लकडाउन सुरु भएसँगै मानसिक स्वास्थ्य प्रमुख समस्याको रुपमा देखापरेको छ । दैनिक जसो मानसिक स्वास्थ्य सम्बन्धि बिरामीहरु बढ्दै गएको चिकित्सकहरुको भनाई छ । आर्थिक अभाव, दिनभरी घर भित्रै बस्नपुर्ने, रोजगारीको अभाव जस्ता कुराहरुले नागरिकहरुलाई मानसिक रुपमा नै बिचलित बनाएको छ । हरेक दिन कोभिड १९ सम्बन्धि आउने समाचार र मृत्युको खबरहरुले होस् , या सुनिएका […]
के उनीहरूले गाउँगाउँमा कोरोना भाइरस पुर्याए?
काठमाडौँ, १६ वैशाख: काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो। त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए। आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषेधाज्ञा लागिसक्छ, आजै रातिसम्म काठमाडौँ छोडिसक्नुपर्छ, नत्र पहिलेजस्तै विनाकाम महिनौँ […]
काठमाडौँ उपत्यका बन्द: वैशाख १६ देखि २२ गते मध्यरातसम्म (आधिकारिक आदेशमा के छ ?)
काठमाडौँ, १३ वैशाख – काठमाडौँ उपत्यकामा यही वैशाख १६ देखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ। काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँझ एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ। बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ– यो आदेशको पालना गर्नु गराउनु सबै व्यक्ति, […]
कोसेली बोकेर गर्भवती तथा सुत्केरी खोज्दै हिडने गाउँपालिका उपाध्यक्ष विष्णु बुढा
खलङ्गा, ९ वैशाख – जुम्लाको तिला गाउँपालिकाले सुनौलो हजार दिनभित्रका आमालाई उपाध्यक्षको पोषण कोसेली कार्यक्रम सञ्चालन गरेको छ। आमा र बच्चालाई स्वस्थ राख्न सके मात्र परिवार, समाज, समुदाय र सिङ्गो देशको विकास एवं समृद्धिमा सहयोग पुग्छ भन्ने मान्यतालाई केन्द्रमा राखेर सुनौलो हजार दिनभित्रका आमासँग उपाध्यक्ष कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाले जनाएको छ। कार्यक्रमअन्तरगत विभिन्न खाद्य सामग्री […]
भेदभाव र लाञ्छनाले कुष्ठरोग रोकथाममा चुनौती
सामाजिक भेदभाव र लाञ्छनाका कारण बाँकेमा कुष्ठरोगको रोकथाम प्रभावकारी हुन सकेको छैन । रोकथामका लागि जिल्ला स्वास्थ्य कार्यालय आइएनएफलगायतका सरोकारवाला निकायले पहल गर्दै आए पनि बिरामी प्रत्येक वर्ष थपिँदै आएको स्वास्थ्य कार्यालयका अधिकृत एवं क्षय कुष्ठरोग स्रोत व्यक्ति मानव नेपालीले जानकारी दिनुभयो । “कुष्ठरोगप्रतिको धारण गाउँ समाजमा परिवर्तन हुन सकेको छैन, बिरामीलाई गरिने लाञ्छना र […]
किन लुकाइन्छ कुपोषण ?
धौलागिरि अस्पताल परिसरमा रहेको पोषण सुधारगृहमा दुई सातायता पाँच बालबालिकाले कुपोषणको उपचार गराइरहेका छन् । पोषण पुनःस्थापनाका लागि भर्ना भएका बालबालिकामध्ये चार जना मात्रै पोषणगृहको शय्यामा बस्छन् । बागलुङ बजारकै एक सम्पन्न परिवारका चार वर्षका बालक पनि कुपोषणको शिकार छन् । उनलाई पोषण पुनःस्थापनाका लागि अस्पतालमा रहेको पोषण पुनःस्थापना गृहमा भर्ना त गरिएको छ तर […]
स्वास्थ्य बीमाको अवस्था बिजोग तर लक्ष्य मुलुकभर सेवा पुर्याउने
काठमाडौँ, २४ चैत – स्वास्थ्य सेवा उपयोगको क्रममा हुने खर्चको जोखिमलाई अग्रिम व्यवस्थापन गर्दै वित्तीय संरक्षण प्रदान गर्ने अवधारणाअन्तर्गत ल्याइएको सामाजिक सुरक्षाको एक महत्वपूर्ण ‘स्वास्थ्य बीमा’ कार्यक्रम मुलुकभर पुर्याउने अन्तिम प्रयासमा सरकार जुटेको छ। अहिलेसम्म मुलुकका ६९ जिल्लामा सञ्चालन भएको बीमा कार्यक्रम बुधबार ६ जिल्ला विस्तार गरी ७५ जिल्ला पुर्याइँदै छ। काठमाडौँ र ललितपुरमा भने केही […]
रोग फाल्न तातोपानीमा डुबुल्की
प्राकृतिक चिकित्सालयको नामले चर्चित म्याग्दीको बेनीनगरपालिका–४ सिङ्गा तातोपानीस्थित तातोपानी कुण्ड यति बेला बिरामी र बिरामीका आफन्तको भीडले खचाखच भरिएको छ । जमीनभित्रबाट ५० डिग्री सेल्सियसको तातो पानी आउने कुण्डमा एक सातासम्म नियमित स्नान गरेमा हाडजोर्नी, चर्म, ग्यास्ट्राइटिस, नशा, बाथ, ढाड दुख्ने, आङ खस्ने, पेट सुन्निने, गलगाँडलगायतका रोग निको हुने जनविश्वास छ । कुण्डको पानीबाट बिरेनूनको […]
समितिले स्वास्थ्यमन्त्रीलाई प्रतिवेदन बुझाउने
प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीका बारेमा तयार पारेको प्रतिवेदन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलाई बुझाउने भएको छ । समितिको आज बसेको बैठकले ‘कोभिड–१९ का सम्बन्धमा सरकारले गरेका कामकारवाहीको अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन–२०७७’ माथि छलफल गरी पारित गर्दै यही चैत २४ गते मन्त्री त्रिपाठीलाई बुझाउने समिति सभापति जयपुरी घर्तीले […]
मौसम परिवर्तनको असरः भाइरल ज्वरोका बिरामी बढ्दो
पछिल्लो केही दिनयता मौसममा आएको परिवर्तनसँगै बैतडीमा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेको छ । जिल्ला अस्पताल तथा अधिकांश स्वास्थ्य संस्थामा भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्न थालेका हुन् । पछिल्लो केही दिनयता भाइरल ज्वरो र पखालाका बिरामीको सङ्ख्या बढ्दै गएका जिल्ला अस्पताल बैतडीका प्रमुख चिकित्सक वसन्तराज जोशीले जानकारी दिनुभयो । केही […]