२०७४ को चुनावमा ढिलो गरेको आरोप खेपेको निर्वाचन आयोगले प्रतिनिधिसभामा निर्वाचित सदस्यको विवरण राष्ट्रपतिसमक्ष पेस

मङ्सिर २९ गते । निर्वाचन आयोगले प्रतिनिधि सभामा निर्वाचित सदस्यहरूको विवरण राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरेको छ ।राष्ट्रपति भवनमा केही बेरअघि आयोजित एक कार्यक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपतिसमक्ष सो प्रतिवेदन पेस गर्नुभएको हो ।   आयोगले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र  समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेस गरेको हो […]

ओली र प्रचण्डबीच भेट गराउने तयारी; साना दलको साथमा एमाले र माओवादी मिलेर सरकार बनाउन सकिने सम्भावना

नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठनको प्रयास भइरहेका बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङबीच सम्भावित वाम गठबन्धन र सत्ता समीकरणबारे छलफल भएको छ। मंगलबार राति बालकोट पुगेर महासचिव गुरुङले एमाले अध्यक्ष ओलीसँग छलफल गरेका हुन्।   माओवादी केन्द्रले एमाले र कांग्रेससँग समानान्तर रुपमा सत्ता बार्गेनिङ गरिरहेको छ। वर्तमान […]

गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्व; दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा

गाउँपालिका राष्ट्रिय महासंघको नयाँ नेतृत्वका लागि राजनीतिक दलहरुले भागबन्डा टुंग्याएका छन् ।   काठमाडौंमा भइरहेको तेस्रो राष्ट्रिय महाधिवेशनबाट चयन हुने नेतृत्वका लागि दलीय प्रतिनिधिका आधारमा पदाधिकारी भागवण्डा गरिएको हो ।   स्थानीय तहमा सबैभन्दा धेरै पालिका जितेको नेपाली कांग्रेसले महासंघको अध्यक्ष र उपाध्यक्ष पाउने भएको छ । कांग्रेसले अध्यक्षमा नवलपरासी पूर्वको हुप्सेकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी […]

सत्ताको लागी अपराधी छुटाउन अध्यादेश ; देउवा नेतृत्वको गठबन्धनको कालो कर्तुत

सरकारले टीकापुर हत्याकाण्डमा दोषी ठहर भई कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलगायतलाई आममाफी दिन मिल्ने गरी ल्याएको अध्यादेशको सर्वत्र विरोध भएको छ।   चौधरी र राउतका कार्यकर्तामाथि अन्याय भएको निष्कर्षमा होइन, सरकार गठनका लागि बहुमत पुर्‍याउने उद्देश्यले कानुन संशोधन गर्न खोजिएको हो । पाँचदलीय सत्ता गठबन्धन १ सय ३६ स्थानमा मात्रै विजय भएको छ, […]

के छानविन होला सेक्युरिटी प्रेसको अनिमियता ?

नेपालमा सेक्युरिटी प्रेसको परिचर्चा बेला–बेला हुन्छ। धेरैलाई थाहा नहुन सक्छ– काभ्रेको पनौतीस्थित सुरक्षण मुद्रण केन्द्रमा दुइटा महँगा सेक्युरिटी प्रेस ल्याइएका छन्, एक वर्षदेखि प्लास्टिकले छोपेर राखिएका छन्।   त्यसभन्दा ठूलो कैफियत त यसको खरिदमा छ, जुन बजार मूल्य र किनेको मूल्यको अन्तरले देखाउँछ। २०७७ फागुन २ गतेको टेन्डरअनुसार करिब २ महिनामा चैत २९ गते सुरक्षण […]

संसदमा महिला प्रतीनिधित्व; एमालेले सबैभन्दा धेरै महिला सासंद बनाउदै प्रतीनिधि सभा मै पुर्यायो १ तिहाई

संघीय संसद् (प्रतिनिधिसभा तथा राष्ट्रिय सभा) मा एक तिहाइ सांसद महिला हुनुपर्ने संवैधानिक व्यवस्था भए पनि एमालेले प्रतिनिधिसभामै एक तिहाइ महिलालाई सांसद बनाएको छ ।    प्रत्यक्षमा ४४ सिट जितेको एमालेले समानुपातिकबाट २२ जना महिलालाई सांसद बनाएको छ, प्रत्यक्षतर्फ चार महिला निर्वाचित भएका छन् । प्रतिनिधिसभामा एमालेका कुल ७८ सांसद भएका छन्, जसको एक तिहाइ २६ हुन्छ । […]

काङ्रेसको समानुपातिक कोटामा तरमाराहरु नै ! – मन्त्राणीहरुद्वारा कोटा कब्जा

नेपाली कांग्रेसले समानुपातिक तर्फको ३२ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ। समानुपातिक सांसदको सूचीमा प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाणकी पत्नीको नाम पनि समावेश भएको छ।   महिला समानुपातिकतर्फ प्रधानमन्त्री पत्नी आरजू देउवा राणा र गृहमन्त्री खाणकी पत्नी मञ्जु सांसद भएकी हुन्। प्रधानमन्त्री र गृहमन्त्री दुवैको पत्नी समानुपातिकमा अटेपछि कांग्रेसभित्रै असन्तुष्टि देखिएको छ।   पत्नी मञ्जु […]

वैकल्पिक राजनितीको आश: स्थापना पनि नहुँदै स्वतन्त्र पार्टीमा विवादको शृङ्खला

छिमेकी मुलुक भारतमा आम आदमी पार्टीले एक पछी आर्को राजनैतिक उपलब्धी हाँसिल गरिरहेको अवस्थामा वैकल्पिक राजनितीको नारा दिएर स्थापना भएको पार्टी हरुलाई पनि आशाको नजरले हेरिएको छ । तर अहिले वैकल्पिक राजनितीको आश मानिएका पार्टीहरुमा स्थापना कालमा नै देखिएको विवाद असामान्य छ ।   समावेशी समानुपातिक पद्धति अनुसार रास्वपाले निम्न सांसद छानेको छ :  आदिवासी–जनजाति […]

गण्डकी प्रदेश सभामा एमाले : यी हुन् समानुपातिक सांसद (सूचीसहित)

नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेको छ।   शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।   उनका अनुसार गण्डकीमा १० सांसद चयन भएका छन्।   हेर्नुहोस् सूची – यसोदा रिमाल, देवका पहारी त्रिपाठी, कृष्णप्रसाद पाठक, प्रकाश केसी, विना थापा, निर्मला थापा, राजकुमारी भुजेल, […]

कांग्रेसले छान्यो ३२ जना समानुपातिक सांसद

नेपाली कांग्रेसले प्रतिनिधिसभातर्फका ३२ जना समानुपातिक सांसद चयन गरेको छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको जिम्मेवारी अनुसार सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको टुङ्गो लगाएको महामन्त्री गगन थापाले बताए । संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट तीन जना पुरुषलाई मात्र सांसद बनाउने निर्णय गरेको छ […]