काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले पूर्वमन्त्री तथा केन्द्रीय सदस्य मोहन बस्नेतले आफूमाथि लगाएको आरोपलाई “गम्भीर, अराजनीतिक, अशिष्ट र अमर्यादित” फोहोरको संज्ञा दिएका छन्। थापाले केन्द्रीय समिति बैठकमा बस्नेतले आफूमाथि लगाएको आरोपलाई खारेज गर्दै भनेका छन् — “फोहोर चलाएर म फोहोरी बन्न चाहन्न।” टेरामाक्स प्रकरणमा मुछिँएर धरौटीमा छुटेका मोहन बस्नेतले […]
पूर्वराष्ट्रपति भण्डारीले आफूले पाउँदै आएको सम्पूर्ण सरकारी सुविधा त्यागिन्
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राज्यबाट आफूले प्राप्त गर्दै आएको सम्पूर्ण सेवा-सुविधा फिर्ता गर्ने घोषणा गरेकी छन्। उनले आज, बुधबारदेखि नै लागू हुने गरी ती सुविधाहरू नलिने निर्णय गरेकी हुन्। भण्डारीको सचिवालयले सुविधा फिर्ता लिने सम्बन्धी औपचारिक निवेदन गृह मन्त्रालयमा पठाइसकेको छ। उनी निकट स्रोतले दिएको जानकारीअनुसार, पूर्वराष्ट्रपतिको हैसियतमा कानुनबमोजिम प्राप्त हुने सबै सुविधा फिर्ता […]
नेतृत्वमाथि टिप्पणी गरेपछि झाँक्रीसँग पार्टीले माग्यो स्पष्टीकरण
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले आफ्नी नेतृ रामकुमारी झाँक्रीसँग लिखित जवाफ मागेको छ। पार्टी नेतृत्व र अध्यक्ष माधवकुमार नेपालविरुद्ध दिएको सार्वजनिक अभिव्यक्तिका कारण उनलाई स्पष्टीकरण सोधिएको हो। पार्टीको अनुशासन आयोगले झाँक्रीलाई तीन दिनको समय दिएर जवाफ पेस गर्न भनेको छ। गत शनिबार आयोजित एक कार्यक्रममा झाँक्रीले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष नेपालको नाम जोडिएको […]
सहकारीको कर्जा असुली न्यायाधिकरण गठन
सरकारले सहकारी संस्थाहरूको कर्जा असुलीसम्बन्धी मुद्दाको सुरू कारबाही र किनारा गर्न सर्वोच्च अदालतका उपसचिव कृतिबहादुर बस्नेत अध्यक्ष र धनकुटाका वसन्तराज पुरी तथा तनहुँका गोविन्द शर्मा गैरे सदस्य रहेको कर्जा असुली न्यायाधिकरण गठन गर्ने निर्णय गरेको छ। यही असार १३ गते बसेको मन्त्रिपरिषद्को निर्णय असार १६ गते सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं […]
संसद् दिवसः अगुवाहरू नै सुधारको माग गर्दै
संसद् दिवस, २०८२ को अवसरमा असार १६ गते वक्तव्य दिदै संसद्का अगुवाहरूले नै प्रणालीमा सुधारको माग गर्नुभएको छ। प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा उपसभामुख इन्दिरा राना मगर र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र उपाध्यक्ष विमला घिमिरे छुट्टाछुट्टै वक्तव्य दिदै संसद् दिवसको शुभकामना दिनुभएको छ। संवाद र सहकार्यः सभामुख सभामुख देवराज घिमिरेले संसद्मा सहभागी […]
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्धः सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी दशकलाई सूचना प्रविधिको दशकका रुपमा अगाडि बढाइने बताउनुभएको छ। प्रतिनिधिसभाको असार १० गतेको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विनियोजित शीर्षकमाथि सांसदहरूले उठाउनुभएको जिज्ञासाको जवाफ दिँदै मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा विकसित नवीनतम प्रविधिहरूको अधिकतम उपयोग गर्नेगरी कार्यक्रम तर्जुमा गरिएको उल्लेख गर्नुभयो। […]
युवा सङ्घले अन्याय सहँदैन र अन्याय गर्दैन भन्ने बुझाउनुः केपी ओली
प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले युवाहरू भ्रमित भएमा परिवर्तन र अग्रगमनको गति सुस्त हुने बताउनुभएको छ। राष्ट्रिय युवा सङ्घ नेपालको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई असार ९ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले युवाहरूले व्यक्तिको नभई सही विचार र नेतृत्वको पक्षपोषणमा लाग्नुपर्नेमा जोड दिनुभयो। “अहिले युवा सङ्घको काँधमा असाधारण […]
हामी २०४८ तिरकै कार्यशैलीमा, आचरणमा फर्कनु पर्छ: पृथ्वीसुब्बा गुरुङ
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जनताले सरकारको राम्रा कामहरू हेर्न चाहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारले जनताको चाहनाअनुरुप राम्रा काम गरेर देखाउने विश्वास दिलाउनुभयो । लमजुङ सदरमुकाम बेसीसहरमा शुक्रबार आयोजित नेकपा (एमाले) जिल्ला कमिटी लमजुङको बार्षिक समीक्षा बैठकमा सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले सरकारले राम्रा काम गर्न सकेमा जनताको […]
स्थानीय तहलाई प्रदेशको क्षेत्राधिकारभित्र ल्याउनुपर्छः अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले यस पटक बारा निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुभएको छ । यसअघि उहाँ २०६४ सालको संविधानसभा निर्वाचनमा मोरङ निर्वाचन क्षेत्र ५ र सुनसरी ५ बाट, २०७० सालमा सुनसरी क्षेत्र नं ५ तथा २०७४ सालमा सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको […]
प्रकाश पौडेलको अभियान सहारा
केही दिनअघि सम्पन्न अनेरास्ववियु निर्वाचनमा झिनो मतले पराजित भएका उम्मेदवार प्रकाश पौडेलले एक भावनात्मक अपिल गर्दै ‘अभियान सहारा’ सुरु गरिएको घोषणा गरेका छन्। पौडेलले सामाजिक सञ्जालमार्फत अभियानको घोषणा गर्दै भने, “म एक स्वयंसेवकको नाताले सबै साथीहरूलाई हार्दिक आह्वान गर्दछु। वर्षाको समय नजिकिँदै छ। हरेक वर्षझैँ, यस वर्ष पनि हामीले विभिन्न प्राकृतिक विपत्तिहरू—जस्तै बाढी, पहिरो, डुबान […]