पृथ्वीजयन्तीलाई ‘राष्ट्रिय एकता दिवस’को रुप दिने कसरत; अघिल्लो वर्ष सिंहदरबार अगाडि ‘गणतन्त्र मुर्दावाद’को नारा

नेपाल गणतन्त्रात्मक राज्य भएपश्चात् बेलाबखत पृथ्वी जयन्तीलाई नै ‘राष्ट्रिय एकता दिवस’ को रूपमा मनाउने कि नमनाउने भनेर नेपाली समाजमा बहस तथा विवाद हुने गर्छ ।   सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउनुपर्ने पक्षमा उभिने भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्त्वका साथ उठाइरहेको एजेन्डामा रास्वपाले समर्थन […]

के माधब नेपाल र केपि ओलिले पार्टी एकता गर्लान ? हेर्नुहोस एमाले छुट्टिएको घटनाक्रम ।

नेकपा (एकीकृत समाजवादी) सँगको एकताबारे नेकपा (एमाले) मा दुई धार देखिएका छन्। एमाले महासचिव शंकर पोखरेल र उनीनिकट नेताहरू एकीकृत समाजवादीसँग तत्काल एकता गर्न नहुने पक्षमा छन्।   दुबै पार्टीबीच एकता गर्ने विषयमा अहिलेसम्म एमाले र एकीकृत समाजवादीका नेताहरूबीच औपचारिक छलफल भएको छैन। दुबै पक्षका नेताहरूले आ-आफ्नो तहबाट एकताको प्रयास भने गरेका छन्।     […]

कुन प्रदेशमा कस्को सरकार ?

सत्तारूढ गठबन्धनभित्र प्रदेश सरकार निर्माणको विषयमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बुधबार दाहाल निवास खुमलटारमा प्रदेश सरकार निर्माणसहितका विषयमा छलफल भएको छ ।   एमालेले प्रदेश १, वाग्मती, गण्डकी र कर्णाली तथा माओवादीले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री लिने विषयमा ओली र दाहालबीच छलफल भएको छ । मधेस प्रदेशमा […]

एकमात्र निर्वाचित संसद निलम्वन; प्रतिनिधि सभामा मनाङबाट प्रतीनिधित्व शुन्य

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका थिए ।   मनाङबाट निर्वाचित एक मात्र संसद निलम्बन भए पछी प्रतीनिधि सभामा मनाङबाट प्रतीनिधित्व नहुने भएको छ । […]

गण्डकीमा सांसदको शपथ पुस १४ मा

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।  पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।   शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको […]

राष्ट्रपतिले ७ दिनभित्र सरकार बनाउन गरेको आह्वान किन पर्‍यो विवादमा ?

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नयाँ संवैधानिक विवाद आएको छ। प्रतिनिधि सभा गठन भएर निर्वाचित सांसदले शपथ नखाई सरकार गठन गर्न मिल्छ कि मिल्दैन भन्ने विवाद उत्पन्न भएको हो।   माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ ले सांसदहरूले शपथ नलिएसम्म सरकार निर्माणबारे छलफल नहुने बताएपछि यो विवादले बल पाएको […]

वर्षौ देखी ठप्प गोरखाका उत्तरी नाका; आश्वसनको पोको मात्र आयो, नाका भने खुलेन

कोरोना महामारी सुरु भएयता गोरखामा पर्ने चुमनुव्री–१ सामागाउँको रुइला र वडा ७ को छेकम्पारको ङुइला नाका चीनले बन्द गर्‍यो ।   २०७९ कार्तिक २७ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले निर्वाचनपछि बन्ने सरकारले लामो समयदेखि बन्द रहेको तिब्बतसँग जोडिएको गोरखाको नाका खुलाउन पहल गर्ने बताएका थिए। उत्तरी गोरखाको छेकम्पार, सामागाउँ र सिर्दिवास पुगेर उनले तिब्बतसँग […]

२०७४ को चुनावमा ढिलो गरेको आरोप खेपेको निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

मङ्सिर २९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।   आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो […]

ओली र प्रचण्डबीच भेट गराउने तयारी; साना दलको साथमा एमाले र माओवादी मिलेर सरकार बनाउन सकिने सम्भावना

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ। मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।   माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान […]

गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व; दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा

गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् ।   काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।   स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी […]