बाजुरामा भूकम्प: ४२ परिवार विस्थापित, ४०० घरमा क्षति

बाजुरामा मङ्गलबार दिउँसो २ बजेर ४३ मिनेटमा ५ दशमलव नौ रेक्टरको भूकम्प जाँदा हालसम्म ४२ परिवार पूर्णरूपमा विस्थापित भएका छन् । भूकम्पबाट तीन पालिकाका ती परिवार विस्थापित भएका हुन् ।   भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए […]

पोहोर २७४ जनाले अस्विकार; तीन सय विभूषण रद्द गर्दै सरकार

घोषणा भएर पनि वितरण नभएका करिब तीन सय विभूषण सरकारले रद्द गर्ने भएको छ । त्यस्ता विभूषण रद्द गर्दा करिब दुई करोड रुपैयाँ बचत हुने गृह मन्त्रालयले जनाएको छ । समाजका विभिन्न क्षेत्रका व्यक्तिलाई प्रदान गरिएका विभूषण लामो समयसम्म उनीहरूले लिएका छैनन् । विभूषण छनोट निष्पक्ष र पारदर्शी नहुँदा यसको ओज नै घटेपछि अस्वीकार गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसरी […]

मधेसमा बलिदानी दिवस: सहिदको सपना अधुरै

आज माघ ५ गते । मधेस प्रदेशमा आज १६ औँ बलिदानी दिवस मनाइँदै छ । १६ वर्ष अगाडी अर्थात् आजकै दिन (०६३ माघ ५ मा) पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।   मधेश आन्दोलनका उनै पहिलो सहिद महतोको सम्झनामा हरेक वर्ष मधेश केन्द्रित दलहरूले बलिदानी दिवस मनाउँछ । प्रदेश […]

जुम्लामा ‘नेकोनएयर’ दुर्घटनाका २४ वर्ष : न विमानस्थल स्तरबृद्धि,न नियमित उडान

२४ वर्ष पहिले आजकै दिन २०५५ सालमा जुम्ला विमानस्थलमा (नेकोन एअरको) सिंगल इन्जिन सेस्ना विमान रनवेमै एक्कासी दुर्घटना भयो । जुम्लाबाट नेपालगन्जका लागि उडेको जहाज धावनमार्गमै दुर्घटना हुँदा क्याप्टेनसहित पाँच जनाको मृत्यु भयो । दुर्घटनामा ७ जना घाइतेसमेत भए । क्याप्टेन सुरेन्द्र बहादुर चन्द्र,सह चालक हरि बहादुर मल्ल तथा निरविक्रम शाही,भृकुटी खाँण ठकुरी लगायत ५ […]

५७ नेपाली र १५ विदेशी नागरिक सवार विमान सेती खोँचमा दुर्घटनाग्रस्त

काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको जहाज आइतबार बिहान पोखरा सेती नदीको खोंचमा दुर्घटनामा परेको छ।   काठमाडौं विमानस्थलबाट बिहान १०:३३ बजे उडेको जहाजमा ४ चालक दलका सदस्य र ६८ सहित जम्मा ७२ जना सवार थिए।   ६८ यात्रुमध्ये ५३ जना नेपाली, ५ जना भारतीय, ४ जना रसियन, २ जना कोरियन, आयरल्याण्ड, अष्ट्रेलिया, अर्जेन्टिना र […]

मनाङका विद्यालय तीन महिना बन्द

   नार्पाभूमि गाउँपालिकामा दुई आधारभूत विद्यालय छन्। यहाँ खाद्यान्नलगायत विकास निर्माणका सामग्री मानिस र खच्चडमार्फत ओसारपसार गर्नुपर्छ। त्यस्तै मनाङ ङिस्याङ गाउँपालिकामा नौवटा विद्यालय छन्।  २१ मंसिर २०७७, आईतवार शुरु नै नभई सकियो मनाङको शैक्षिक सत्र मनाङ–हिमाली जिल्ला मनाङको शैक्षिक सत्र शुरु नै नभई सकिन लागेको छ। कोरोना सङ्क्रमणको महामारीले कलिला बालबालिका गाउँदेखि पर झोला बोकेर […]

पेट्रोलियमको मूल्य घटाउन प्रधानमन्त्री दाहालको निर्देशन; होला कार्यन्वयन ?

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका छन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको र भारतबाट आएको मूल्यसूचीअनुसार पनि सोही बमोजिम मूल्य समायोजन गर्न दाहालले वाणिज्य तथा आपूर्ति सचिव तोयम रायालाई निर्देशन दिए ।   प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आज वाणिज्य तथा आपूर्ति सचिवलाई बोलाएर प्रधानमन्त्री दाहालले आम जनतालाई राहतको अनुभूति हुने गरी पेट्रोल, डिजेल […]

जातीयताको आधारमा छात्रवृत्ति नदिन सुझाव

जातीयताको आधारमा  छात्रवृत्ति नदिन उच्च शिक्षाको नियमन तथा सञ्चालनमा देखिएको दोहोरोपन हटाउनका लागि आवश्यक कार्यढाँचा तयार गर्न गठित समितिले सुझाव दिएको छ।     राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य डा. पुष्परमण वाग्लेको संयोजकत्वमा गठित समितिले तयार गरी सरकारलाई बुझाएको प्रतिवेदनमा छात्रवृत्तिलाई जातीयताको आधारमा भन्दा विद्यार्थीको परिवारको विपन्नता, जेहेन्दार समेतको आधारमा पूर्ण छात्रवृत्ति, निशुल्क वृत्ति, […]

तीन वर्षदेखि आयात मात्र हुँदै आएको केरुङ-रसुवागढी नाका दुईतर्फी खुल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका केरुङ रसुवागढी नाका आजबाट दुईतर्फी सुचारु भएको छ । कोभिड–१९ संक्रमण अघिदेखि नै नेपालबाट चीनतर्फ नेपाली वस्तुको निर्यात ठप्प रहेकोमा आजबाट पुनः निर्यात सुरु भएको हो ।   आज नेपाली सामान भरिएका ६ कार्गो ट्रक बन्दरगाह हुँदै चीनतर्फ गएका छन्।  तीन वर्षदेखि रसुवागढी नाकाबाट आयात मात्र हुँदै आएकोमा अब निर्यात पनि […]

१२०० यात्रु अलपत्र, विश्वास गिराउने काम – न त कसैले जिम्मेवारी लिनुपर्‍यो, न त कसैले कारबाही नै भोग्नुपर्‍यो

आजको अन्नपूर्ण पोष्टले अव्यवस्थाले थलिँदै निगम, घट्दै विमान भन्ने शिर्षक मा लेखेको छ: “जम्माजम्मी विवाद थियो– दुई जना एयर होस्टेजको करार म्याद थप्ने कि नथप्ने ? तर, यही विवादले चर्कोरूप लियो। नेपाल वायुसेवा निगममा ‘हंगामा’ मच्चियो। बिहीबार निगमका अन्तर्राष्ट्रिय उडान ठप्प भए। विदेश पुगेका निगमका दुई जहाज उतै रोकिए। विदेश जान टिकट लिएर एयरपोर्ट पुगेका […]