँडामा ल्याण्डफिल साइट निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा सेल मध्य सेल वानमा फोहोर विसर्जन गर्ने कार्य सुरु भइसकेको छ ।    सहरी विकास मन्त्रालयअन्तर्गत रहेको सहरी विकास तथा भवन निर्माण विभागले ल्याण्डफिल साइट निर्माण गरेको हो । विभागले सेल वानलाई […]

बाख्रा खादै गरेको अजिङ्गर (फोटो फिचर)

उदयपुर, २७ असार: चुरे नजिकैको सगरमाथा सामुदायिक वन उपभोक्ता समूहको जंगलमा आइतबार दिउँसो अजिङ्गर फेला परेको छ ।   उदयपुरको चौदण्डीगढी नगरपालिका-५ सुन्दरपुरस्थित सामुदायिक वनमा  अजिङ्गर भेटिएको हो ।अजिङ्गरले एउटा बाख्रो खाएको छ । प्रहरीले अजिङ्गरलाई नियन्त्रणमा लिएर वन कार्यालयमा बुझाएको छ ।  अजिङ्गरले स्थानीय किसान कृष्ण दाहालको बोका खाएको हो ।  अजिङ्गरलाई कोशी टप्पु […]

५ हजार वर्ष पुरानो रुख

  एजेन्सी/सान्टियागो, १९ जेठ: एउटा नयाँ अध्ययनपछि दक्षिणी चिलीमा संसारकै सबैभन्दा पुरानो रूख फेला परेको छ । उक्त रुख झन्डै ५ हजार वर्ष पुरानो भएको अनुमान गरिएको छ ।   आफूहरूले निकालेको नमूना र मितिका विधिले रूख ५ हजार ४ सय ८४ वर्ष पुरानो देखिएको अध्ययनको नेतृत्व गर्ने वैज्ञानिक जोनाथन बारिचिभिचले बताए ।   रुखको […]

हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण

  नेपाली सेनाले कञ्चनजंघा तथा मनास्लु हिमालबाट संकलन गरिएको फोहर हस्तान्तरण गरेको छ ।      सेनाको अगुवाइमा जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सञ्चालन भएको ‘सफा हिमाल अभियान २०२२’ अन्तर्गत कञ्चनजंघा र मनास्लु हिमालबाट संकलन गरिएको नकुहिने फोहर अभ्नी भेञ्चर्स प्रालिलाई हस्तान्तरण गरिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाले जनाएको छ […]

घाँस काट्न गएकी महिलाको बाघको आक्रमणबाट मृत्यु

चितवन, १६ जेठ :चितवनमा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र घाँस काट्न गएकी पूर्वी चितवनको राप्ती नगरपालिका–१ की ५५ वर्षीय सोतीमाया तामाङलाई  साेमबार अपरान्ह करिब ४ बजेको समयमा बाघले आक्रमण गरेको हो ।   बाघको आक्रमणबाट तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिए […]