संघ र प्रदेशको अधिकारको विवादले वन मुद्दा फछ्र्यौट हुनै सकस   

वीरगञ्ज (पर्सा) । डिभिजन वन कार्यालय कार्यालय पर्सामा २०७७ साल चैत १० गते अवैध रुपमा ११ दशमलव ८४ क्यूफिट ‘ए’ ग्रेडको सालको वन पैदावर ओसारपसार गरेको अभियोगमा पर्साका तीन जना विरुद्ध मुद्दा दर्ता भयो । वीरगञ्ज महानगर वडा नम्बर २९ का रतनपुरका कासिम मिया नेटुवा, वीरगञ्ज–३२ का परसवाका रामलाल महतो र सुखल महतोले अवैध रुपमा […]

नागरिक असन्तुष्टि सर्वेक्षण गण्डकी २०८२ : अधिकांश नागरिक सरकारको कामदेखि निराश

पोखरा । गण्डकी प्रदेशका नागरिकहरू राजनीतिक नेतृत्व, सरकारको कार्यशैली र देशको समग्र अवस्थाप्रति गहिरो रूपमा निराश र असन्तुष्ट रहेको एक बृहत सर्वेक्षणले देखाएको छ । ‘पूरक एसिया’ नामक अनुसन्धान संस्थाले सार्वजनिक गरेको नागरिक असन्तुष्टि सर्वेक्षण गण्डकी २०८२’ प्रतिवेदन अनुसार, प्रदेशका १० मध्ये ९ जनाभन्दा बढी नागरिक (९१ प्रतिशत) अहिलेको सरकारको कामबाट सन्तुष्ट छैनन् भने ८५ […]

पोखराको टोलटोलमा पुगेर स्वास्थ्य सेवा   

गण्डकी ।  कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’ अन्तर्गत ज्येष्ठ, अशक्त र असहाय नागरिकका लागि नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा सुरु गरेको छ । महानगरको स्वास्थ्य महाशाखाको आयोजना र सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको समन्वयमा पोखरा-८ सिमलचौरबाट सुरु भएको उक्त कार्यक्रम अन्य वडा तथा टोलमा पनि सञ्चालन हुने जनाइएको छ । केन्द्रका प्रमुख कुश्मराज […]

गण्डकीका ४ जिल्ला पूर्णखोप सुनिश्चित

पोखरा । गण्डकी प्रदेशका तनहुँ, बागलुङ, म्याग्दी र मनाङलाई पूर्णखोप सुनिश्चितता भएका जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि २३ महिनाभित्रका बालबालिकाले आवश्यक सबै खोप पाएपछि चार वटै जिल्लालाई पूर्णखोप सुनिश्चितता एवं दिगोपना घोषणा गरिएको हो । प्रदेशका बाँकी ७ जिल्ला पनि घोषणको अभियानमा छन् । आगामी असारभित्रमा ती जिल्ला पनि पूर्णखोप सुनिश्चित जिल्लाका रूपमा घोषणा […]

पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

पोखरा । पोखरा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड)को भौतिक प्रगति ४३ दशमलव ३४ प्रतिशत पुगेको छ । कूल ३८ दशमलव ८८ किमी दूरीको उक्त खण्डमा हालसम्म २९ दशमलव ४७ किमी सडक कालोपत्र भएको छ। चार लेनको उक्त सडकमा १५ दशमलव ३२ किमीमा दुईतर्फी र १४ दशमलव १५ किमीमा एकतर्फी कालोपत्र गरिएको आयोजनाका इञ्जिनियर सौजन्य नेपालले जानकारी […]

कालीगण्डकी करिडोरः मुस्ताङमा थप तीन मोटर चल्ने पुल निर्माण

म्याग्दी,  चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ ।   बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका–२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा रु ३१ करोड ७८ लाखको लागतमा मोटरेबल पुल निर्माण गरेको हो ।   आयोजनाका प्रमुख […]

पोखरा–मुग्लिन आयोजना : पोखरा–जामुने खण्डमा २८ किमी कालोपत्र

गण्डकी, १७ माघ : पोखरा–मुग्लिन सडक आयोजनाको पश्चिम (पोखरा–जामुने) खण्डमा हालसम्म २८.५२ किमी सडक कालोपत्र भएको छ । आयोजनाका इन्जिनियर सौजन्य नेपालका अनुसार उक्त खण्डमा अब १०.३६ किमी सडक कालोपत्र हुन बाँकी छ । “तनहुँमा साढे दुई किमी कालोपत्र हुन बाँकी छ, कास्की खण्डमा पनि अहिले धमाधम कालोपत्र भइरहेको छ”, उहाँले भन्नुभयो, “आगामी वर्षभित्र काम […]

जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील छः सञ्चारमन्त्री गुरुङ

लमजुङ, १२ माघः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनतालाई अनुभूत हुनेगरी विकास–निर्माणका काममा सरकार क्रियाशील रहेको बताउनुभएको छ । दोर्दी गाउँपालिका–६ कीर्तिपुरबेंसीस्थित भगवान् आधारभूत विद्यालयको आज यहाँ आयोजित स्वर्णजयन्ती समारोहमा देशलाई विकासको पथमा अग्रसर गराउन सरकार लागिपरेको उहाँले बताउनुभयो ।   देश विकासका लागि दुई ठूला दलको सरकार बनेकाले आगामी तीन वर्षसम्म वर्तमान सरकार […]

पोखरा भ्रमण वर्षको तयारीमा महानगरपालिका

पोखरा, ११ माघः पोखरा महानगरपालिकाको विशेष पहलमा गत वर्ष पोखरालाई नेपालको पर्यटनको राजधानी घोषणा गरियो । यो घोषणाले निकै चर्चा पायो सकारात्मक र आलोचनात्मक दुवै तरिकाबाट । उचित रणनीति, पूर्वाधार विकास, र दीर्घकालीन योजना निर्माण नगरी पोखरालाई पर्यटनको राजधानी घोषणा गरिएको भन्ने टिप्पणी भएको थियो । तथापि, पोखरालाई पर्यटन राजधानी घोषणा गरेसँगै यस क्षेत्रले आर्थिक, […]

जनताले अनुभूत गर्नेगरी सरकार काममा जुटेको छः सञ्चारमन्त्री गुरुङ

लमजुङ, २५ पुसः सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताका विकासका चाहना पूरा गर्न उनीहरूले अनुभूत गर्नेगरी सरकार काममा जुटेको बताउनुभएको छ ।     आज बेँसीसहर नगरपालिका–७ मा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) जिल्ला कार्य समिति लमजुङको १२औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले शिक्षा, स्वाथ्य, खानेपानी, भौतिक पूर्वाधार तथा […]