काठमाडौँ – एनसेलका ग्राहकहरू माझ लोकप्रिय रहेको सेल्फ–सर्भिस मोबाइल एप ‘एनसेल एप’ ले १ करोड (एक करोड) डाउनलोडको महत्त्वपूर्ण कोसेढुङ्गा पार गरेको छ। यो उपलब्धिसँगै एनसेल एप नेपालमा सबैभन्दा बढी प्रयोग हुने डिजिटल प्लेटफर्ममध्ये एकको रूपमा स्थापित भएको छ।
ग्राहकको डिजिटल यात्रालाई अझ सहज र आधुनिक बनाउनका लागि तयार पारिएको यो एप प्रयोगकर्ताहरूका लागि भरपर्दो डिजिटल टुलको रूपमा झन् लोकप्रिय बन्दै गइरहेको छ।
सहज र व्यापक सेवाहरू
एनसेल एपमार्फत ग्राहकहरूले कुनै कोड डायल नगरी वा एनसेल सेन्टरमा नगई सजिलै विभिन्न सेवाहरू उपभोग गर्न सक्छन्। यसमा साधारण ब्यालेन्स रिचार्जदेखि प्याक खरिद, ब्यालेन्स ट्रान्सफर, उजुरी दर्ता, अनलाइन/अफलाइन गेम तथा सेवा सक्रिय/निष्क्रिय गर्ने सुविधा लगायतका धेरै विशेषताहरू उपलब्ध छन्।
एपको सहज प्रयोग, क्विक नेभिगेसन र उत्कृष्ट ग्राहक अनुभवले ग्राहकहरूलाई आफ्नो सेवाको प्रयोग, सब्सक्रिप्सन, र सक्रिय प्याकहरू सहज रूपमा हेर्न तथा मनपर्ने प्याकहरूको सूची बनाइ राख्न सहयोग गर्दछ।
साथै, विदेशमा रहेका नेपाली कामदार तथा यात्रुहरूका लागि पनि यो एप महत्वपूर्ण डिजिटल सोलुसन साबित भएको छ, जसले रोमिङ्मा पनि सजिलै रिचार्ज गर्न र प्याक किन्न सहयोग पुर्याएको छ।
१० दिने उत्सव कार्यक्रम घोषणा
एनसेलले १ करोड डाउनलोड नाघेको अवसरमा १० दिने उत्सव कार्यक्रमको घोषणा पनि गरेको छ।
यस अन्तर्गत हरेक दिन १० जना भाग्यशाली ग्राहकले १० दिनसम्म प्रयोग गर्न सकिने १० जीबी अल टाइम डेटा पाउन सक्नेछन्। पहिलो पटक एप डाउनलोड गरी लग–इन गर्ने ग्राहकहरू वा एपमार्फत कुनै प्याक खरिद गर्ने ग्राहकहरू यस १० जीबी डेटा जित्नका लागि योग्य हुनेछन्।
कम्पनीको भनाई
यस उपलब्धिबारे टिप्पणी गर्दै एनसेलका चीफ डिजिटल च्यानल्स एन्ड एक्सपिरियन्स अफिसर स्टिवन रोड्रिगेजले भन्नुभयो, “एनसेल एपमार्फत १ करोडभन्दा बढी ग्राहकहरू हामीसँग जोडिनु भएकोमा हामी अत्यन्त खुसी छौं। यसले हाम्रो एप ग्राहकहरूको डिजिटल दैनिकीको एक महत्वपूर्ण हिस्सा बनिसकेको स्पष्ट देखाउँछ। ग्राहक सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउँदै, एपले ग्राहकहरुको डिजिटल यात्रालाई सरल बनाउन सहयोग पुर्याएको छ र साथै सरकारको ‘डिजिटल नेपाल’ भिजनलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा योगदान गर्दै प्रभावकारी सेवा प्रवाहलाई प्रवद्र्धन गर्दै आएको छ।”
रोड्रिगेजले थप भन्नुभयो, “यो उपलब्धि केवल एउटा सङ्ख्या होइन; यसले हामीले ग्राहकहरूप्रति समर्पित हुँदै गरेको कार्य र उनीहरूलाई डिजिटल रूपमा जोड्ने हाम्रो प्रतिबद्धतालाई झल्काउँछ। हामीप्रति ग्राहकहरूले देखाउनुभएको विश्वासका लागि हामी हृदयदेखि आभारी छौं।”
ग्राहकहरूले एनसेल एप गुगल प्ले स्टोर वा एप्पल एप स्टोरमार्फत डाउनलोड वा अपडेट गर्न सक्नेछन्।
