एभोकाडो महोत्सव

एभोकाडो तथा धनकुटा महोत्सव शुक्रबारदेखि सुरु हुँदैछ । महोत्सव आगामी माघ १६ गतेसम्म सञ्चालन हुने आयोजक उद्योग वाणिज्य संघ धनकुटाले जनाएको छ ।   धनकुटा नगरपालिकाले यसअघि आयोजना गर्दै आएको एभोकाडो महोत्सवसहित प्रादेशिक व्यापार मेला तथा कृषि प्रदर्शनी एवम् पाचौं धनकुटा महोत्सव आयोजना गरिने वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।   महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले […]

हिउँ नपर्दा मनाङ-मुस्ताङका कृषक चिन्तित

हिउँदयामको अनुकुल मौसममा हिउँ नपर्दा हिमाली जिल्ला मनाङ मुस्ताङका कृषक चिन्तित देखिएका छन्। यसपटक पुसको आधा महिना बितिसक्दा समेत हिउँ परेको छैन। यो समय हिमाली जिल्लामा हिउँ पर्ने उपयुक्त र अनुकुल समय हो।   मनाङमा गतवर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यति छिटै हिउँ विरलै पर्ने गर्छ । प्रायः यहाँ मंसिर अन्तिमदेखि मात्र हिमपात सुरु […]

कपास खेती जगाउँदै हलेसीका महिला

खोटाङ, २८ मंसिर: पुर्खाको अन्त्यासँगै कपास खेती गरेर खाँडीको कपडा उत्पादन गर्ने प्रचलन हराइसकेको छ । तर खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको कात्तिकेमा एकादेशको कथाझैं बनिसकेको कपास खेतीलाई पुनर्जागृत गराइएको छ ।   नगरपालिकाले अनुदान उपलव्ध गराउन थालेपछि कात्तिकेमा आर्थिक वर्ष २०७६–०७७ देखि कपास खेती विस्तार गरिएको हो । साविकको महादेवस्थान–६ कात्तिकेस्थित जुनतारा आमा समूहमा […]

बारीमै कुहिन थाल्यो अदुवा; लमजुङ र तनहुँका किसान मर्कामा

बजारमा अदुवाको माग घटेपछि किसान कम मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।   बारीमै अदुवा कुहिन थालेपछि कम मूल्यमा नै बिक्री गर्न बाध्य भएको तनहुँको भिमाद नगरपालिका–४ रजिडाँडाका अदुवा कृषक तुलबहादुर राना बताउनुहुन्छ । “अदुवा निकाल्ने समय भएको छ । अदुवाको माग खासै आएको छैन । कुहिनुभन्दा कम मूल्यमा बिक्री गर्न थालेका छौँ”, उहाँले […]

तोरी खेतीमा किसानको आकर्षण किन बढेन ?

पछिल्लो समय व्यावसायिक तोरी खेतीमा किसानको आकर्षण बढेको छैन । रेसुङ्गा नगरपालिका–५ का पिताम्बर पन्थीले तेलको अड्को-पड्कोका लागि मात्र तोरी खेती गरेका छन् । “मैले व्यावसायिक किनबेचका लागि नभई घरका लागि तोरी खेती गरेको छु”, उनले भने, “तोरी खेती सजिलो भए पनि व्यावसायिकतर्फ कसैको ध्यान पुगेन”, पन्थीले भने । आफूले गरेको तोरी खेती सधैँ आकाशे […]

कर्णाली वेभरेजले वाईन बनाउन मुसीकोटमा उत्पादित किवी खरिद गर्ने

१७ मंसिर, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् ।   किवी फले पनि जिल्लामै थोरै […]

आज राष्ट्रिय कफी दिवस

मङ्सिर १६ गते । कफी खेती र व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार राष्ट्रिय कफी दिवस मनाइँदै छ ।   यो राष्ट्रिय कफी दिवसको १८औँ संस्करण मङ्सिर १६ गते शुक्रबार राष्ट्रिय चिया तथा कफी विकास बोर्डको आयोजनामा सञ्चालन हुन गइरहेको छ ।   प्रत्येक वर्ष मङ्सिर १ गते मनाइने कफी दिवसको मूल समारोह यस पटक प्रतिनिधि सभा तथा […]

आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य; १७ वर्षमा ७२% प्रगति

कात्तिक १८ गते । आठ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको निर्माण क्षेत्र विस्तार हुँदै जाँदा लागत र समय थप हुँदै गएको छ ।   २०७० माघ मसान्तसम्म निर्माण पूरा गर्ने लक्ष्यका साथ २०६२ सालमा सुरु गरिएको भए पनि गत आर्थिक वर्षसम्म ७२ प्रतिशत मात्रै काम भएको आयोजनाले जनाएको छ । […]

मनाङमा असोजमै हिमपात

असोज २० गते । हिमाली जिल्ला मनाङमा हिउँ पर्न थालेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बिहीबार बिहानबाट हिउँ पर्न थालेको स्थानीयले बताएका छन् । मङ्गलबार रातिदेखि परेको अविरल वर्षाका कारण बिहीबारबाट हिउँ पर्न थालेको हो । मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार तीन दिनदेखि निरन्तर परेको वर्षाले हिउँ पर्न थालेको हो ।   हिउँले डाँडाकाँडा […]

बजारमा कुहिएको माछा !

भदौ २९ गते । झापाको बिर्तामोडमा भारतबाट मरेका माछाहरु ल्याएर विक्री गर्ने गरेको पाईएको छ । चाडपर्वको समयमा हुन सक्ने ठगी नियन्त्रणका लागि सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेसहितको टोलीले बजार अनुगमन गर्दा यस्तो पाईएको हो ।   मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ । […]