सत्तामा संगसंगै, उप-निर्वाचनमा सत्तो-सराप

आगामी बैशाख १० मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि सत्तारुढदलहरु विभाजित देखिएका छन । आआफ्नो उम्मेद्वारी दर्ता गराउने मात्र होईन , दलका प्रतीनिधिहरु एक-आर्काको कटु आलोचनामा उत्रेका छन ।   कांग्रेस छाडेर रास्वपाबाट उम्मेवादर बनेका वाग्लेलाई लक्षित गर्दै तनहुँमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भने, ‘यहाँ घुम्दाघुम्दै आउने टुरिष्ट उम्मेदवारलाई यो पटक तपाईंहरूले […]

अख्तियारको मुख्यालयमा मृत भेटिए प्रहरी जवान, झुन्डिए कि झुन्ड्याईयो ?

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टंगालस्थित केन्द्रीय कार्यालयमा एक जना प्रहरी मृत भेटिएका छन्।   जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार साँझ २५ वर्षका प्रहरी जवान खगेन्द्र नेपाली मृत भेटिएका हुन्।     उनी एउटा कोठाको सिलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको हो। घटनाबारे परिसरले थप अनुसन्धान गरिरहेको छ।

एकमात्र निर्वाचित संसद निलम्वन; प्रतिनिधि सभामा मनाङबाट प्रतीनिधित्व शुन्य

भ्रष्टाचार अभियोगमा विशेष अदालतमा मुद्दा खेपिरहेका कांग्रेस नेता तथा पूर्वमन्त्री टेकबहादुर गुरुङको सांसद पद निलम्बन भएको छ ।   नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ मंसिर ४ मा सम्पन्न भएको प्रतिनिधि सभा सदस्य पदमा मनाङबाट निर्वाचित भएका थिए ।   मनाङबाट निर्वाचित एक मात्र संसद निलम्बन भए पछी प्रतीनिधि सभामा मनाङबाट प्रतीनिधित्व नहुने भएको छ । […]

गण्डकीमा सांसदको शपथ पुस १४ मा

गण्डकी प्रदेश सभाका नवनिर्वाचित सांसदलाई पुस १४ गते शपथ ग्रहण गराइने भएको छ ।  पोखरा नदिपुरस्थित प्रदेशसभा हलमा कक्षमा पुस १४ गते शपथ ग्रहणको कार्यक्रम रहेको प्रदेश सचिवालयका सचिव हरिराज पोखरेलले जानकारी दिए ।   शपथ ग्रहण गर्न आउँदा निर्वाचन आयोगले प्रदेशसभा सदस्यको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र दुईप्रति फोटो पनि बोकेर आउन भनिएको […]

ओली र प्रचण्डबीच भेट गराउने तयारी; साना दलको साथमा एमाले र माओवादी मिलेर सरकार बनाउन सकिने सम्भावना

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ। मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।   माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान […]

संसदमा महिला प्रतीनिधित्व; एमालेले सबैभन्दा धेरै महिला सासंद बनाउदै प्रतीनिधि सभा मै पुर्यायो १ तिहाई

संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रिय सभा) मा एक तिहाइ सांसद महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि एमालेले प्रतिनिधिसभामै एक तिहाइ महिलालाई सांसद बनाएको छ ।    प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकबाट २२ जना महिलालाई सांसद बनाएको छ, प्रत्यक्षतर्फ चार महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभामा एमालेका कुल ७८ सांसद भएका छन्, जसको एक तिहाइ २६ हुन्छ । […]

काङ्रेसको समानुपातिक कोटामा तरमाराहरु नै ! – मन्त्राणीहरुद्वारा कोटा कब्जा

नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश भएको छ।   महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद भएकी हुन्। प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।   पत्नी मञ्जु […]

गण्डकी प्रदेश सभामा एमाले : यी हुन् समानुपातिक सांसद (सूचीसहित)

नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।   शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।   उनका अनुसार गण्डकीमा १० सांसद चयन भएका छन्।   हेर्नुहोस् सूची – यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, […]

एमालेले २२ महिला र १२ पुरुष समानुपातिक सांसद छान्यो, को-को परे सुचीमा ?

नेकपा एमालेको आज बसेको बैठकले प्रतिनिधिसभा तर्फको ३४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ ।   शनिबार पार्टी कार्यालय च्यासलमा बसेको बैठकले १२ पुरुष र २२ महिलासहित ३४ जना बन्दसूचीमा रहेका उम्मेदवारलाई समानुपातिक सांसदमा निर्वाचित गर्ने निर्णय गरेको बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् । यी हुन एमालेले निर्वाचन आयोगमा सिफारिस गरेका […]

यि हुन माओवादी केन्द्रले छानेका १४ समानुपातिक सांसद

नेकपा माओवादी केन्द्रको आज बसेको पादधिकारी बैठकले प्रतिनिधिसभा तर्फको १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको छ । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले १४ समानुपातिक सांसदहरुको टुंगो लगाएको हो ।   सूची आदिवासी महिला दुर्गा राई मिना तामाङ उर्मिला माझी पौडेल छिरिङ ल्यामु लामा तामाङ खस आर्य हितराज पाण्डे (पुरुष) महिला ज्ञानु बस्नेत सुवेदी विमला सुवेदी […]