लोमान्थाङमा लेदोसहितको भीषण बाढी

  उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ चुमजुङ गाउँमाथिको लेकबाट लेदोसहितको भीषण बाढी आएको छ। आज साँझ ५ बजेदेखि लोमान्थाङको चुमजुङ लेकबाट भीषण लेदोसहितको बाढी आएको लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिनुभयो।   अहिलेसम्म चुमजुङ लेकबाट आएको भीषण बाढीका कारण लोमान्थाङ गाउँपालिकाभित्रका करिब चार वटाभन्दा बढी अस्थायी पुल र कल्र्भट बगाइसकेको गाउँपालिका अध्यक्ष गुरुङले बताउनुभयो। “यहाँको […]

हिमताल फुटेर आएको हो भोटेकोसीमा बाढी ?

  जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ। विभागले ठूलो वर्षा दुवै देशको आसपासमा नभए पनि बाढी आउनुको कारणबारे भने अध्ययन भइरहेको जनाएको छ।   विभागका मौसमविद् सञ्जीव अधिकारीले पछिल्लो २४ घण्टाको अवधिमा नेपाल–चीन सीमाबाट नजिकमा रहेको रसुवास्थित […]

हात्ती जोगाउने की मान्छे?

  गत बिहीबार झापाको बिर्तामोड–७ फक्तालुङमा शौचालय जान निस्किएको बेला ५९ वर्षीय लोकप्रसाद लिम्बूको हात्तीको आक्रमणबाट आँगनमै ज्यान गयो। अचानक आएको हात्तीले किच्दा घटनास्थलमा नै लिम्बूको मृत्यु भएको थियो।   यसैगरी, गत जेठ २० गते कमल–३ रतुवामाई वृक्षरोपणका क्रममा जङ्गलमा करेन्ट लागेर जङ्गली हात्तीको मृत्यु भयो। हात्तीले विद्युत् पोलमा धक्का दिँदा उसलाई करेन्ट लागेको थियो। […]

प्रधानमन्त्रीको सचिवालयमा सुरुङमार्ग चिन्तन

  टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा असार २३ मा सरोकार भएका निकायबीच छलफल भएको छ।   नयाँ आर्थिक वर्षको सुरुआतसँगै सडक पूर्वाधार निर्माणमा तीव्रता दिन र आउँदो दसैँ–तिहारलक्षित सवारी व्यवस्थापन सरल हुने गरी पूर्वाधार निर्माण र सुधारमा अहिलेदेखि गृहकार्य गर्न छलफल […]

न पाइन्छ घैया, न कालो झिनुवा, न अनदी, कहाँ गयो हाम्रो धान?

  कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा करिब डेढ दशक अघिसम्म अधिकांशतः खेतमा पहेँले धान फल्ने गर्दथ्यो। तर अहिले त्यहाँको फाँटमा पहेँले धान पाउन मुस्किल छ।   डेढ दशकको अन्तरालमा नै यहाँको फाँटमा पहेँले धान लगभग लोप जस्तै भइसकेको यहाँका स्थानीयवासी बताउँछन्। पहेँले धानका विकल्पमा यहाँका खेतमा कृषकले नयाँ उन्नत जातका धान लगाउने गरेका छन्।   पटनेरी […]

बजेट नहुँदा सधै जोखिममा छ, बेँसीसहर–चामे सडकयात्रा

  चट्टान खोपेर बनाइएको साँघुरा सडक। माथि हेर्दा आकाशै छोएझैँ लाग्ने अग्लो चट्टाने पहरा, तल हेर्दा आङ सिरिङ हुने छङ्गाछुर भिर। अनि तल मसिनो धागोजस्तै देखिने नालबेली बगेको निलो मर्स्याङ्दी नदी। उतिबेला अहिलेजस्तो डोजर र एक्साभेटर चलाइएको होइन, घन, छिनो र सावेलले ठूलाठूला चट्टान खोपेर बनाइएको सडक। मर्स्याङ्दी नदीको किनारैकिनार बेँसीसहरबाट हिमालपारिको मनाङ पुग्ने अत्यन्तै […]

पञ्चैबाजासहित स्वागतको तयारीमा ह्याङ्जाकोट

  बर्खायाम सुरु भएको अनुभूति हुने गरी झ्याइझ्याइ कीराको आवाज। भरखरै रोपिएको धानखेतका आलीको माथिल्लो भागसम्म टिलपिल्लै पानी। आँखै अगाडि सेताम्मे हिमाल, दक्षिणतर्फ पोखरा बजारको दृष्यसँगै वरपर हरियाली जङ्गल। त्यहाँ पुग्ने जो कोहीको मन आनन्दित नहुने त कुरै भएन।   हिमालको चिसो हावाले शरीर नै सितलो बनाउने। त्यसैमा यहाँको शान्त वातावरण, थप मनमोहक छ। कास्कीको […]

बन्यो वायु प्रदूषण घटाउने कार्ययोजना, कार्यान्वयन होला त?

  सरकारले ‘वायु प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना (२०८२-२०८७)’ को मस्यौदा तयार गरेको छ।   वायु प्रदूषणका कारण उत्पन्न भइरहेका विविध स्वास्थ्य समस्या, प्राकृतिक विपद्, जलवायु परिवर्तन र यसको प्रभाव, वातावरणीय क्षतिलगायत विषयमा केन्द्रित रहँदै सङ्घीय सरकारले आगामी पाँच वर्षका लागि कार्ययोजनासहित मस्यौदा तयार गरेको होे।   गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण […]

चराका लागि कान्ति ताल जोगाउन संघर्ष

  कान्ति ताल कुनै समय स्थानीयका सिँचाइको स्रोत थियो। बाँके,नेपालगञ्जको सहरबीचमा रहेको मानवनिर्मित यो सुन्दर ताल अहिले स्थानीय चराका लागि बासस्थान तथा प्रजननको थलो र विदेशी चराका लागि गन्तव्य बनेको छ। कमललगायतका फूलले भरिएको कान्ति ताल विभिन्न चराका लागि आहार र विहारका लागि लामो समयदेखिको आश्रयस्थल हो।   जानकारहरू जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण कान्ति ताल […]

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकन   

मेड्रिड (स्पेन) । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन भ्रमण गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो । उहाँले आफू रियल मेड्रिडको फ्यान रहेको उल्लेख गर्दै सुविधासम्पन्न रङ्गशाला देखेर खुसी लागेको प्रतिक्रिया दिनुभयो […]