छिरिङ ढोका गुरूङको स्याउ जस्तै मुस्कान

  खाली जमिनमा मेहनत गरे के हुँदैन भन्ने दरिलो उदाहरण बन्नुभएका मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरी गाउँका आङ्ग्या (ङवाङ) र छिरिङ ढोका गुरूङ। उहाँहरूले अहिले जीवनभरको मेहनतको फल प्राप्त गरिरहनुुभएको छ।   गुरुङ दम्पत्तिलाई कुनैबेला बगरमा स्याउ लगाउँदा स्थानीय गाउँलेहरूले कुरा काटेर हैरान पार्दथे।  छिरिङ भन्नुहुन्छ “ तत्कालीन समय समय सम्झदा नमज्जा लागेपनि अहिले भने […]

जाने भान्छा नै बन्न सक्छ औषधालय

  आजकल चिकित्सकहरूले एकै स्वरमा भन्न थालेका छन्, “आधुनिकताका नाममा बिर्सिंदै गएका हाम्रा परम्परागत अन्न र रैथाने खाद्यबाली नै आजकालका डरलाग्दा रोग निदानका आधार हुन सक्छन्।” हुन त सचेत नागरिकले पनि मधुमेह, उच्च रक्तचाप, मोटोपन, क्यान्सर, थाइराइड, हृदयाघातलगायत ‘साइलेन्ट किलर’ भनिएका रोगका कारण आधुनिक जीवनशैली हो भन्ने कुरा बुझ्दै गएका छन्।   काठमाडौँको जडीबुटी नरेफाँट […]

वनमारा फाडेर विद्यार्थीलाई खेतीसँग जोड्दै स्कुल

  म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमूना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाडेर तरकारीखेती गरी हराभरा बनाएका छन्। झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन्। तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो।   विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक […]

Dhan Paddy

आकाश हेरेर बसेका किसान

  समयमै वर्षा नहुँदा सुनसरीका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ।  असार बित्नै लाग्दासमेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो।   आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ। स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भन्नुभयो, “यो वर्ष […]

विदेश त्यागेर गोलभेँडा खेतीमा रमेका कमल

  आजभोलि प्रायःजसो युवाहरू आकर्षक रोजगारीका लागि विदेशिन लालायीत हुन्छन्। तर पाँचथरको याङवरक गाउँपालिका–६ रमितेका कमल तिम्सिना विदेश जाने सपना त्यागेर गाउँमै गोलभेँडा फलाइरहनुभएको छ। गोलभेँडा उत्पादनबाट तिम्सिनाको परिवारले मनग्य आम्दानी पनि गर्दै आएको छ।   तिम्सिनाको दैनिकी आजभोलि सदाभन्दा केही फरक छ। बारीमा लटरम्म पाकेका गोलभेँडा टिपेर बाटोसम्म पुर्याउन उहाँको परिवारलाई भ्याइनभ्याइ छ। बीस […]

राजेश राईले बेचे ४५ हजार कफीका बिरुवा

  इलामको माङसेबुङ गाउँपालिका–२ रत्नबस्तीका किसान राजेश राईले कफीको बिरुवा बेचेर मनग्य आम्दानी गर्दै आउनुभएको छ। उहाँले यस वर्षमात्र कफीका बिरुवा बिक्रीबाट रु १३ लाख ५० हजार आम्दानी गर्नुभएको छ।   पाँच वर्षअघि ‘वाङदेल नर्सरी सेन्टर’ स्थापना गरी कफीका बिरुवा उत्पादन गर्दै आउनुभएका राई माङसेबुङकै एक असल बिरुवा उत्पादक किसानका रूपमा परिचित हुनुहुन्छ। फेवाखोला नजिकै […]

३५ वर्ष पछि गाउँ फर्किए कुमार पुर्जा

  रोजगारी र अवसरका लागि गाउँ छाड्नेक्रम बढिरहेको छ। तर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चे काफलडाँडाका कुमार पुर्जा भने गाउँ छाडेको तीन दशकपछि पुनः गाउँ फर्किएर गाउँमै अवसर र आत्मनिर्भरताको अभियानमा जुट्नुभएको छ। गाउँबाट बसाइँ नै सरेर नवलपरासी पुग्नुभएका पुर्जाले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारमा पटकपटक प्रयास गर्दा पनि सफलता नमिलेपछि उहाँले गाउँ फर्किएर माटोमै पसिना […]

बाँझो जमिनमा आलु, कोसेली घरमा भण्डार

  खोटाङको जन्तेढुङ्गा गाउँपालिकाका किसानले बाँझो जमिन उपयोग गरेर छ हजार केजी आलु उत्पादन गरेको छ। आलुखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ मा उपलब्ध गराएको रु १५ लाख सशर्त बजेटमध्ये रु सात लाख लगानी गरेर गाउँपालिकाले यस वर्ष छ हजार केजीभन्दा बढी आलु फलाएको हो।   गाउँपालिकाले […]

खेती विस्तार गर्न जनशक्तिको खोजीमा किसान धर्मराज राई

  खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका युवा किसान धर्मराज राईले बाँझो जमिन भाडामा लिएर यस वर्ष चार हजार किलो आलु फलाउनुभएको छ। सोही नगरपालिकाको वडा नं २ मुडेका दोर्जी शेर्पाको कुनाखर्कमा रहेको २५ रोपनी बाँझो जमिन १० वर्षका लागि भाडामा लिएर व्यावसायिक आलुखेती सुरु गर्नुभएका धर्मराजले पहिलो वर्ष नै सो परिमाणमा आलु उत्पादन गर्नुभएको […]

बेतना सिमसार सुकेसँगै मर्न थाले माछा

  मोरङ, बेलबारी नगरपालिकास्थित बेतना सिमसार क्षेत्र दिनप्रतिदिन पानीको अभावले सुक्न थालेको छ। यहाँ पानी सुकेसँगै माछा मर्न थालेका छन् भने त्यस क्षेत्र आसपासका जमिनमा सिँचाइको समेत समस्या भएको छ।   लामो समयदेखि पर्याप्त पानी पर्न नसक्दा रोपाइँ हुनसकेको छैन। सोही सिमसार क्षेत्रको पानीबाट बेलबारीको सयौँ बिघा जमिन सिँचाइ हुने गरेको भए पनि यस वर्ष […]