आजको नागरिक दैनिकमा सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको बारे समाचार प्रकाशित छ । मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो। ‘प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ। केही दिनमा एलसी खोल्ने प्रक्रिया सुरु हुन्छ’, स्रोतले […]
विधुत प्राधिकरणमा करोडौँको चलखेल !
कृष्ण तिमल्सिना | २०७९, असार २३ |आइएनएस-स्वतन्त्र समाचार: नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले २०७८ असोज ३ गते एउटा सार्वजनिक कार्यक्रममा ऊर्जामन्त्री कै अघिल्तिर विद्युत खरिद बिक्री सम्झौता (पीपीए) तत्काल खुलाउन माग गरे। ढकालले पीपीए नगरिदिँदा करोडौं लगानी गरिसकेका परियोजना सङ्कटमा परेको बताएपछि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) ले पनि यसका लागि निरन्तर […]
मेरो सेयर एप अब आईओएस (iOS) मा पनि
काठमाडौं, २४ असार: केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो सेयर एप अब आईओएसमा पनि उपलब्ध हुने भएको छ । सिडिएससीले आउने नयाँ आर्थिक वर्षबाट एप्पलका प्रयोगकर्ताले पनि डाउनलोड गर्न मिल्ने गरी आईओएसमार्फत उक्त एप उपलब्ध गराउने बताएको छ । यसअघि नै सिडिएससीले एन्ड्रोइड मोबाइल प्रयोगकर्ताका लागि उक्त एप सञ्चालनमा ल्याएको थियो […]
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ बिक्री खुला
काठमाडौं, २४ असार: अपर हेवाखोला हाइड्रोपावरको आइपीओ शुक्रबारदेखि खुला भएको छ । सेयरमा २८ असारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार प्रतिकित्ता १०० अंकित मूल्यका दरले १५ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । ७५ हजार कित्ता सामूहिक लगानी कोष र ३० हजार कित्ता […]
करिव ६५ करोडको सुकमेल भित्रियो; भारत र ग्वाटेमालाबाट आयात
काठमाडौं, २० असार: नेपालले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँको सुकमेल आयात गरेको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा सो मूल्य बराबरको सुकमेल नेपाल भित्रिएको हो । सो समयमा नेपालले ४ लाख १५ हजार ७४८ केजी सुकमेल […]
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक; अर्थमन्त्रीमाथि छानबिन माग
अर्थमन्त्री जनार्दन शर्माले एकपछि अर्को विवादित कदम चालेका विषयमा छानबिन गर्नुपर्ने माग पार्टीमा उठेको छ। उनी आबद्ध माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबार काठमाडौंमा सुरु भएको छ। अर्थमन्त्रीले बजेट बनाउँदा गरेका गल्तीबारे अझै तथ्यसत्य बाहिर नआएकाले पार्टीभित्र छलफलमै रहेको बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले बताए। ‘यो छानबिनको विषय बन्न सक्छ। पार्टीभित्र यो छलफलमा उठ्ला’, […]
फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी कसरी पुगे ?
काठमाडौं, १६ असार: फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोस्को सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् । बिहीबार राजधानी मनिलामा आयोजित समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी सहभागी भएका हुन् । चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् । उनी मार्कोसको सपथग्रहणमा दक्षिण एसियाबाटै सहभागी हुने सम्भवत् […]
एकदिनमा पाँच अर्बले बढ्यो निक्षेप संकलन
काठमाडौं, १४ असार: बैंकहरूको निक्षेप संकलन पाँच अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा सिडी रेसियोमा पनि सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार १२ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब ८७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । ११ जेठसम्म बैंकहरूको निक्षेप ४९ खर्ब ८२ अर्ब रुपैयाँ […]
१२ सय लिटर तेलसहित चार जना पक्राउ
काठमाडौं, १३ असार: बारा प्रहरीले भन्सार छली गरी ल्याएको एक हजार २०० लिटर पाम तेल बरामद गरेको छ । तेल ल्याउन प्रयोग गरिएको दुई पिकअपसहित चार जनालाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका–१५ का २६ वर्षीय मैरुद्दीन अन्सारी, उनका भाइ २० वर्षीय मैरुद्दीन अन्सारी, कलैया–१७ सुराहीका २१ […]
१६ अर्बभन्दा बढीको फलफूल नेपाल भित्रियो
काठमाडौं, १२ असार : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो एघार महिनामा विभिन्न देशबाट नेपालमा १६ अर्ब २० करोड ७५ लाख ५० हजार रुपैयाँको फलफूल भित्रिएको छ । भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ जेठ मसान्तसम्मको अवधिमा उक्त रकम बराबरको फलफूल नेपाल भित्रिएको हो । सो अवधिमा नेपालमा १ अर्ब ५७ करोड ४७ […]