मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था फेरि बिग्रिएको छ। शनिबारदेखि स्वास्थ्य अवस्थामा थप समस्या देखिएपछि उनलाई फेरि कोमामा राखिएको छ। उनलाई भेन्टिलेटरको सहयोगमा उपचार भइरहेको चिकित्सकहरूले बताएका छन्। ५७ वर्षका जोशीलाई फागुन १३ मा मस्तिष्कघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उनको उपचार जारी छ। उच्च रक्तचापका कारण जोशीलाई मस्तिष्कघात भएको चिकित्सकहरूले बताएका छन्। जोशीको […]
भोजपुरमा राखियो नेकपा एमालेको बोर्ड
भोजपुर । भोजपुर एमालेले पनि पार्टी कार्यालयमा नेकपा एमालेको साइनबोर्ड राखेको छ । सदरमुकामस्थित पार्टी कार्यालयमा नेता/कार्यकर्ताहरू भेला भएर नेकपा एमालेको बोर्ड राखेका हुन् । बोर्डसँगै एमाले कार्यालय स्थापना गर्न भरत तामाङ्ग, मकर खड्का, सृजना राई, सविना राईलगायतका नेताहरू उपस्थित भएका थिए । यसैबीच कैलाली, कञ्चनपुरको महेन्द्रनगरमा पनि पार्टी कार्यालयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको […]
रघुजी पन्तविरूद्ध कोमल वलीले दायर गरिन् गाली बेइज्जती मुद्दा
२५ फाल्गुन २०७७: काठमाडौँ जिल्ला अदालतमा सांसद कोमल वलीले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता रघुजी पन्तविरुद्ध इज्जतमा धक्का पु¥याएको जनाउँदै गाली बेइज्जती मुद्दा दायर गर्नुभएको छ । अदालत पुगेर राष्ट्रियसभा सदस्य वलीले आज गाली बेइज्जतीविरुद्धको मुद्दा दिनुभएको हो । वलीले दिएको फिरादपत्रमा नेता पन्तले आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको उल्लेख छ । फिरादपत्रमा […]
चन्द समूहको समस्या वार्ताद्वारा छिट्टै समाधान गर्छाैँ ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहसँग वार्ताद्वारा समस्याको समाधान छिट्टै हुने बताउनुभएको छ । कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास गर्दै उहाँले चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने दृढता व्यक्त गर्नुभयो । उहाँले आजै पाँच पुलको उद्घाटन र ३१ पुलको शिलान्यास हुनाले विकासले […]
तोकिएको मितिमा चुनाव हुन्छ, तयार रहनुहोस् : नेम्वाङ
इलाम, ७ फागुन (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवास नेम्वाङले आउँदो निर्वाचनका लागि तयारीमा रहन सबैलाई आग्रह गर्नुभएको छ । सदरमुकाममा आज कार्यकर्तासँगको भेटघाटमा चुनाव हुने कुरामा आफू विश्वस्त रहेको नेम्वाङले बताउनुभयो । नेता नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओलीले सही ठानेर नै यो निर्णय गरेको बताउनुभयो । “प्रधानमन्त्रीलाई निर्वाचन घोषणा गर्ने काम […]
म पदमा हुँदा वा नहुँदा न्यायपालिकाको स्वतन्त्रता र गरिमाको पक्षमा दृढताका साथ उभिइरहेको छु र रहने छु:प्रधानमन्त्री
काठमाडौँ, ६ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा स्वयं उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दा सम्बन्धमा लिखित जवाफ दिँदै न्यायपालिकाको स्वतन्त्रता र गरिमाका पक्षमा आफू दृढताका साथ उभिएको बताउनुभएको छ । प्रधानमन्त्री ओली आज आफँै अदालतमा उपस्थित भएर अदालतको अवहेलनाविरुद्धको मुद्दामा बुझाएको लिखित जवाफमा भनिएको छ, “सम्मानित अदालतको स्वतन्त्रता तथा न्यायिक निष्पष्क्षता तथा […]
प्रचण्ड-माधव समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेर्दै
६ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड-माधव नेपाल समूह)ले आज मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गर्दैछ । संसद विघटन, महँगी र भ्रष्टाचारका मुद्दा उठाउँदै आज अपराह्न चार बजेदेखि एक घण्टासम्म टुँडिखेल घेराउ गर्न लागेको हो । मानव साङ्लो बनाएर टुँडिखेल घेर्नका लागि प्रचण्ड-माधव समूहले उपत्यकाका जिल्ला कमिटी र जनवर्गीय संगठनहरुका लागि निश्चित स्थान तोकेको छ । […]
प्रधानमन्त्री ओलीबाट अदालतमा लिखित जवाफ पेश
काठमाडौँ, ६ फागुन (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं उपस्थित भई अदालतको अवहेलनाविरुद्धको मुद्दामा आज सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्नुभएको छ । अदालतले प्रधानमन्त्री ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाई आफँै लिखित जवाफ पेश गर्न गत माघ १५ गते आदेश जारी गरेको थियो । ‘सर्वोच्च अदालतको मान, सम्मान र मर्यादाका […]
सन्दर्भ वाणिज्य सङ्घको चुनाव : प्रधानमन्त्रीको गृहजिल्लामा फुटेन नेकपा
देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले झापाको विर्तामोड उद्योग वाणिज्य सङ्घ कार्यसमितिको यही फागुन १६ गते हुने निर्वाचनमा साझा उम्मेदवार चयन गरेका छन् । नेकपाका दुवै समूह चुनावमा एकताबद्ध मात्र भएका छैनन्, प्रतिपक्षी […]
ओलिको ३ वर्षे प्रधानमन्त्रीत्व कालका प्रगति विवरण
३ फाल्गुन २०७७: प्रधानमन्त्री केपी शर्मा ओलीले तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्नुभएको छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त सिंहदरबार पुनःनिर्माण सम्पन्न भएपछि आज उद्घाटनलगत्तै मूलचोकमा आयोजित कार्यक्रममा तीनवर्षे कार्यकालका प्रगति विवरण सार्वजनिक गर्दै उहाँले देश समृद्धिउन्मुख भएको बताउनुभयो । तीन वर्षदेखि संवैधानिक आयोगमा पदाधिकारी नियुक्त गर्न नदिइएको र विसं २०७४ […]