डुम्रे (तनहुँ) । जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा छन् । दुई समयमा धानखेती नहुने स्थानमा बर्खे धान लगाउने कार्य सुरु भइसकेको छ । तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ । जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ । जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ । व्यास, भानु, भिमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, आँबुखैरेनी, देवघाट, बन्दीपुर, ऋषिङ र घिरिङ गाउँपालिकामा […]
पश्चिम नेपालको दुःख- समयमा नबनेको १४ किलोमिटर बाटो
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ। वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ। यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन्। बिहीबार राति काठमाडौँबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस […]
ढकायोको गुन्द्रुक प्रतिकेजी रु दुई हजार
म्याग्दीको लेकाली क्षेत्रमा पाइने निगालोको टुसा, च्याउ र ढकायो सहरी क्षेत्रका उपभोक्ताको रोजाइमा परेको छ। बर्खायाममा यहाँका गाउँमा पुग्ने पाहुनालाई टुसा, च्याउ र ढकायोको परिकार चखाउने मात्र होइन गाउँबाट सहर झर्दा लैजाने कोशेली पनि बनेको हो। बर्खा सुरु भएसँगै लेकाली क्षेत्रका बसिन्दा समूह बनाएर च्याउ, टुसा र ढकायो टिप्न जङ्गल जान थालेका छन्। […]
लमजुङको संवृद्धि आधार
विगतको पश्चिमाञ्चल विकास क्षेत्रको एउटा जिल्ला लमजुङ संविधान जारी भई राज्यको पुनर्संरचना गरेपछि गण्डकी प्रदेश अन्तर्गत छ। पहिले ६१ गाविसमा विभाजित लमजुङमा अहिले ८ पालिकामा विभाजित छ। सामान्यतः विगतका ११ वटा इलाकी संरचना अन्तर्गत यी पालिका निर्माण भएका छन्। विगतको इलाका २ को चण्डीस्थान र बाग्लुङपानी अनि इलाका ८ का बाझा खेत र चिति र […]
आठ सय रोपनीमा बन्दैछ उपल्लो मुस्ताङमा सरकारी कृषि फार्म
उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ घमीमा मुस्ताङको मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रको शाखाका रूपमा सेटलाइट कृषि फार्म स्थापना हुने भएको छ। बागवानीमा उत्पादन हुने शीतोष्ण फलफूल तथा तरकारीलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले घमीमा सेटलाइट फार्म स्थापना गर्ने तयारी गरिएको हो। यसका लागि जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुर्याएको शीतोष्ण बागवानी विकास केन्द्रका कार्यालय प्रमुख […]
नदीको जीवनमा भीमको पीडा
कञ्चनपुर, -गाउँ नजिकैको चुरे पर्वतमा सूर्य नउदाउँदै कृष्णपुर नगरपालिका–२ खल्लागोठका भीम गिरी श्रीमतीसँगै दोदा (मछेली) नदीको बगरमा पुगिसकेका हुन्छन्। हातमा फरुवा, गैँटी, कोदालो बोकेर नदीमा पुग्ने गिरी दम्पती बालुवा, गिट्टी निकाल्दै तारजालीमा छान्ने कार्य गर्नुहुन्छ। बालुवा एकातर्फ र गिट्टी अर्कातर्फ निकालेर थुप्रो लगाउनुहुन्छ। गिरी दम्पतीको यो कार्य झमक्क साँझ नपर्दासम्म जारी रहन्छ। दिउँसपख खाना खानका […]
औषधि होइन विषादी, बुझ्दैछन् किसान
म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरका रुद्रबहादुर थापामगर करेसाबारीमा कुटो, कोदालो र कापीकलम एकैसाथ बोकेर पस्नुहुन्छ। सामान्यतया खेतबारीमा घरेलु औजार बोकेर काम गर्न जाने प्रचलन रहे पनि थापा भने कृषिखेतीको सिकाइका लागि घरेलु कृषि औजारसँगै सिकेका कुरा टिपोट गर्न कापीकलम बोकेर खेतबारीमा पुग्न थाल्नुभएको हो। गत पुसदेखि आनन्दबगरका २५ जनाले थापाले जस्तै गरी कृषि पढिरहेका छन्। बेनी […]
तपाईँको प्रतिक्षामा छ, लमजुङको भुजुङ गाउँ
ढुङ्गा र जस्ताले छाएका गुजुमुज्ज घरहरू, ढुङ्गाले छापिएका चोक र बाटो। प्राचीन मौलिक गुरुङ संस्कृतिको जीवन्त सङ्ग्रहालयझैँ छ, लमजुङको क्व्होलासोथार गाउँपालिका-४ स्थित भुजुङ। एउटै वडा एउटै गाउँ हो भुजुङ। जिल्लाकै ठूलो र सिरान गाउँको रूपमा परिचित भुजुङ समुद्री सतहदेखि करिब एक हजार ६०० मिटरको उचाइमा छ। गाउँको उत्तरतर्फ घना जङ्गल, घाँसे मैदान र […]
४८ क्यामेरामा कैद हुनेछन् भोजपुरका हाब्रे
भोजपुरमा लोपउन्मुख वन्यजन्तु रेड पान्डा (हाब्रे)संरक्षण थालिएको छ। यहाँ रेड पान्डा पाइने स्थानको छनोट गरेर संरक्षणको काम गरिएको हो। रेड पान्डा पाइने चार वटा सामुदायिक वनमा ४८ वटा क्यामेरा जडान गरेर रेड पान्डाको अवस्थाको विषयमा जानकारी लिने काम भइरहेको रेड पान्डा नेटवर्कले जनाएको छ। रेड पान्डाको संरक्षणको लागि यहाँको टेम्केमैयुङ–१ सावामा रहेको भुरुखेक र […]
चैते धान उत्पादन वृद्धि हुने अपेक्षा
तनहुँ जिल्लामा किसान चैते धानखेती भित्र्याउने चटारोमा रहेका छन्। दुई समयमा धानखेती नहुने स्थानमा वर्षे धान लगाउने कार्य सुरु भइसकेको छ। तर, तनहुँका अधिकांश फाँटमा धानखेती गरिन्छ। जिल्लाका अधिकांश पालिकामा धानखेती हुन्छ। जिल्लाका सिञ्चित क्षेत्रमा धानखेती गरिन्छ। व्यास नगरपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, म्याग्दे गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, देवघाट गाउँपालिका, बन्दीपुर गाउँपालिका, ऋषिङ गाउँपालिका […]