पछिल्लो समय रौतहटको वनजङ्गलको निगरानी गर्न ‘ड्रोन’को प्रयोग गर्न थालिएको छ। डिभिजन वन कार्यालय रौतहटअन्तर्गत जङ्गल सहिया सबडिभिवन वन कार्यालय जङ्गल सहियाले चोरी तस्करी नियन्त्रण गर्नका लागि हिजोआज ड्रोन प्रयोग गर्न थालेको हो। विगत तीन महिनादेखि सो क्षेत्रको वनजङ्गलमा ड्रोनबाट नै निगरानी गरिँदै आएको छ। ड्रोनबाट वनजङ्गलको निगरानी गर्न थालेपछि काठ, दाउरा, नदीजन्य […]
तटबन्धमा बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन प्रविधि
नदी तटीय क्षेत्रका बस्ती जोगाउन बाँकेमा नयाँ प्रविधिको प्रयोग गरेर आपतकालीन तटबन्ध निर्माण गरिएको छ। राप्ती नदीको बाढीबाट बस्ती जोगाउन “बेम्बोपाइलिङ र आरसीसी प्रकुपाइन” प्रविधिबाट आपतकालीन तटबन्ध निर्माण गरिएको हो। बेम्बोमा प्रकुपाइन जोडिएकाले ठूलो बढी आउँदा पनि त्यसले थेग्न सक्ने जनताको तटबन्ध कार्यक्रमका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो। राप्ती नदी किनारामा […]
अनुमतिबेगर ड्रोन उड्याउने टेकस्पायर कलेजका शिक्षक विद्यार्थी पक्राउ
सङ्घीय संसद् भवनमा ड्रोन खसालेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार काठमाडौँ महानगरपालिका–१० नयाँ बानेश्वर, सुवर्णमार्गस्थित टेकस्पायर कलेजका प्राध्यापक एवं कोर्स को–अर्डिनेटर विजयबाबु रेग्मी, सोही कलेजका विद्यार्थीहरू समन महर्जन, सुजल काजी श्रेष्ठ, समिप खतिवडा र अफ्ताव रेजा रहेका छन्। उहाँले […]
एलिना चौहानलाई फेसबुकमा गाली गर्ने पक्राउ
गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुर्व्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ। गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो। अदालतको आदेशले विद्युतीय कारोबार ऐन […]
दुरुपयोग रोक्न सामाजिक सञ्जाल व्यवस्थापनसम्बन्धी विधेयकः मन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का नेपाल प्रतिनिधि ज्याको डु टोइटबीच शिष्टाचार भेट गर्नुभएको छ। सञ्चार मन्त्रालयमा असार ४ गते भएको भेटवार्तामा नेपाल सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङसँग युनेस्कोका प्रतिनिधि टेइटले डिजिटल नेपाल फ्रेमवर्क र मन्त्रालयले ल्याउन थालेका विभिन्न विधेयकबारे जिज्ञासा राख्नुभएको थियो। […]
तीन वर्ष अगाडी पत्ता लगेको गाउँमा मोबाइल नेटवर्क पुगेपछि
मुस्ताङ, १ वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको पहलमा नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत नेपाल टेलिकम जोमसोमले मुस्ताङ र डोल्पाको सीमावर्ती गाउँ साङ्तामा सञ्चारको पहुँच स्थापित गरेको छ। मुस्ताङ–डोल्पाको सिमाना नजिकै पर्ने साङ्ता गाउँ सङ्घीय सरकारद्वारा सन् २०२२ मा पत्ता लगेको विकट बस्ती हो। यो गाउँ जोमसोमबाट करिब ४० किलोमिटर टाढा पर्दछ। भौगोलिक रूपले विकट मानिएको भिरालो सतहमा अवस्थित साङ्ता […]
जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ
लमजुङ, १२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो । देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार […]
‘आला कार्ट’ मूल्य प्रणालीसम्बन्धी विवाद समाधान गर्न निर्देशन
काठमाडौँ, २६ पुसः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले टेलिभिजन प्रसारणमा ‘आला कार्ट’ मूल्य प्रणालीमा आएको विवाद समाधान गर्न सूचना तथा प्रसारण विभागका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । सिनामङ्गलस्थित विभागमा आज आयोजित पत्रकारिता अध्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण कार्यक्रममा उहाँले ‘आला कार्ट’ मूल्य प्रणालीबारे स्वदेशी तथा विदेशी च्यानलहरूको चासो बढेको भन्दै जतिसक्दो […]
इन्टरनेटका तार काट्ने कार्य तत्काल नगर्न प्राधिकरणलाई उच्च अदालतको आदेश
अदालतले इन्टरनेटको तार नकाट्न विद्युत प्राधिकरण तथा ऊर्जा मन्त्रालयको नाममा अन्तरिम आदेश जारी गरेको छ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) गायतले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा पाटन उच्च अदालतका न्यायाधीश दीपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको हो । उक्त मुद्दाको पेसी भने फागुन १६ मा […]
पाँच महिनामा बाह्र हजार विद्युतीय सवारी भित्रिए
पुस ११ गते । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा […]