अरबमा दु:ख गरेका फर्केका मोरङका युवाले थाले केराखेती

मोरङ, १ चैत्र २०७७ (रासस): मोरङका युवा व्यावसायिक केराखेतीमा जुटेका छन्। विदेशमा १० नङ्ग्रा खियाउनका सट्टामा स्वदेशी माटोमै काम गर्ने उद्देश्यले व्यावसायिक केराखेती लगाउन अभियान सञ्चालन गरेका छन्।     वैदेशिक रोजगारीका लागि कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत तथा मलेशियालगायतका  पुगेका मोरङका १०  युवाले कानेपोखरी गाउँपालिका–१ होक्लाबारीमा ८५ बिघा जग्गामा मालभोग जातको केरा लगाएका […]

कांग्रेस र माओवादी कार्यकर्ताबीच झडप; ६ घाइते

जुम्लाको तातोपानी गाउँपालिकामा माओवादी र कांग्रेसका कार्यकर्ताबीचको झडपमा परी ६ जना घाइते भएका छन् । वडा नम्बर ३ को मतगणनामा कांग्रेसको तर्फबाट वडाध्यक्षमा विजय भएपछि विजय जुलुसमा निस्कने क्रममा माओवादीका वडाध्यक्ष डिल्ली रावल समर्थित युवाले  ढुंगामुढा गरेपछि झडप भएको थियो ।   घाइते हुनेमा तातोपानी ३ बस्ने २४ वर्षीय प्रेमसागर रावल, १५ वर्षीय गणेश शाही, ५० वर्षीया […]

सबैभन्दा कम जनसंख्या भएको मनाङको नार्पाभुमीको चुनावी परिणाम

मनाङको नार्पाभूमि गाउँपालिकामा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा निर्वाचित भएका छन् । उनले १ सय ५८ मत ल्याएर आगामी ५ वर्षका लागि नार्पाभूमि गाउँपालिकाका अध्यक्ष बनेका हुन् । प्रतिद्वन्द्व स्वतन्त्रका कृष्णबहादुर लामाले १ सय ११ मत ल्याएका छन् । कोन्जो तेन्जिङ लामा यसअघिको निर्वाचनमा स्वतन्त्रबाट नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा निर्विरोध भएका थिए । पछि कांग्रेस प्रवेश […]

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमाले उम्मेदवार निर्विरोध

डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेबाट अध्यक्षमा धावासम्डुक लामाको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध भएका छन् ।   अध्यक्षमा लामासहित गाउँपालिकामा प्यानल नै निर्विरोध निर्वाचित भएका हुन् । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । उनी नेकपा एसका हुन् । गाउँपलिकाको १ नम्बर वडाध्यक्षमा जिक्मेछोइङ लामा, ३ नम्बर वडाध्यक्षमा पेमागिर्मे गुरुङ, ५ नम्बर वडाध्यक्षमा कार्मातार्के […]

पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?

काठमाडौं, ६ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए ।     अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले जनाए । ‘मैले के गल्ती गरे‌ ? कांग्रेस पार्टीलाई […]

दक्षिण ललितपुरको प्युटार जंगलमा भिषण आगलागी

ललितपुर, ३ वैशाख : दक्षिण ललितपुरको प्युटार जंगलमा भीषण आगलागी भएको छ । आश्राङ प्रहरी चौकीका सहायक प्रहरी हवल्दार वेदनाथका अनुसार बिहीबार माझखण्डबाट सल्केको आगो तलतिर सर्दै जाँदा प्युटार, लुकुनी र आश्राङ गाँउका दर्जनौँ घरहरु जोखिममा परेका छन् ।   शुक्रबारदेखि स्थानीय, प्रहरी र वनका कर्मचारीले आगो नियन्त्रणको प्रयास गरेपनि सफल हुन सकेको छैन । […]

महामारीमा क्रिस्चियन आइएनजीओको लगानी नेपालमा बढ्यो

काठमाडौं, २५ चैत  : कोरोना महामारीको समयमा क्रिस्चियन धर्मसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था (आइएनजीओ)ले नेपालमा लगानी बढाएको पाइएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो आठ महिनामा ती आइएनजीओले नेपालमा खर्च गर्न करिव तीन अर्ब रुपैयाँ बजेट स्वीकृत गराएका छन् । समाज कल्याण परिषद्ले उक्त बजेट स्वीकृत गरेको हो ।     परिषद्का अनुसार […]

रौता र ताप्ली पोखरी

  उदयपुर, १ वैशाख: उदयपुरको प्रसिद्ध धार्मिक एवम् पर्यटकीय स्थल रौता र ताप्ली पोखरीमा नयाँ वर्षको दिन आज धुमधामका साथ मेला लागेको छ । प्रत्येक नयाँ वर्षका दिन आन्तरिक पर्यटनलाई प्रर्बद्धन गर्ने उद्देश्यले मेला लाग्ने गरेको हो । उदयपुरमा रहेका दुई पर्यटकिय स्थलका रुपमा परिचित रौता र ताप्ली पोखरीमा हरेक नयाँ वर्षका दिन ठूलो मेला […]

गठबन्धन बैठक सकिए लगत्तै भारतीय दूतावास पुगे शीर्ष नेता

काठमाडौं, २९ चैत: सत्ता गठबन्धनका शीर्ष नेताहरु भारतीय राजदूतावास पुगेका छन् ।       मंगलबार साँझ गठबन्धनको बैठक सकिएसँगै प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लैनचउर स्थित भारतीय दूतावास पुगेका हुन् ।   भारतीय विदेश सचिवमा बढुवा भएर दिल्ली फर्किन […]

आजको पात्रो तथा राशीफल

आजको पात्रोः २७ चैत २०७८ आइतबार । तद्नुसार अप्रिल महिनाको १० तारिक २०२२ । चैतशुक्लपक्ष नवमी( रामनवमी) त्रेता युगका मर्यादापुरुषोत्तम श्रीरामको जन्मजयन्तीका रुपमा सनातनीहरुले मनाउने महत्वपूर्ण दिन । नेपाल सरकारले आजको दिन विदा दिने घोषणा गरेको छ ।   आज पुष्य नक्षत्र, सुकर्मा योग, चन्द्रमा कर्कट राशिमा रहेको छ । आज बिहान सूर्योदय ०५ः४५ मा […]