नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने

नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष सन् २०२२/०२३ मा पाँच दशमलव एक र २०२३/०२४ मा चार दशमलव नौ प्रतिशत रहने प्रक्षेपण सार्वजनिक भएको छ।   विश्व बैंकले मङ्गलबार ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो।   विश्व बैंकको अघिल्लो प्रक्षेपणको तुलनामा नयाँ प्रक्षेपणले नेपालको मात्र नभई विश्व आर्थिक वृद्धिदरमा समेत सङ्कुचन आउने देखाएको […]

बन्द होलान् हजारभन्दा बढी क्रसर?

गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई अवैध क्रसर उद्योग बन्द गर्न निर्देशन दिएको छ।   मन्त्रालयले कानुन विपरित दर्ता भएका र नवीकरण नगरी सञ्चालनमा रहेका ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा उत्खनन, प्रशोधन कार्यमा संलग्न क्रसर उद्योग तत्काल बन्द गर्न ७७ जिल्लाका प्रमुख जिल्ला अधिकरीलाई निर्देशन दिएको हो।   निर्देशनमा ढुङ्गा, गिट्टी, रोडा तथा बालुवा […]

गैँडा संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

नेपालमा गैँडा संरक्षणको विभिन्न उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ । ‘एसिया राईनो रेन्ज कन्ट्रिज मिटिङ’ नाम दिइएको सम्मेलन आगामी माघ २० देखि २२ गते (फेब्रुअरी ३ देखि ५ तारिख) सम्म चितवनमा हुनेछ ।   सम्मेलनमा एसियामा गैँडा पाइने देश नेपाल, भारत भूटान, मलेसिया र इण्डोनेसियाका सम्बन्धित सरकारी प्रतिनिधि, गैँडा संरक्षणमा काम गर्ने साझेदार […]

वायु प्रदूषणको भयाभय स्थिती : बर्सेनि ३७ हजार बढीले ज्यान गुमाउँदै

पुस ५ गते । नेपालमा वायु प्रदूषण उच्च बन्दै गएको छ। मनसुन बिदा भएपछि बढ्दै गएको वायु प्रदूषण उच्च हुँदै गएको वातावरण विभागले जनाएको छ।   विशेषगरी काठमाडौँ उपत्यका र तराई क्षेत्र वायु प्रदूषणको उच्च चपेटामा परेका छन्। हिउँदे सिजनको वर्षा नभएकाले पनि नेपालमा वायु प्रदूषण उच्च बनेको हो। भारतका विभिन्न क्षेत्रमा नयाँ खेतीबाली सुरु गर्न […]

हात्तीले घरमै आक्रमण; वृद्धाको मृत्यु

चितवनमा जङ्गली हात्तीको आक्रमणबाट भरतपुर महानगरपालिका–२८ अन्द्रौलीका ७१ वर्षीय भागिरथी सुवेदी मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार सुवेदीलाई निकुञ्जबाट निस्केको हात्तीले शनिबार साँझ घर क्षेत्रमै आक्रमण गरेको थियो । आक्रमणबाट घाइते हुनुभएका सुवेदीलाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो ।   शनिबार बेलुकी साढे ८ बजेतिर आँगनमा आगो तापिरहेकी […]

बूढीगण्डकीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना; वातावरणीय प्रतिवेदनका लागि सुझाव माग

गोरखाको बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ।   उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिकामा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ।   आयोजनाले चुमनुब्री गाउँपालिका वडा नम्बर ४ गाप नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ। त्यहाँबाट पानीलाई सङ्लो बनाएर चार हजार तीन सय ६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्रीको […]

नगरपालिकाका उपप्रमुख सहित ८ जनाबिरुद्ध जाहेरी दर्ता; चम्पावती हाइड्रोले माग्यो ३० करोड क्षतिपूर्ति

चेपे ए जलविद्युत् आयोजनाको कार्यालय तथा सवारीसाधन तोडफोड र आगजनी गर्नेबिरुद्ध ३० करोड रुपैयाँ क्षतिपूर्ति मागदाबी गर्दै चम्पावती हाइड्रोपावर कम्पनीले जिल्ला प्रहरी कार्यालय गोरखामा किटानी जाहेरी दिएको छ।   तोडफोड र आगजनीको नेतृत्व गरेको भन्दै राइनासटार नगरपालिकाका उपप्रमुख पुष्पराज खनाल र श्रीकृष्ण पौडेलसहित ८ जनाबिरुद्ध सो कम्पनीका इञ्जिनियर हरिकृष्ण पौडेलले सोमबार जाहेरी दर्ता गराएका हुन्। […]

सिकार पर्यटनबाट बर्सेनि करोडौँ राजश्व ; लाखौ तिरेर अमेरिकी नागरिक सिकार गर्नबाट भने चुके

यस वर्षको पहिलो सिकार याममा ढोरपाटन सिकार आरक्षमा सात नाउर र पाँच झारलको सिकार गरिएको छ। कोटा तोकिएकामध्ये एउटा नाउरको भने सिकार गरिएको छैन।   आरक्षका सहायक संरक्षण अधिकृत अविनाश थापा मगरका अनुसार अमेरिकाका चार, मेक्सिकोका दुई तथा क्यानडा र जर्मनीका एक एक नागरिकले सिकार खेलेका थिए। एक अमेरिकी नागरिक भने सिकार गर्नबाट चुकेको उनले […]

सुन्दर नार गाउँ

मनाङको नार्पाभुमी गाउँपालिकामा पर्ने रहस्यमय नार गाउं।   यो ठाउँ करिब ३० वर्षअघि सम्म स्थानिय वाहेक लाई (पर्यटकका लागि समेत) प्रतिबन्धित क्षेत्र थियो। यस ठाउँ पुगेका हरु भन्छन्, “पैदल हिडेर नार गाउँ पुग्न त कठिन छ , तर यहाँ पुगेपछि धर्तीमा स्वर्ग छ भन्ने अनुभूति हुन्छ”।

रेडपान्डाको बासस्थान सङ्कटमा

मङ्गलबार दिउँसो जाजरकोट कुशे गाउँपालिका–९ पैङ्क गाउँमा रेडपान्डा भेटियो । स्थानीयवासीको सहयोगमा सो रेडपान्डा  प्रहरीलाई जिम्मा लगाइयो । प्रहरी चौकी पैङ्कलाई जिम्मा लगाएको रेडपाण्डा केही समयमै मृत्यु भएको खबर सार्वजनिक भयो ।   बाटोमै रेडपान्डा मरेपछि जिउँदो बुझाउने प्रयास असफल भएको जाजरकोटका प्रहरी प्रमुख सन्तोष निरौलाले जानकारी दिए । बाक्लो निगालो हुने ठाउँबाट रेडपान्डा गाउँमा […]