गिद्ध प्रजनन केन्द्रबाट जटायु रेष्टुरेन्टमा स्थानान्तरण

गिद्ध प्रजनन केन्द्र कसरामा हुर्काइएका १० गिद्ध जटायु रेष्टुरेन्ट पिठौलीमा स्थानान्तरण गरिएको छ। चितवनको कसरामा संरक्षण गरी कोरलिएका सेतो रम्पेड जातको ती गिद्धलाई प्रकृतिमा घुलमिल गराउनका लागि जटायु रेस्टुरेन्ट पिठौलीको सफ्ट रिलिज एभियरीमा ल्याइएको हो।   प्रजनन केन्द्रमा हुर्काइएका गिद्ध नवलपरासीपूर्वको पिठौलीमा रहेको गिद्ध घरमा केही दिन राखेर जंगलमा अन्य गिद्धसँग घुलमिल हुन सिकाएर जंगलमै […]

सगरमाथा क्षेत्रको ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवा !

सगरमाथा क्षेत्रको खुम्बुमा हिउँ चितुवा देखिएको छ । अमेरिकन फोटोग्राफर किटी पवलोस्कीले हिउँ चितुवाको फोटो गत अक्टोवर ८ मा आफ्नो क्यामेरामा कैद गरेकी थिइन् ।   ५ हजार ४ सय ८६ मिटर उचाइमा हिउँ चितुवाको तस्बिर कैद गरेको उनले आफ्नो वेभसाइटमा उल्लेख गरेकी छन् । ५ हजार एक सय ६४ मिटर उचाइमा हिउँ चितुवाको पाइला […]

लुम्बिनीकाे बिजुली बसमा २० हजार यात्रुले गरे सवारी

भैरहवा, १५ कार्तिक: लुम्बिनी विकास कोषद्वारा दसैंको अवसर पारेर सञ्चालित ‘धम्म यात्रा’ नामक बिजुली बसको अफिसियल यान्त्रिक परीक्षण सफल भएको छ । एसियाली विकास बैंकले लुम्बिनीलाई प्रदु्षणमुक्त बनाउनका लागि भन्दै ५ वटा बस र १४ वटा भ्यान कोषलाई प्रदान गरेको थियो ।   दसैं तिहार र छठ पर्वसम्म सञ्चालन गरिएको यान्त्रिक परीक्षण सफल भएको लुम्बिनी […]

मनाङमा असोजमै हिमपात

असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको हो ।   हिउँले डाँडाकाँडा […]

अस्ट्रेलियन बोतल ट्री

अस्ट्रेलियन बोतल ट्री, वनस्पति नाम Brachychiton populneus, एक आकर्षक ठाडो रूप र उज्यालो हरियो पातहरु संग एक कडा सदाबहार छाया रूख हो जुन कुनै पनि परिदृश्य लाई बढाउँछ।   यो सानो देखि मध्यम आकारको रूख एक अष्ट्रेलियाली मूल निवासी हो जसको साँघुरो वृद्धि बानी छ जसले तिनीहरूलाई बन्द-क्षेत्रहरूमा प्रयोगको लागि मनपर्ने बनाउँछ। परिपक्व रूखहरूले एक […]

कानुन एकातिर, काम अर्कैतिर

असोज ९ गते । सरकारी नीति नियम बन्छन् तर कार्यान्वयन तहमा उल्लङ्घन हुन्छन् भन्ने आमगुनासो छ। त्यस्तो कसरी हुन्छ भन्ने उदाहरण चितवन राष्ट्रिय निकुञ्जको स्वर्ण महोत्सव तथा राष्ट्रिय संरक्षण दिवस बनेको छ। चितवन राष्ट्रिय निकुञ्ज मुख्यालय कसरामा वन तथा वातावरणमन्त्री प्रदीप यादवको प्रमुख आतिथ्यमा शुक्रबार भव्य रूपमा मनाइएको कार्यक्रममा दोहोरो रूपमा कानुन र निर्णयको उल्लङ्घन भयो। […]

पानी खान पनि दाताको दान; अनुदानको ५ अर्बमा पोखरा खानेपानी सुधार आयोजना

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को रु चार अर्ब ८१ करोडको अनुदान सहयोगमा विसं २०७६ देखि सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै पोखरेली उपभोक्ताको शुद्ध खानेपानीको सपना पूरा हुने भएको हो । हाज्मा एण्ड कर्पोरेशन जापानले आयोजना निर्माणको जिम्मा लिएको हो ।   बहुप्रतिष्ठित पोखरा खानेपानी सुधार आयोजनामार्पत पोखरेली उपभोक्ताको घरघरमा […]

शालिग्राम लोप हुँदै, कालीगण्डकीको अस्तित्वसमेत सङ्कटमा

आध्यात्मिक र वातावरणीय दृष्टिकोणले महत्वपूर्ण मानिएको कालीगण्डकी नदी मानवीय दोहनका कारण सङ्कटमा पर्दै जान थालेको छ।हिन्दूधर्मावलम्बीले भगवान् विष्णुको अंश मानेर पुज्ने शालिग्राम शिला पाइने विश्वकै एकमात्र नदी कालीगण्डकीमा लामो समयदेखि अवैधरुपमा दोहन हुँदै आए पनि सम्बन्धित निकाय भने मौन छन्।   अवैधरुपमा नदीको उत्खनन गरी नदीजन्य वस्तुको चोरी निकासी हुने क्रम बढ्दै गएपछि कालीगण्डकीबाट बहुमूल्य […]

ओझेलमा पारिएको देवी दहको स्थिति झन् झन् बिग्रिदै

भदाै १८: प्राकृतिक सौन्दर्यका बीच उभिएका रमणिय देवी दह यतिबेला आपसी विवादका कारण छिया छिया भएको छ । सिराहा जिल्लाको उत्तरी पूर्वी भेकमा रहेको देवी दह साविक तरेगीना गोविन्दपुर तथा हाल लहान नगरपालिका वडा नं १७ दौलतपुर मा रहेको छ । पूर्व पश्चिम राजमार्गबाट करिब ७ किलोमीटर दुरीमा पर्ने यो ठाउँ सिराहा र सप्तरी जिल्लालाई […]

जलवायु वित्तसम्बन्धी ऋण नलिइने – वन तथा वातावरणमन्त्री, ऋण सम्झौता भैईसक्यो – अर्थ

वन तथा वातावरणमन्त्री प्रदीप यादवले जलवायु वित्तसम्बन्धी कुनै पनि संस्थाको ऋण नेपालले नलिने बताउनुभएको छ।   जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा नेपालको तयारीबारे बिहीबार गरिएको अन्तक्र्रियामा मन्त्री यादवले भन्नुभयो, “कार्बन उत्सर्जनमा नेपालको भूमिका एकदमै न्यून छ। कार्बन उत्सर्जन गर्ने विश्वका ठुल्ठूला अर्थतन्त्र भएका मुलुकका कारणले नेपालजस्ता गरिब मुलुकले पीडा भोगिरहेका बेला जलवायु वित्तको ऋण लिनु […]