प्रधानमन्त्रीका शान्ति तथा मानव अधिकार सल्लाहकारले राजीनामा दिएका छन् । शान्ति तथा मानव अधिकार सल्लाहकारको भूमिकामा रहेका पूर्व कानुनमन्त्री गोविन्द बन्दीले आइतबार आफ्नो पदबाट राजीनामा दिएका हुन् । बन्दीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर राजीनामा दिएको र सो राजीनामा आजै स्वीकृत भएको स्रोतले जनाउको छ । संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को ५२औं सत्रमा भाग लिन स्वीट्जरल्याण्ड […]
राष्ट्रपती र उप-राष्ट्रपती दुबै पुरुष ; संविधानको मर्म विपरित, महिला नेतृत्वमा रोक
उपराष्ट्रपति पदको निर्वाचनका लागि शनिबार भएको उम्मेदवारको मनोनयनपत्र दर्तामा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमत पार्टीबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका छन्। निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी कायमै राखेको छ । यादवविरुद्ध परेको उजुरी खारेज […]
सत्ता गठबन्धन सात दलिय बाट अब आठ दलिय
नेकपा एमाले पार्टीको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो । साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए । नेकपा एमालेअघि राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ । गत पुस १० गते बनेको सात दलको गठबन्धन दुई महिनामै […]
को होलान एमाले संसदिय दलका उपनेता र सचेतक ?
मंसिर ४ मा सम्पन्न निर्वाचनमार्फत प्रतिनिधि सभामा ७८ सिटसहित दोस्रो ठुलो दल बनेको नेकपा एमालेले चुनाव सम्पन्न भएको अढाई महिना बित्दा पनि संसदमा दलको उपनेता, प्रमुख सचेतक र सचेतक तोक्न सकेको छैन । सो पार्टीले संसदीय दलको नेतामा भने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई निर्वाचित गरिसकेको छ । एमाले संसदीय दलको संशोधित विधान […]
सबै प्रदेशमा घट्दा , केन्द्रमा किन घटेनन मन्त्रालयको संख्या ?
संविधानसभाले बनाएको संविधानले संघ, प्रदेश र स्थानीय तहको अधिकार विभाजन गरेको छ । संघमा ३५ वटा कामहरु तोकिएको छ । २१ वटा प्रदेशका कामहरु छन् । र, २२ वटा स्थानीय तहका कामहरु छन् । कतिपय विषयहरु साझा सूचीका विषयहरु पनि छन् । यसरी अधिकार विभाजन गरिएको हुनाले कार्यान्वयन गर्नुपर्ने र जनतालाई सेवा दिनुपर्ने धेरै कामहरु […]
‘उच्चस्तरीय राजनीतिक संयन्त्र’- आफैले भनेको “गैरसंवैधानिक शक्ति केन्द्र” को नेतृत्वमा आफै ?
नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पिँजडामा राख्न खोजेको टिप्पणी गरेका छन्। उनले ओलीले उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक बनेर प्रधानमन्त्री दाहाललाई पिँजडामा राख्न खोजेको बताएका हुन्। उनले आफैंले संविधानले नचिनेको भनिएको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व किन लिनुभयो? भनि ओलीलाई प्रश्न समेत गरे। उनले […]
गण्डकीका नवनियुक्त मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले आज प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ । नेकपा (एमाले) गण्डकी प्रदेश संसदीय दलका नेता अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त भएका थिए । अपराह्न १ बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तय भएको गण्डकी प्रदेशसभा सचिवालयले जनाएको छ । अधिकारीले गठबन्धनका तर्फबाट ३३ सांसदको समर्थनसहित […]
९ बाट बढाएर १३ बनाईएकोमा अव १२ वटा मन्त्रालय कायम गर्ने निर्णय
रुपन्देही । लुम्बिनी प्रदेश सरकारले मन्त्रालय घटाउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री लीला गिरीको अध्यक्षतामा आजै बसेको मन्त्रिपरिषदको पहिलो बैठकले मन्त्रालय घटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले प्रदेशका प्राथमिकता निर्धारण र कार्यान्वयन तथा मन्त्रालयको संख्या घटाउने निर्णय गरेको प्रवक्ता मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । उनलाई मन्त्रिपरिषद बैठकले प्रवक्ता तोकेको हो । […]
अख्तियारको मुख्यालयमा मृत भेटिए प्रहरी जवान, झुन्डिए कि झुन्ड्याईयो ?
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्। उनी एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।
राप्रपाको निर्णय: सरकारमा जाने, भनेजती मन्त्रालय पनि चाहिने , टुक्र्याउन पनि नहुने
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी हुन पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेलगायत सर्त राखेको छ। पुस २७ मा बिदा दिनुपर्ने माग सरकारले न्यूनतम साझा कार्यक्रममै समावेश गर्नुपर्ने माग राप्रपाको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारलाई समर्थन गर्ने बताइरहेका छन्। तर सरकारमा सहभागीताबारे […]