बजेट नहुँदा सधै जोखिममा छ, बेँसीसहर–चामे सडकयात्रा

  चट्टान खोपेर बनाइएको साँघुरा सडक। माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर। अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मर्स्याङ्दी नदी। उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। मर्स्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै […]

पञ्चैबाजासहित स्वागतको तयारीमा ह्याङ्जाकोट

  बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज। भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी। आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृष्यसँगै वरपर हरियाली जङ्गल। त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन।   हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने। त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ। कास्कीको […]

दलित महिलालाई मध्यरातमा चर्पी जाने बाध्यता

  १८ महिने सुत्केरी दिपासा बिक हरेक दिन बिहानको ३–४ बजे हातमा लोटा लिएर घरमाथिको शौचालय पुग्नुहुन्छ। तीस वर्षकी उहाँसँगै छरछिमेकका अन्य छोरी बुहारीहरू कोही एकाबिहानै र कोही मध्यरातमा शौचालय धाउँछन्। बारपाक सुलिकोट गाउँपालिका वडा नं–२ दलितबस्तीका महिलाहरू यसरी मध्यरातमा शौचालय धाउनुपर्ने कारण चाहीँ, ‘घरधुरी २१, शौचालय एक’ भएर हो।   तुलनात्मक रुपमा सम्पन्न गोरखाको […]

राष्ट्रपति र सातै प्रदेशका प्रमुखहरूबीच भे, प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो : राष्ट्रपति पौडेल

 काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पछिल्ला आन्दोलनहरूको उपलब्धिलाई संस्थागत गर्ने महत्वपूर्ण आधार प्रदेश भएको उल्लेख गर्दै प्रदेशको सफलता नै संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता हो बताउनुभएको छ । राष्ट्रपति पौडेलले प्रदेश प्रमुखहरुसँग शीतल निवासमा बुधबार भएको भेटघाट कार्यक्रममा सो धारणा व्यक्त गर्नुभएको हो । “प्रदेशहरू सुदृढ भए यो व्यवस्था नै सुदृढ हुन्छ, संविधानको सम्पूर्ण कार्यान्वयनका लागि […]

५० वर्ष अगाडी ८ धार्नी तामा आउने खानीमा खोजतलास

  म्याग्दीको मालिका गाउँपालिकामा रहेको ओखरबोटको तामाखानी उत्खननका लागि अध्ययन सुरु भएको छ। खानी तथा भूगर्भ विभागबाट अनुमति पाएको कम्पनी एम/एस दोङयी मिनरल्स प्रालिले तामाखानीको खोजतलास तथा उत्खननका लागि पहिलो चरणमा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार पार्न लागेको हो। मालिका गाउँपालिका–३ र ४ को सिमानामा तामाखानी छ।   मालिका गाउँपालिका-३ का वडाध्यक्ष मोतिप्रसाद बुढाथोकीका अनुसार […]

वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने ‘मेस वायर’ ले काम गर्ला त?

  कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ लगाइएको छ। जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको हो।   वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत  जानकी गाउँपालिका–६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार […]

लमजुङका १७ आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादन

  हिउँदको समयमा घटेको विद्युत् उत्पादन वर्षा लागेपछि लमजुङमा उत्पादन थालेका जलविद्युत् आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन भएको छ।   यहाँ मर्स्याङ्दी नदी, दोर्दी, मिदिम, खुदी, स्याँगेलगायतका खोलामा पर्याप्त पानी हुन थालेसँगै केही हप्ताअघिदेखि उत्पादन थालेका जिल्लाका १७ आयोजनामा पूर्ण रूपमा बिजुली उत्पादन भएको हो। गत मङ्सिरबाट घटेको विद्युत् उत्पादन यतिबेला पूर्ण क्षमतामा उत्पादन भएको […]

प्रहरीले न्यून स्रोत र साधनमा काम गरिरहेका छन्: गृहमन्त्री     

गृहमन्त्री रमेश लेखकले सुरक्षा निकायले न्यून स्रोत साधनका भरमा काम गरिररहेको बताउनुभएको छ ।   राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०८२ अन्तर्गत गृह मन्त्रालयको विनियोजन शीर्षकमाथि राष्ट्रियसभाका सदस्यहरुले गर्नुभएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले सुरक्षा निकायहरुको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा जवाफ दिँदै नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले न्यून स्रोत र साधनमा काम गरिरहेको […]

बल्ल खुल्यो गोरखाको ङुइला नाका

चीनको स्वशासित क्षेत्र सिजाङ आवतजावत गर्ने उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–७ छेकम्पारको ङुइला नाका खुलेको छ । तिब्बती सुरक्षाकर्मीले आजदेखि उक्त नाका खुला गरेको छेकम्पारका निवर्तमान वडाअध्यक्ष पासाङफुञ्जोलामाले जानकारी दिनुभयो ।   निवर्तमान वडाअध्यक्ष लामाका अनुसार यसपटक तीन महिनाका लागि नाका खुला गरिएको हो । कोरोना महामारीपछि उक्त नाका बन्द गरिएको थियो । गत वर्ष सो […]

संघीय निजामती विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नुपर्छः अध्यक्ष दाहाल   

  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताउनुभएको छ ।   योङ कम्युनिष्ट लिग, नेपाल (वाइसिएल) को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष दाहालले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि […]