गुठीको जग्गा लिजमा लिएर विप्लवले काठमाडौंमा बस्दा त्यही कम्युन घरमा बसेर दैनिक पार्टी कार्यालय सञ्चालन, भेटघाट थलो मात्रै होइन खेती तथा पशुजन्य उत्पादनका काम गर्ने र आयआर्जन गरी केन्द्रीय हेडक्वार्टरलाई आत्मनिर्भर बनाउने सपनासहित जग्गा लिजमा लिएको स्रोतले बतायो । ललितपुरको हरिसिद्धि क्षेत्रमा करिब ५ रोपनी क्षेत्रमा यसरी कम्युन घर निर्माण गर्न लागेको खबर छ । […]
एमाले केन्द्रिय कमिटी बैठक – मंसिरमा गर्ने भनिएको महाधिवेशन वैशाख पुर्याउने प्रस्ताव
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा महासचिव ईश्वर पोखरेलले वैशाख ३० गतेभित्र महाधिवेशन गर्नेगरी प्रस्ताव पेश गरेका हुन् । संगठनिक प्रस्तावअनुसार पार्टी सदस्यता असार मसान्तसम्म नवीकरण र वितरण गरी साउन ५ भित्र केन्द्रमा पठाउन प्रस्ताव गरिएको छ । यस्तै पार्टी विधान संशोधन प्रस्ताव असार २५ गतेभित्र मातहतका कमिटीमा पठाउने प्रस्ताव गरिएको […]
एकता जोगाउने प्रयास – दोस्रो तहका नेता छलफलमा – परान्ह अर्को चरणको वार्ता
ललितपुरस्थित एक होटलमा बिहीबार बिहान ८ बजेदेखि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच छलफल भइरहेको छ। उक्त छलफलमा ओली समूहका तर्फबाट सुवास नेम्वाङ, बिष्णु पौडेल र शंकर पोखरेल सहभागी छन् भने खनाल-नेपाल समूहबाट घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे छन्। बिहीबार बिहान एक चरणको वार्ता गरेका उनीहरु […]
२०७५ जेठ २ गतेको स्थितिमा फर्काउने औपचारिक निर्णय
नेकपा एमालेको स्थायी कमिटी बैठकले महाधिवेशन आयोजक कमिटीलाई जेठ २ को अवस्थाको केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने निर्णय गरेको छ । मंगलबार बसेको स्थायी समिति बैठकले पार्टीलाई जेठ २ गते फर्कने निर्णय गरेको र आगामी बिहिबार एकतापूर्वको केन्द्रीय समिति बैठक बोलाउने समेत निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकले सो केन्द्रीय […]
राजनीतिक दलबाट निर्वाचित भएर आएका सांसद दलबाट स्वतन्त्र हुन नसक्ने: कोइराला
नायब महान्यायाधिवक्ता विश्वराज कोइरालाले प्रधानमन्त्री कसलाई बनाउने भन्ने विशुद्ध राजनीतिक विषय भएकाले अदालतमा प्रवेश गर्न नहुने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डाआनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाका सुनुवाइका क्रममा सरकारी पक्षबाट आज बहस गर्दै उहाँले फलानो व्यक्तिलाई प्रधानमन्त्री बनाऊ भनेर अदालतले भन्न […]
“यो पञ्चायतकालीन निर्दलीय व्यवस्थाजस्तो बनाउन खोजिएको छ, संविधानको प्रस्तावनामै बहुदलीय प्रतिस्पर्धा उल्लेख छ, अहिलेको अभ्यास संविधान विपरीत छ”
महान्यायाधिवक्ता रमेश बडालले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासको क्षेत्रधिकारभित्र नपर्ने तर्क गर्नुभएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा सरकारी पक्षको नेतृत्व गर्दै उहाँले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा संविधानसँग बाझिएको वा संवैधानिक इजलासले तोकेको हो ? भनी प्रश्न गर्दै उक्त विवाद संवैधानिक इजलासको […]
‘सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक’
सर्वोच्च अदालतले वर्तमान सरकारमा रहेका सात मन्त्रीलाई निरन्तरता दिनु असंवैधानिक भएको ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आजको एकल इजलासले सांसद नै नरहेका व्यक्तिलाई मन्त्रीको हैसियतबाट कुनै पनि काम नगराउन अन्तरिम आदेश जारी गरेको हो । गत वैशाख ३० गते तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री ओली नेतृत्वका सरकारमा रहेका तर सांसद नरहेका रामबहादुर […]
७ जना पूर्वमाओवादी मन्त्री पदमुक्त हुने सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सांसद नरहेका ७ जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु नगराउनु भनी अन्तरिम आदेश […]
विवाद मिलाउन अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता
नेकपा (एमाले) को आन्तरिक विवाद मिलाउन अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता भएको छ । आजै सम्पन्न एमालेको स्थायी कमिटीको बैठकले नेपालसहित चार नेतालाई यसअघि गरिएको निलम्बनको कारबाही फिर्ता लिने निर्णय गरेपछि शीर्ष तहमा संवादको वातावरण बनेको हो । असन्तुष्ट नेपाल पक्षले पार्टीलाई नवौँ महाधिवेशनपछिको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्नुपर्ने […]
एकै दिन नौ स्पष्टीकरण; पर्वतका मात्रै ६ जना
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लङ्घनविरुद्ध परेका उजुरीका आधारमा आज एकै दिन नौ वटा स्पष्टीकरण सोधेको छ । आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारीसमेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेग्लाबेग्लै पत्र पठाएको हो । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिताको […]