गर्मीसँग बाँच्न सिक्नुस्: राष्ट्रसंघ

  संयुक्त राष्ट्रसंघ अन्तर्गतको मौसम तथा जलवायु विषयक निकायले हाल देखापरेको अत्यधिक गर्मीको प्रवृत्ति भविष्यमा अझै तीव्र हुने सम्भावना रहेको भन्दै यस प्रकारको तापीय लहरसँग जोगिन र सामना गर्न विश्व समुदाय तयार रहनुपर्ने सुझाव दिएको छ।   विश्व मौसम सङ्गठनका प्रवक्ताक्लेर नलिसले मंगलबार जेनेभाबाट जानकारी दिँदै भन्नुभयो,“उत्तर गोलार्धमा जुलाइ महिनातिर सामान्यतया अत्यधिक गर्मी हुने गर्छ। […]

४ हिमतालको जोखिम रोक्न नेपाललाई रू ५ अर्बको अनुदान

  नेपालले जोखिममा रहेका चार हिमतालको सतह घटाउनका लागि करिब रू पाँच अर्बको अनुदान पाउने भएको छ। आज हरित जलवायु कोष (जिसएफ) को पोपुआ निउगिनीको राजधानी पोर्ट मोरिस्बीमा बसेको ४२औँ बोर्ड बैठकले नेपालबाट पेस भएको ‘हिमाली जलाधारमा हुने जलवायुजन्य पहिरो र हिमताल विष्फोटको जोखिमबाट धनजनको रक्षा’ शीर्षकको परियोजना स्वीकृत गरेको हो।   बैठकमा भाग लिन […]

वन्यजन्तुलाई बस्ती पस्नबाट रोक्ने ‘मेस वायर’ ले काम गर्ला त?

  कैलालीमा वर्षौंदेखि चुनौतीका रूपमा रहेको मानव–वन्यजन्तु द्वन्द्वलाई कम गर्न ‘मेस वायर’ लगाइएको छ। जिल्लाको पहलमानपुर डिभिजन वन कार्यालयअन्तर्गत पर्ने संवेदनशील कर्णाली जैविक मार्गका सामुदायिक वनमा तारजाली लगाइएको हो।   वन तथा वातावरण मन्त्रालयद्वारा सञ्चालित एकीकृत भू–परिधि आयोजनाअन्तर्गत  जानकी गाउँपालिका–६ मा रहेको कैलाशेश्वर सामुदायिक वनमा एक हजार ६५० मिटर, कर्णाली कोरिडोर सामुदायिक वनमा एक हजार […]

२२.४ %  मा झरेको नेपालको भोकमरी

  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालले नागरिकको खाद्यसम्बन्धी अधिकारलाई संवैधानिक सुनिश्चितता प्रदान गरेको बताउनुभएको छ।   इटालीको रोममा आयोजित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मन्त्रिस्तरीय विशेष सत्रलाई असार १५ मा सम्बोधन गर्दै मन्त्री डा राणाले नेपालको संविधानको मौलिक हकमा नै नागरिकको खाद्यसम्बन्धी अधिकारको व्यवस्था गरिएको जानकारी दिनुभएको उहाँको सचिवालयले जनाएको छ।   उक्त सङ्गठनको […]

मनाङमा फेरियो खेती गर्ने समय

फरक वातावरणले गर्दा अहिले मनाङको तल्लो क्षेत्रमा खेती भित्र्याउने समय हो भने माथिल्लो भेगमा लगाउने कार्य भइरहेको छ। यहाँ प्रायः आलु, गहुँ, फापर, करु, उवा, कोलु बोडी जस्ता परम्परागत बाली लगाउने गरिन्छ। जिल्ला ती खाद्यन्नमा आत्मनिर्भर बनेको छ।   किसान ताचै, तिल्चे, थानचोक, चामे, तिमाङ, नाचै, ओडारलगायत क्षेत्रमा खेती भित्र्याउन व्यस्त छन्। कृषि ज्ञान केन्द्रका […]

रामकोटका सडकमा हरियाली रोपिदैँ

  पानीमा हिलो, घाममा धुलो। वर्षैँभरि हिलाम्मे र धुलाम्मे। स्थानीयलाई सधैँको सास्ती हुन्थ्यो। धादिङको रामकोट सडकको यो कहानी विस्तारै फेरिँदैछ। नयाँ कालोपत्र सडकले रूप बदल्न थालेसँगै अब त्यसमा हरियाली थपिँदैछ।   कहिल्यै नसकिने धुलो, वर्षामा बग्ने हिलो अनि पैदलयात्रीका लागि अप्ठ्यारो सडक किनारमा बिरुवा रोपिएसँगै गाउँलेहरूमा छुट्टै आशा पलाएको छ। ऊर्जा थपिएको छ। राष्ट्रिय वृक्षरोपण […]

कालीगण्डकीको श्रोत उपयोग गर्न कुरा मिल्यो

  मुस्ताङमा कालीगण्डकी नदीको नदीजन्य प्राकृतिक स्रोत ढुङ्गा, गिट्टी र बालुवाको उत्खनन, सङ्कलन, बिक्री–वितरण तथा ओसार–पसार गरेबापतको उपयोग कर कसले उठाउने भन्ने विवाद अहिले समाधान भएको छ।   अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) अन्तर्गतका संरक्षण व्यवस्थापन समितिले नदीजन्य प्राकृतिक स्रोत उत्खनन गरेबापत उपयोग दस्तुर उठाउन थालेको हो। एक्यापले आन्तरिक प्रयोजनका लागि सम्बन्धित संरक्षण व्यवस्थापन समिति […]

हात्ती जोगाउन नयाँ सरकारी योजनाको तयारी

वन तथा वातावरण मन्त्रालयले पूर्वी तराई क्षेत्रमा बढ्दो मानव–हात्ती द्वन्द्व न्यूनीकरणका लागि तत्काल प्रभावकारी परियोजना निर्माण गरी कार्यान्वयन गर्ने भएको छ। त्यसका लागि साझा धारणा बनाउन मन्त्रालयले असार ११ गते सम्बन्धित विकास साझेदार संस्थासँग अन्तरक्रिया गरी सुझाव सङ्कलन गरेको छ। साझेदार संस्थाको सहयोग र समन्वयमा आधुनिक प्रविधिका साथ स्थानीय सहभागितामा परियोजना बनाई तत्काल कार्यान्वयन गरिनेछ। […]

दिगो विकास लक्ष्यका लागि नेपालसँग छैन पैसा

लगानी जुटाउनै सकस   राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले विकासशील र विकासोन्मुख मुलुकहरूका लागि वित्तीय लगानीका नयाँ स्रोत पहिचान तथा तिनको उपयोग गर्न अति आवश्यक भइसकेको बताउनुभएको छ।   विकासका लागि वित्त विषयक चौथो अन्तरराष्ट्रिय सम्मेलनको सन्दर्भमा असार १० गते काठमाडौँमा आयोजित राष्ट्रिय परामर्श कार्यक्रममा अधिकारीले विकासशील तथा विकासोन्मुख मुलुकहरूका लागि सार्वजनिक […]

तापक्रम बढ्न थालेपछि हराउँदै मनाङका रैथाने बाली

समुद्री सतहबाट एक हजार ८८० मिटरदेखि आठ हजार १६३ मिटरसम्म रहेको मनाङ रैथाने खेतीबालीमा आत्मनिर्भर छ। जिल्लाको कुल क्षेत्रफल दुई हजार २४६ वर्ग किलोमिटर भूभाग समेटिएको छ भने दुई लाख २४ हजार ६०० हेक्टरमध्ये खेतीयोग्य जमिन दुई हजार १५६ रहेको छ।   खेतीयोग्य भूमिको दुई हजार १७ हेक्टर क्षेत्रफलमा मात्रै खेती गरिँदै आएको छ। त्यसमा […]