विक्रम संवत् १९७५ भदौ १२ गते स्थापना भएको त्रिचन्द्र बहुमुखी क्याम्पस अहिले भौतिक रूपमा भने जीर्ण अवस्थमा छ । उतिखेर प्रधानमन्त्री चन्द्रशमशेर थिए । उनैले कलेजको भवन निर्माण गराएका थिए । ढुंगा, इँटा, चुना, सुर्की, काठ, फलाम जस्ता सामग्री प्रयोग गरेर निर्माण गरिएको भवन सम्पन्न गर्न १४ महिना लागेको थियो । राजा त्रिभुवनले १९७६ […]
फेरी शिक्षा विभाग र जिशिका नै नामकरण गरिने
सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्र र शिक्षा विकास तथा समन्वय एकाइको नाम परिवर्तन गर्ने भएको छ । पुनः जिल्ला शिक्षा कार्यालय र शिक्षा विभाग नै नामकरण गर्ने भएको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि सोमबार बस्ने मन्त्रिपरिषद्को बैठकमा यो प्रस्ताव गर्दै छ । मन्त्रालयका विशेष सूत्रका अनुसार मन्त्रिपरिषद्को भोलिको बैठकले […]
खुले ब्रह्माण्ड चियाउने नयाँ आँखीझ्याल
काठमाडौँ, असार ३० गते । विश्वास रेग्मी | गाेरखापत्र| चन्द्रमामा मानव पाइला टेकाउने सुरुवाती अभियानलाई नेतृत्व दिएका नासाका तत्कालीन प्रमुख जेम्स ई. वेबको नाममा राखिएको ‘जेम्सवेब स्पेस टेलिस्कोप’ले खिचेका चार थान तस्बिरले ब्रह्माण्डबारे मानव सोचलाई फराकिलो बनाइदिएको छ । लाखौँ पिक्सेल जडित यो टेलिस्कोपले खुला आँखाले देख्न नसकिने इन्फ्रारेड किरणको झलक मात्र देखाएको छैन; […]
पहिलो रोजाई सामुदायिक विद्यालय बन्नेगरि सुधार गर्छौैं: मेयर आचार्य
पोखरा, २७ असार: पोखरा महानगरका मेयर धनराज आचार्यले विद्यार्थी र अभिभावकको पहिलो रोजाई समुदायिक विद्यालय बन्नेगरि गुणस्तरमा सुधार ल्याउने बताएका छन् । पोखराको लेखनाथ क्षेत्रका चार सामुदायिक विद्यालयलाई स्कुल बस हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए । देशभरको अवस्था […]
महावीर पुनलाई गण्डकी रत्न सम्मान; अनुसन्धानका लागि १० करोड
पोखरा, २७ चैत । गण्डकी प्रदेश सरकारले गण्डकी रत्नबाट महावीर पुनलाई विभूषित गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सोमबार पोखरामा आयोजित कार्यक्रममा पुनलाई उक्त सम्मान प्रदान गरेका हुन् । गण्डकी प्रदेश सरकारको ४ वर्ष पूरा भएको अवसरमा पुनलाई विभूषित गर्ने घोषणा गत फागुन ४ मा गरेको थियो । त्यतिबेला महावीर पुन मुलुक बाहिर रहेकाले […]
गण्डकीका पूर्व मुख्यन्यायाधिवक्ता घिमिरेले स्थापना गरे १ लाखको अक्षयकोष
पोखरा, १२ असार: गण्डकी प्रदेशका निवर्तवान मुख्यन्यायाधिवक्ता डा. राजेन्द्र घिमिरेले आफ्ना आमाबुवाको नाममा अक्षयकोष स्थापना गरेका छन् । लमजुङको दोर्दी गाउँपालिकाको लक्ष्मी माध्यमिक विद्यालयमा घिमिरेले अक्षयकोष स्थापना गरेका हुन् । डा.राजेन्द्र घिमिरे र धर्मपत्नी अर्चना खनालले स्वर्गीय बुवा पदमप्रसाद घिमिरे र आमा मालिकादेवी घिमिरेको नाममा पदमप्रसाद मालिकादेवी शिक्षा पुरस्कारको अक्षय कोष […]
पोखराको भ्रमणमा पुनः आउनेछु – दुबई राजपरिवारका सदस्य
पोखरा, ७ असार: दुबई राजपरिवारका सदस्य शेख मोहम्मद बिन माक्तुम जुमा ला माक्तुमले पोखराको भ्रमण सकेर फर्किएका छन् । उनले पोखराको डेभिस फल, गुप्तेश्वर गुफा, फेवाताल लगायतका पर्यटकीय स्थलको भ्रमण गरेका छन् । भ्रमणपछि उनले पोखराको सुन्दरताको प्रसंशा गरेका थिए । ‘पोखरा साँच्चै सुन्दर छ । यसको प्रचार राम्रोसँग भए पर्यटक बढ्छन्,’ उनले […]
खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गर्न कार्यदल
काठमाडौं, ७ असार: राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुदसम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा ४२ को उपदफा १ अनुसार ध्रुवबहादुर प्रधानको संयोजत्वमा १३ सदस्यीय कार्यदल गठन गरिएको हो । कार्यदलका […]
प्रचण्डले भने- ‘तपाईंहरुले त ठोकिदिनु भएछ नि !’
काठमाडौं, ६ असार: अनेरास्वियु क्रान्तिकारीको असन्तुष्ट पक्षले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संगठनमा देखिएको विवादबारे छलफल गरेको छ । सोमबार असन्तुष्ट पक्ष प्रचण्डसँगको भेटवार्ताका लागि उनको निवास पुगेको थियो । भेटमा प्रचण्डले विवाद नगरि अघि बढ्न आग्रह गरेका थिए । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारीको बैठकमा आइतबार […]
सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने
काठमाडौं, १० जेठ सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी छन् । विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने उनले उल्लेख गरेकी […]